राष्ट्र र राज्य हार्ने नीति र रणनीति जसले अवलम्वन गरे पनि त्यो न देश भक्ति हो र राष्ट्रभक्ति



केशवप्रसाद भट्टराई ।
१. आन्तरिक राजनीतिमा आदर्शको अवलम्वन जति पनि गर्न सकिन्छ तर विदेश नीति र कूटनीतिमा त्यसो हुन्न । त्यो यथार्थवादी र व्यवहारिक नै हुन्छ र त्यसको सरकार र दलहरू मात्रै नभएर मिडिया, आम जनता र वौद्धिक समुदायको योगदानबारे पनि मुलुकले उत्तिकै अपेक्षा गरेको हुन्छ । विदेश नीति र कूटनीतिमा त्यसो हुन नसकेरै सधैं गएको सात दशक देखि निरन्तरको अस्थीरता र अराजकता बेहोरिरहेका छौँ ।

२. यसलाई यसरी बुझौँ– भारत हाम्रो चुनौती र अवसर दुवै हो । भारतको हेपाई –पेलाई बल मिचाई हामीले भोगेका छौँ, अनुभव गरेका छौँ । यो अनुभव र भोगाई आम जनतासँग पनि छ र सरकारसँग पनि छ । त्यो चुनौतीलाई सामना गर्ने सवालमा हामी दशकौँदेखि भारतको निन्दा गरिरहेका छौँ, अति विरोध गरिरहेका छौँ । नेपालमा राष्ट्रवादी हुन देशभक्त हुन आवश्यक पहिलो योग्यता भारतको निन्दा र विरोध । र अर्को हाम्रा राजनीतिक आस्था र राजनीतिक स्वार्थले अर्थात राजनीतिक लाभ –हानीका लागि पनि भारतको विरोध वा अति निन्दा हुने गरेको छ ।

३. भारतको विरोध र निन्दा गर्दा गर्दै हामी चीनको र अझ पाकिस्तानको अति प्रशंसक र समर्थक हुन लाग्यौं । राजा महेन्द्र, वीपी, राजा वीरेन्द्र, राजा ज्ञानेन्द्र ,मरिचमान , केपी ओली सवैले भारत विरोधी राजनीति, कूटनीति र रणनीति अवलम्वन गरे । भारतलाई बिझ्ने गरी चीन र अन्य भारतसँग निकटता नराख्ने मुलुकसँग निकटता बढाए । त्यसो गर्दा उनीहरू राष्ट्रवादी देखिए होलान् ,इमान्दार र देशभक्त पनि थिए होलान् । तर त्यसले राष्ट्र बलियो भयो ? समृद्ध भयो ? राजनीतिक स्थिरता आयो ? जनताको सुख, खुशी, हित र कल्याणमा वृद्धि भयो ? हामीलाई हाम्रो मुलुकमा हाम्रा सन्तानको भविष्य सुरक्षित छः भन्ने विश्वास छ ?

४. हाम्रो राष्ट्रवाद, हाम्रो देशभक्तिले मुलुक बलियो भएन, समृद्ध र सुरक्षित भएन भने त्यो राष्ट्रवाद हो ? सत्ताकोलागि भीमसेन थापाले ब्रिटिश शासन विरुद्ध युद्ध लडे –एक तिहाई भूभाग गुमाए । जङ्ग बहादुरले पनि सत्ताको निरन्तरताकै लागि ब्रिटिश भारत र ब्रिटिश सरकारसँग निकट सम्बन्ध राखे –नेपाल अङ्ग्रेज युद्धमा गुमेको ठूलो भूभाग फिर्ता गराए । सिन्धुलीगढीको युद्धमा क्याप्टेन किनलोकलाई पराजित गरे लगत्तै पृथ्वीनारायण शाहले अङ्ग्रेज सरकार समक्ष आफ्ना दुत पठाए, सम्बन्ध सुधारे मित्रता बढाए र राज्यको एकीकरणलाई निरन्तर जारी राखे – अङ्ग्रेज सरकारले कुनै व्यवधान खडा गरेन । पृथ्वीनारायण शाहलाई के थाहा थियो भने सात समुद्र पारीबाट आएर भारतका त्यत्रा शक्तिशाली राष्ट्रहरूलाई कब्जामा लिन सक्ने अङ्ग्रेज सरकार ठूलो फौज लिएर आयो भने भिड्न सकिन्न र राष्ट्रको एकीकरणको लक्ष सफल हुन्न । त्यसैले यता किनलोक सिन्धुलीमा हारेर हालको मधेश प्रदेशको केही भागमा आफ्नो नियन्त्रण जमाएर बसिरहेकै अवस्थामा, किनलोकले आफ्ना उच्चाधिकारी समक्ष रिपोर्ट पेश गर्न नपाउँदै, पृथ्वीनारायण शाहले किनलोकका उच्चाधिकारीहरूलाई विश्वासमा लिइसकेका थिए र उल्टै किनलोकमाथि कारवाही गराए । बहादुर शाहले पृथ्वीनारायण शाहकै नीति अवलम्वन गरे विशाल नेपाल निर्माण गरे । भीमसेन थापाले त्यो गरेनन् देशको ठूलो भाग गुमाए ।जङ्गबहादुरले पृथ्वीनारायण शाह र बहादुर शाहको कूटनीति हृदयङ्गम् गरे, अवलम्वन गरे, भीमसेन थापाको गल्तीबाट सिके ।

५. हामीले सात वटा संविधान ल्यायौँ । बारम्बार राजनीतिक व्यवस्था परिवर्तन गर्यौँ । के पायौं ? स्वयम् आफैँले लेखाएको, आफ्नो इच्छा अनुरूप घोषणा भएको संविधानलाई स्वयं राजा महेन्द्रले फालिदिए । २०१९को संविधान राजाले दिए –राजाले नै फाले । २०४७ सालको संविधान राजालाई दवावमा राखेर काङ्ग्रेसले एमालेको सहमतिमा घोषणा भएको थियो – समग्र रूपमा त्यो संविधान काङ्ग्रेस र एमालेको संविधान थियो ।

६. राजा वीरेन्द्र, दरवार र सेना त्यो संविधानसँग असन्तुष्ट थिए– भारत पनि असन्तुष्ट थियो त्यो संविधानसँग, माओवादी विद्रोहमा ती सवै असन्तुष्टि समेत मिसिएको ज्ञात नै छ । त्यो सवै असन्तुष्टिले संविधान मात्रै गएन– राजसंस्था नै गयो । मुलुक आजको स्थितिमा छ ।

७. हामीले अब कतिवटा संविधान ल्याउने ? कति पटक राजनीतिक व्यवस्थामा परिवर्तन ल्याउने ? यो अस्थीरता, सङ्कट, गरीवी र अभावको पीडा बोकेर कति बस्ने ?कति वर्ष कायरता पूर्वक नारामा रमाएर भूराजनीतिक यथार्थतालाई स्वीकारगर्ने साहश नगरेर देशलाई यही स्थितिमा राख्ने ? उत्तर हो –हाम्रो परराष्ट्र नीति र कूटनीति असन्तुलित, अव्यवहारिक र अयथार्थवादी छ र नेपालको अस्थीरता, अराजकता र राजनीतिक सङ्कटको समाधान परराष्ट्र नीति र रक्षा नीतिमा खोज्नु पर्दछ । राष्ट्रकोलागि शक्ति आर्जन नगर्ने, गराउने सवल, अचूक रणनीति निर्माण नगर्ने अति निन्दा, घृणा र विरोधको मात्रै राजनीतिक खेती मात्र गर्ने अभ्यास हामीले निरन्तर गरिरह्यौँ अनि यो स्थितिमा छौँ । संस्थानै हार्ने, व्यवस्था नै हार्ने, राष्ट्र र राज्य हार्ने नीति र रणनीति जसले अवलम्वन गरे पनि त्यो न देश भक्ति हो र राष्ट्रभक्ति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोठाटार गोलीकाण्डका मुख्य योजनाकार भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको गोली हानी हत्या

इलाम र बझाङमा एमालेकै उम्मेदवारको अग्रता, तेस्रो बन्न घण्टी र मुढाबीच प्रतिस्पर्धा

इलाम । इलाम– २ को उपनिर्वाचनमा नेकपा एमालेले अग्रता लिएको छ। हालसम्म फाकफोकथुम

लगानी सम्मेलनको पहिलो दिन दुई सम्झौतामा हस्ताक्षर

  काठमाडौँ । नेपाल सरकारको आयोजनामा काठमाडौँमा भइरहेको तेस्रो लगानी सम्मेलनको उद्घाटन र

मे १ देखि चीन जाने नेपालीलाई भिषा शुल्क नलाग्ने

  काठमाडौँ ।  छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ