बजार शास्त्रका पात्रहरूले कसरी अर्थतन्त्रलाई चलायमान पारेका छन् ?



जेपी गुप्ता ।
व्यवसायको अत्यन्त पुरानो, शायद शताब्दीऔं अघिको रूप हो वस्तु विनिमय प्रणाली (वार्टर सिष्टम) जो आज पनि थोरै परिवर्तित रूपमा हाम्रो समाजमा विद्यमान छ। तराई क्षेत्रमा लाग्ने हाटहरूमा यसको उपयोगी रूप देख्न पाइन्छ । चट्टीहरू (हाटमा जुटका बोराहरूलाई जोडेर बनाईएको अलिक ठूलो ओछ्याउने चट्टी) मा उत्पादक किसानले थोरै तोरी, मकै, मसुरी र मुंगका दालहरू पस्केका हुन्छन्। अर्का किसान जो प्याज, आलु, लसुन वा अदुवा उब्जनी गरेका हुन्छन–यी वस्तुसँग आफूलाई चाहिने वस्तु साट्छन् । देख्दा अनौठो लाग्छ, जब खुंगीमा कोचिएको लोकल कुखुरा दिएर बाख्राका पाठा पाठी घिसार्दै लान्छ। पहिले पहिले पंचायतहरूले अहिले वडा कार्यालयहरूले हटिया ठेकेदारमार्फत चट्टी संकलन (हाट कर) गरेर आज पनि यस प्रणालीलाई वैधता दिएको छ । तपाईंसँग १०/२२ किलो धान छ भने धान दिएर बेसार, नून, माछा र सागसम्म साटने यो प्रणाली जिउँदै छ।

हालै काठमाडौंका सडक पेटी छेउमा मकै पोलेर बेचिरहेका गरिबहरूलाई महानगरपालिकाले लछारपछार गरेको कुरा चर्चाको बिषय बन्यो। कुरा सेलायो। तर जबसम्म मोरङ कर्सियाको हाटमा किसानले आफ्ना स–साना उत्पादनसंग जीवन धान्ने अरू स–साना वस्तु जिनीसहरू साटेर जीवनचक्र चलाएको बुझिन्न् वा जब भद्रपुरका सडक पेटी छेउमा आदिवासी महिलाहरूले यस्तै बस्तुबाट स्वादिलो ‘भक्का’ साटेको ग्रामीण अर्थशास्त्रको पांग्रा घुमेको जानिन्न–गरिब समाजको अन्त्योदयको योजना बुझिन्न् ।

यस बजार शास्त्रका पात्रहरूले कसरी अर्थतन्त्रलाई चलायमान पारेका छन्, यो बुझ्न आउनुस् आगोको वर्षा भैरहेका मधेसका हाट बजारहरू थोरै घुमौं तर बुझ्ने जान्ने निर्मल मनका साथ। कसो त काठमांडू तिर रहनु भएको मेरा पुराना मित्रहरू ? आउनुस् यताका हटियामा भेटौं सरहरू ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलीले कांग्रेसका सांसदलाई आफ्ना कार्यकर्ता भन्ठान्नुभए जस्तो लाग्योः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसले सदनमा उत्पन्न भएको झडपको अवस्थाको जिम्मा सभामुखले लिनुपर्ने बताएको

ओलीमाथि कांग्रेस झम्टिएको भन्दै एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेसले आक्रमण गरेको आरोप

सदनमा जब सभामुखले गृहमन्त्रीलाई बोल्ने समय दिए…. (भिडियोसहित)

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले राष्ट्रियसभा