एमसीसीको समर्थनमा डुक्रिनेहरु अहिले एसपीपीमा कुन दुलामा पसेका छन् ?



डा. युवराज संग्रौला ।

इतिहास हेर्दा, हरेक राष्ट्रको विकासले एउटा लामो शृङ्खला पार गर्दै अगाडि आएका छन् । यस शृङ्खलामा, राजनीतिले सामना गरेका दुईवटा मुख्य चुनौती हुन् (१) राजनीति गर्नेमा मौलाएको नैतिकताको पतन जसले राजनीतिकर्मीलाइ भ्रष्ट बनायो। र, राजनीति अपराधीकरणको जालो समेत बन्यो। भारतमा अहिले ४१ प्रतिशत सांसंदहरु एक वा अनेक फौजदारी मुद्दामा मुछिएका छन् । नेपाल त्यस यात्रामा अगाडि बढ्दै छ। (२) दोस्रो हो, राजनीति राजनीतिक बिचारधारामा मौलाएको बिचारधाराको स्खलन। यो वर्तमान नेपालको यथार्थ हो।
जब बिचारधाराको पतन हुन्छ राजनीतिक दलहरूमा, तब नेता व्यक्तिगत स्वार्थमा लिप्त हुन्छन् । उनीहरु राष्ट्रको स्वार्थ परित्याग गर्न किन्चित संकोच मान्दैनन् । अहिले स्टेट पार्टनरसीप कार्यक्रम यही हो । यसको रुप र स्वरुप सन् १८४० पछि अमेरिकाले चीनमा यसरी नै आफ्नो अधीन खोजेको थियो । चीन १९४९ मा मुक्त भयो, तर अमेरिका अहिले पनि ‘we lost China’ भन्ने गर्छ । के चीन अमेरिकाको गोजीको पर्स थियो र हराउने । यही सोचलाई भनिन्छ “साम्राज्यवाद।“

१. नेपाल ७० बर्ष देखि आफ्नो स्वतन्त्रतामा ऐंजुरु (ट्युमर)को सामना गरिरहेको छ । १९२३ मा ब्रिटिश उपनिवेशसँगको सन्धिले नेपालको स्वतन्त्रतालाई “उपनवेशी“ शासकको नियन्त्रणमा छोड्नु पर्यो । सन् १९५० मा स्वतन्त्र भारतले पनि ब्रिटिश उपनिवेशी नीतिनै कायम राख्यो । सूक्ष्म व्यवस्थापन भनेको “यही निर्देशित वा नियन्त्रित स्वतन्त्रता“ को उदाहरण हो । नेपाली नेतालाई देशको यो पीडाले कहिल्यै पोलेन । उनीहरु आफ्नो स्वार्थलाई मलजल गर्न सधैं तल्लीन रहे ।

२. चीन गुमाउनु पर्दा बहुलाएको अमेरिकाले नेपाललाई तिब्बती स्वतन्त्रताका नाममा चीनलाई रोक्ने नीति लागू गर्ने भूमि बनायो। आजसम्म त्यही नीति यथावत छ। नयाँ शिक्षा, एकीकृत परीयोजना, हुँदै अहिले एमसीसीमा आइपुग्दा राजनीति पार्टीले जनतालाई झुक्याए ।

३. कम्युनिस्ट पार्टीहरुको राजनीतिको एउटा नीति साम्राज्यवादको बिरोध गर्नु हो । तर सत्तामा संलग्न कम्युनिस्ट पार्टीहरु साम्राज्यवादसँग सहकार्य गर्दै छन् नेपालमा । अमेरिकासँग अहिले स्टेट पार्टनरसीप कार्यक्रमको जगजगी छ । युटा राज्यको नेसनल गार्डसँग नेपाली सेनाको सहकार्यको अवस्था सिर्जना गर्न नेपालका राजनीतिक दल कृयाशील छन् । गठबन्धनको सरकार छ, त्यसमा दुईटा कम्युनिस्ट पार्टी सामेल छन् । अर्को विपक्षीमा छ, तर त्यो सत्तामा रहेको समयमा २०१९ मा यो कार्यक्रम अमेरिकाले घोषित गरेको हो ।

४. नेपालको वर्तमान राजनीति राष्ट्रलाई धोकादिने एउटा संयन्त्रमा परिणत भएको छ । यस अवस्थाले देशभक्त नागरिकलाई पीडा हुन्छ ।

५. देशमा अल्पज्ञानको खेती बनमारा पलाएझैं पलाएको छ। बौद्धिक जमात मुर्छित छ । देशमाराहरु एमसीसी समर्थनमा डुक्रिन्थे। अहिले स्टेट पार्टनरसीप कार्यक्रममा दुलामा पसेका छन् । यो कार्यक्रमले अमेरिकी सेनालाई नेपाल आउने बाटो खुल्छ । यो कुन आर्थिक सहयोगको कार्यक्रम हो, तिनले जवाफ दिनुपर्छ ।

६. यो फोहोर राजनीतिमा स्वतन्त्रका नाममा अर्को अराजकताको निर्माण भैरहेको छ । अब देशले राजनीति नेतृत्वमा उत्पादनशील देशभक्त समाजवादीहरुको एकता र नेतृत्वको अवसर निर्माण गरेको छ ।
नेपाललाई अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धाको मारबाट जोगाउनु हरेक नागरिकको कर्तव्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत

इलाम र बझाङमा उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न