आक्रोश



डा. गोविन्दशरण उपाध्याय ।

समयः ११ बजे दिउसो
प्लस टू कलेजको नाम उल्लेख नगरौं । गणेशस्थानबाट दर्शन गरेर वाहिर निस्किंदै गर्दा विद्यालयबाट कक्षा १२ को तयारीका लागि विदा भएका किशोरकिशोरीहरूको हुजुम बाटोमा हिंडिरहेको थियो । सबैका सर्टहरू विदाईका हस्ताक्षरहरूले सजिएका थिए । केही हाँसिरहेका थिए भने कमलो मन भएका किशोरीहरू रोइरहेका थिए ।
म चुपचाप उनीहरूको हुजुममा सामेल भएँ ्र स्वाभाविक रूपमा उनीहरूले बोलेका कुराहरू राम्ररी सुन्न सक्थें
‘अब तिमीले के गर्ने हो ?
‘अब क्याम्पस पढ्ने हो, साइन्स’
‘म त अस्ट्रेलिया जाने हो ।
‘अनि’ कुन कलेजमा पढ्ने विचार छ नि ?
‘त्रिचन्द्रमा
‘त्यहाँ राजनीति गर्नेले पढ्न दिंदैनन् रे नि ?
‘भित्रभित्र पढाइ हुन्छ रे ! (मलाई अलि खुशी लाग्यो)
‘खै, आफ्ना बाआमाले पैसा दिन सक्नु हुन्न, यहाँ त बल्लबल्ल सकियो !
‘त्यहाँ त पढ्ने विद्यार्थीले राजनीति गर्दैनन् रे, पार्टीका झोलेहरूले विगारेका छन् रे ?
‘खै, आफुसंग त कुनै विकल्प छैन !
‘खै मैले त यो व्यबस्थाको भविष्य देखेको छैन । यो आफै सकिन्छ । जे–पायो त्यस्तो राजनीति गर्ने । यी सरकारका मान्छेलाई झगडा गर्न फुसर्द छैन । मान्छेजति विदेश पठाएर राजनीति गर्छन् ।
‘के कुरा गर्या ? मलाई त ई नेताहरूको टेलिभिजन अनुहार देख्दा पनि घीन लाग्छ ! यस्ता कुहेकाहरूलाई हाम्रा बा–आमाले लाइन लाएर भोट दिन्छन् !!
‘यी नेताहरुको त हाम्रो जत्ति पनि बुद्धि छैन । एउटा विद्यालयले बर्ष भरि पढ्ने योजना बनाउँछ तर यी देशको विकास गर्ने भन्दा नाफा कमाउन पल्केका छन् । मलाई यही पढ्नु पर्ने बाध्यता छ । मैले पढ्न पाइन भने म ई कसैलाई छोड्ने वाल छैन । सबैलाई एकै चिहान पार्छु ? देश लुट्नेलाई बाँच्न पाउने अधिकार छैन !!
‘ह्या, म त विदेश जान्छु, यी मरुन् कि बाँचुन् ! मलाई के को मतलव ! तर तँलाई चाहिं मैले पैसा कमाएर पढ्न सघाउँछु ?

म आफ्नो गन्तव्यमा पुगेकोले छुट्टिए तर वर्तमान राजनैतिक व्यबस्थाको आयु यी कलिला किशोरकिशोरीहरूको आक्रोशले तोकिसकेको अनुभव गरें ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव बुझे आफन्तले

  काठमाडौँ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान

यस्ता  छन् चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नयाँ प्रावधान

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही

कोशी प्रदेश सरकारमा सहभागी माओवादी मन्त्रीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । शुक्रबार सरकारमा

सौर्य एयरका विमान चालक शाक्यको स्वास्थ्यमा सुधार

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा उपचाररत सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा