बलात्कारको अभियोग लागेका सिद्धबाबाद्वारा अदालतमा आत्मसमर्पण



विराटनगर । अनुयायीमाथि बलात्कारको अभियोग मुद्दामा फरार रहेका ‘सिद्ध बाबा भनिने भनिने कृष्णबहादुर गिरी अदालतमा उपस्थित भएका छन् । सोमवार उनले जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् । उनलाई अब कारागार चलान गरिनेछ । माघ ९ गते उच्च अदालत विराटनगरका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको इजलासले गिरीलाई जेल चलानको लागि आदेश दिएको थियो ।

तर उच्च अदालत विराटनगरमा जबर्जस्ती करणीअन्तर्गत थुनछेकको सुनवाइ चलिरहेका बेला उनी आफ्ना सुरक्षागार्डलाई नेपालमै छाडेर भारत छिरेका थिए । जबर्जस्ती करणीको जाहेरी परेपछि उनी मंसिर १२ गते विराट नर्सिङ होममा भर्ना भएका थिए । त्यहाँ उनी ३८ दिन बसे । सुनसरी जिल्ला अदालतले मंसीरमा उनलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अवैध रूपमा भिओआइपी सञ्चालन गर्ने दुई पक्राउ

काठमाडौँ । अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा काठमाडौँबाट

एकलाख घुससहित पक्राउ परेका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिँदै गरेका बेला फक्राउ परेका

काभ्रेको बनेपा लागूऔषध तस्करको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै

काभ्रे । बनेपा नगरपालिका–७ उग्रेश्वरबाट प्रहरीले यही साउन १ गते लागूऔषध बोकेर हिँडेका

पूर्वराज्यमन्त्री हत्या प्रकरणः घटनास्थल नजिकैबाट घरेलु हतियार बरामद, घटनामा संलग्नहरूको पहिचान हुन बाँकी

  सर्लाही । सर्लाही प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटनास्थल नजिकैबाट घरेलु