देउवाजी, पौडेलजी, सिटौलाजी, खाँणजी आदि-आदि जीहरू मात्रै हो काङ्ग्रेस भनेको ?



केशवप्रसाद भट्टराई ।
(त्यस्तो गठबन्धन बनाएर चुनाव लड्न जानुभयो भने के नेपालका सवै निर्वाचन क्षेत्रका काङ्ग्रेसी मतदाताले चितवन र गोरखाका मतदाताले जस्तै आत्मसमर्पण गर्लान् , खाँणजी ?)

१. ‘गठबन्धनबिना एमालेलाई हराउन सकिँदैन, कांग्रेस पनि जोगिँदैन : बालकृष्ण खाण’
काङ्ग्रेसका गन्तीमा आउने नेता, प्रधानमन्त्री र पार्टी सभापतिका दाहिने हात हालका गृहमन्त्रीले यो भनेको हो भने उनको यो लाचार र कायर आत्मस्वीकृति काङ्ग्रेसको वर्तमान नेतृत्वको सामूहिक परिचय हो ।
खाँणजीको डर हो–आगामी आम चुनावमा प्रचण्ड र माधव नेपालहरूको भर र बल विना एमाले हराउन नसकिने र गृहमन्त्री वा त्यस्तै अन्य किसिमको हैसियत, सुविधा र विशेषाधिकार भोग्न नपाइने !

अहिले गृहमन्त्री र प्रधानमन्त्री हुन माओवादी समाजवादीको काँध चाहियो,
त्यति मात्रै होइन, गठबन्धन बिना काङ्ग्रेस नै जोगिदैन भन्न कसरी सके देउवाजीका गृहमन्त्रीले ?
गठबन्धन बिना काङ्ग्रेस नै नरहने र पछि चुनाव जित्न पनि उनीहरू बेगर नसकिने भएपछि त्यतै जाँदा त झन् सजिलो पर्ला नी त गृहमन्त्रीज्यू !
२. त्यस्तो गठबन्धन बनाएर चुनाव लड्न जानुभयो भने के नेपालका सवै निर्वाचन क्षेत्रका काङ्ग्रेसी मतदाताले चितवन र गोरखाका मतदाताले जस्तै आत्मसमर्पण गर्लान् , खाँणजी ?

३ . सरकारमा बस्ने काङ्ग्रेसीको चाला माथि बताइयो अव काङ्ग्रेसको भविष्य बोक्छु भन्ने अर्काथरी पार्टी नेता, उनीहरूका पछुवा वुद्दिजिवी र कार्यकर्ताहरू कोही उमेरको विज्ञापन गरिरहेका छन्,
कोही वंश,कोही जात र क्षेत्रको ।
अनि मनभित्र गुम्सिएर बसेको लोभ, पाप र निजी महत्वाकांक्षाको !
जिन्दगी भर अवशर पाएका तर कुनै काम गरेर देखाउन नसकेकाले अवशर पाइएन भनेर आफ्नो कायर र रुञ्चे पद लालसाको विज्ञापन गरिरहेका छन् ।
४. मुलुक र समाजलाई गरेको योगदानको सडकमा ढुङ्गा हान्ने, टायर बाल्ने, ऋषि धमला शैलीमा भाषण र अन्तर्वार्तामा देखाउने बाहेक कुनै विशिष्ट योग्यता, क्षमता, राष्ट्र र समाजलाई दिएको योगदानको बलमा काङ्ग्रेस महाधिवेशनमा प्रस्तुत हुन म छु, हामी छौँ भन्ने कोही हुनुहुन्न ?
देउवाजी, पौडेलजी, सिटौलाजी, खाँणजी आदि आदि जीहरू मात्रै हो काङ्ग्रेस, भनेको ?
सामाजिक सञ्जाल भरी छरिएका आत्म प्रचार र विज्ञापन देउवाजी, पौडेलजी, सिटौलाजी, खाँणजी आदि आदिजीहरूको कृपा र आशिर्वाद र शुभलाभको लागि मात्रै हो कि प्रजातन्त्र, जनता , राष्ट्रको लागि पनि केही सोच र योजना छ ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत

इलाम र बझाङमा उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र