विश्व

सूर्यमा आँधी आउने क्रम किन बढ्यो ?

बीबीसी । सूर्यबाट यो वर्षको सबैभन्दा ठूलो ‘सोलर फ्लेअर’ अर्थात् सौर्य ज्वाला निस्किएको देखिएको छ । त्यसको तस्बिर नासाको ‘सोलर डाइन्यामिक्स अब्जर्भेटरी’ले खिचेको अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाले बताएको छ । वैज्ञानिकहरूका अनुसार सूर्यबाट त्यसरी ज्वाला निस्किने क्रम बढेको छ।