अर्थ

‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित, थपिए २२ आयोजना

रमेश लम्साल, काठमाडौं । सरकारले ऊर्जा क्षेत्रको विकास र लगानी विस्तारका लागि अगाडि सारेको जनताको जलविद्युत् कार्यक्रमलाई थप परिस्कृत गरेर अगाडि बढाउने भएको छ । कुल चार हजार पाँच सय मेगावाट क्षमताका २२ आयोजनालाई सो कार्यक्रममा समावेश गरिएको छ ।