प्राचीन विज्ञानका प्रमाण



डा. गोविन्दशरण उपाध्याय ।

आधुनिक विज्ञानलाई हामीले उपयोग गरिरहेका छौँ । प्राचीन विज्ञान कथा, इतिहासआदिका माध्यमबाट हामीले सुन्ने गर्छौं । हामीले उपयोग नगरेको हुँदा प्राचीन विज्ञानप्रति अविश्वास लाग्नु कुनै नौलो कुरा होइन । दोश्रो कुरा, समयअनुसार विज्ञानका प्रारूप फरक हुन्छन् । प्राचीन विज्ञान ठ्याक्कै आजको विज्ञानझैं भए सत्य हुने नत्र नहुने भनेर सोच्नु तर्कसङ्गत मान्न सकिन्न । विमानको कथा नभएको भए विमान बन्ने थिएनन्, भवन निर्माणको विज्ञान नभएको भए वास्तु विज्ञान हुने थिएन । वेद, उपनिषद्, पुराण तथा अन्य विधाहरूमा विज्ञानका प्रसस्त प्रसंग छन् । ती विज्ञानका प्रसंगहरूमा हाम्रो प्रत्यक्ष पहुँच नहुँदा शंका हुन्छ भने ती प्रसंगहरूलाई प्रभावकारी तवरले शैक्षिक क्षेत्रमा पहुँच नदिने मानसिकताले “रोक्ने“काम गरेको पनि हुन सक्छ । हामी दूवै पहुँच र जिज्ञासाले विज्ञानको लागि नयाँ बाटो तयार गर्छ । श्रीमद्भागवतका तीनवटा अत्यन्त महत्वपूर्ण वैज्ञानिक तत्थ्यतिर हामीले ध्यान दिनुपर्छ । पढ्दै नपढी आलोचना गर्ने र अस्वीकार गर्नेहरू दयाका पात्र हुन् ।

१. इन्द्रले विश्वरुपको हत्या गरिदिएपछि यज्ञका माध्यमबाट त्राक्षके वृत्रासुर उत्पन्न गरे । धेरैलाई यज्ञको भरमा कहीं मान्छे जन्मिछ भन्ने लाग्छ तर आजभन्दा ८० वर्ष पहिला टेलिभिजन, मोबाइल र कम्प्युटर पनि एस्तै लाग्थ्यो । यज्ञबाट मन्त्र साधना गरेर उत्पन्न भएको वृत्रासुर एक्ला होइनन्, द्रोपदी र कृष्णलाई मार्नका निमित्त कृत्या पनि उत्पादन गरिएका थिए । यी यज्ञरुपी प्रयोगशालामा उत्पन्न भएका “मान्छेबाट नजन्मिएका“ मान्छे नै थिए । आजका AI युक्त रोबटहरू भन्दा निकै विकसित र मान्छेभन्दा पनि शक्तिशाली तर भावना, बुद्धि तथा मन भएका ।

२. ऋषि दधिचिले आफ्नो शरीरलाई नै प्रयोगशालामा रुपान्तरित गरेका थिए । उनको शरीरका हड्डीहरूमा “आणविक शक्ति“ स्थापित गरिएको थियो । हिन्दू, बौद्ध तथा जैनआगमहरूमा बज्रका विषयमा प्रसस्त चर्चा पाइन्छ । हिन्दु सनातन धर्ममा दधिचिबाट बज्रको उत्पादन भएको छ भने बौद्ध र जैनआगमहरूले पनि व्यक्तिको शरीरबाट नै ब्रज्रको प्राप्ति भएको स्वीकार गरेका छन् । आधुनिक समयमा पनि शरीरलाई “विषपुत्र, विषपुत्री“का रूपमा उपयोग गरेको तथा हालै लिट्टे तथा मुस्लिम आतंकवादीहरूले केटाकेटीलाई बाल्यकाल देखिनै अत्याधिक प्रशिक्षण दिएर शरीरलाई “गोली“बाट अप्रभावित बनाउने प्रयत्न गरेको कुरा विर्सनु हुँदैन ।

३. दितीले कस्यप ऋषिसंग इन्द्रको हत्या गर्न सक्ने सन्तान चाहिन ्र कस्यपले साधना बताए । दितीले त्यो साधना पूर्ण गरेपछि गर्भ रहन गयो । इन्द्रले आफ्नो हत्याको लागि “सन्तान“ जन्माउन लागेको थाहा पाएपछि दितिको गल्ती खोज्न थाले । एक दिन उनी हातखुट्टा नधोई निदाइन् ्र इन्द्रले सूक्ष्म शरीर धारण गरेर दितीको गर्भमा प्रवेश गरे । गर्भलाई सात चोइटा पारे तर ती सात चोइटा शिशुमा रुपान्तरित । तिनलाई पुनः काट्दा ४९ बालकमा रुपान्तरित भए ।

यो विज्ञानको कथामा तीनबटा तत्थ्यहरू संझन र विचारगर्न योग्य छन्ः (१) ऋषिहरूसँग इच्छाएको सन्तान जन्माउन सक्ने प्रविधि रहेछ (पयोब्रतको साधना) (२) मान्छेहरूसंग सानो शरीर बनाएर कसैको पनि शरीरमा छिर्ने प्रविधि रहेछ ्र इन्द्रले दितीको गर्भमा मात्र होइन वृत्रासुरको पेटमा पनि प्रवेश गरेका थिए । (३) ऋषिहरूले कामना विशेषका लागि (प्रयोजनसहित) उत्पादन गरेका सन्तानहरूलाई कसैले मार्न सक्ने रहेन छ, इन्द्रले गर्भमा मार्ने प्रयत्न गरेको बालक ४९ बटा बन्यो । अर्थात् ऋषि कश्यपलाई “स्टीम सेललाई मल्टीपल गरेर चाहेजति क्लोन“ तयार गर्ने प्रविधिको ज्ञान रहेछ । यो मात्र एस्तो प्रसंग होइन रक्तबीजको उत्पत्ति पनि क्लोन प्रविधिबाट नै भएको थियो ।

अन्त्यमा, विश्वका अनेकौं रहस्यहरू अहिलेको विज्ञानका लागि पनि रहस्य नै छन् । उपरोक्त घटनाहरूको सत्यता आधुनिक प्रविधिले प्रमाणित गर्न नसकिएला तर कुनै तत्थ्य अहिले प्रमाणित हुन सकेको छैन भन्दैमा असत्य हुँदैन । विज्ञानका प्राध्यापक तथा विद्यार्थीहरूले उपरोक्त प्रसंगबाट सिक्नुपर्छ पर्छ । प्राचीन विज्ञानका प्रसंगहरूलाई “मिथ“ भनेर पन्छिनेहरू विज्ञानको बाटोमा होइन नक्कलको बाटोमा, अन्धविश्वासको अर्को बाटोमा हुनेछन् । नेपालीहरूले यी प्राचीन विज्ञानका कथाहरूबाट अनुसन्धानको नयाँ बाटो तयार गर्नुपर्छ । यो सबै प्रसंग श्रीमद्भागवतको छैठों स्कन्धमा उल्लेख छ । जिज्ञासुले खोजेर पढ्न, मनन गर्न र कार्यान्वयनतिर चासो दिन सक्छन् ।
स्वस्तिअस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ