वैदिक मार्गको विशेषता



डा. गोविन्दशरण उपाध्याय ।

वैदिक संस्कृतिका अनुसार जीवन र मृत्यु पूर्वकर्मको फल हो तर मानव जीवनचाहिं ती कर्मबन्धनबाट उन्मुक्तिका लागि हो । संसारिक दुखबाट मुक्तिका लागि संसारिक अर्थात् व्याबहारिक कर्महरू छोड्नु पर्छ भन्ने छैन । एउटा सामान्य गृहस्थीको जीवनयापन गर्दागर्दै पनि आफ्ना कर्म र तिनको फललाई भगवानमा समर्पण गरेर (भक्तियोग), आफुले गरिरहेका कर्मले पुनः बन्धन उत्पन्न गर्छ, असलमा आत्मा नै ईश्वर हो भन्ने दृढ भावनाले (ज्ञानयोग) र कर्म अनिवार्य हुन्छ तर वेदहरूले निर्दिष्ट गरेका कर्महरू नियमपूर्वक पालन गरेर (कर्मयोग) मोक्ष प्राप्त गर्न सकिन्छ । ईश्वरले मान्छेलाई स्वविवेकको स्वतन्त्रता पूर्वक उपयोग गरेर ज्ञान, भक्ति तथा कर्ममार्गबाट मोक्ष प्राप्त गर्ने अथवा यी सबैलाई वेवास्ता गरेर जन्ममृत्युको बन्धनमा घुमिरहने भनेर निर्णय लिने अधिकार प्रदान गरेको छ ।

वैदिक संस्कृतिको विशेषता हो कि प्रत्येक व्यक्ति आफ्नो श्रेय वा अवनति चुन्न स्वतन्त्र छ । कुनै पनि व्यक्तिलाई कर्म, भक्ति अथवा ज्ञानयोगी हुनुनै पर्छ भन्ने बाध्यकारी व्यवस्था छैन । वेदहरूले हरेक मान्छेले वर्णाश्रम व्यबस्थाको पालन गर्दै धर्म, अर्थ र कामको साधना गरोस् र मोक्ष प्राप्त गरेर निर्भय होस् भन्ने मार्ग प्रसस्त गरेको छ । यी मार्गहरूको महत्व बुझाएर संसारिक दुःखबाट जीवलाई निकाल्न उपनिषद्, षड्दर्शन, पुराणहरू र अनेकौं वैदिक सम्प्रदायहरू (शैव, शाक्त, वैष्णव, सौर्य वा अद्वैत, द्वैत, द्वैताद्वैत, शुद्धाद्वैत, अचित्यभेदभेद, बीरशैव, कौलआदि) सक्रिय छन् ।

यी वैदिक मार्गहरू अवलम्बन गरेर दुःखबाट सधैंका लागि मुक्ति प्राप्त गर्ने कि काम, क्रोध, लोभ, मोह, ममताआदिका दुस्चक्रमा फंसेर स्वार्थको बाटो समाएर दुःखको भुमरीमा पर्ने– मान्छेले आफैले निर्णय गर्नुपर्छ । हरेक मान्छे आफ्नो अवस्थाका लागि आफै जिम्मेदार हुन्छ । कमसेकम आध्यात्मिक मार्गमा यो तत्थ्य स्थापित नै छ । त्यसैले वैदिक साहित्यहरूमा अनेकौं रोचक, घोचक, आश्चर्यजनक तथा डरलाग्दाहरू प्रसंगसहित कथाहरू जोडेर मान्छेलाई सदाचारका लागि अभिप्रेरित गरिएको छ । यी स्रोतहरूलाई उपयोग गर्ने वा यिनको अवहेलना गर्ने–निर्णय गर्न मान्छे स्वतन्त्र छ । तर वैदिक साहित्यले हरेक व्यक्ति सदाचारका आदर्शहरूको पालन गरेर भौतिक, मानसिक तथा आध्यात्मिक रुपमा सुखी होस् भन्ने आशा गर्छन् र निरपेक्षभावले मनुष्यमात्र होइन स्मपूर्ण जीव–अजीवलाई आशिर्वाद प्रदान गर्छन् ।

हामी सबैले आफ्नो कल्याणकारी बाटो पहिचान गरौँ र सुखी, खुशी र आनन्दमय जीवन प्राप्त गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ