मनोरन्जन slider

भेनिसमा ‘दि रेड सुटकेस’ छनोट

काठमाडौं । ‘भेनिस चलचित्र महोत्सव’ को ८०औँ संस्करणमा निर्देशक फिडेल देवकोटा निर्देशित चलचित्र ‘दि रेड सुटकेस’ छनोट भएको छ । महोत्सवअन्तर्गतको दोस्रो मुख्य प्रतिस्पर्धा ‘होराइजन’ विधामा छानिएको चलचित्रमा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभाव देखाइएको निर्देशक देवकोटाले जानकारी दिए ।