हिजो कुनै राजनीतिक भातृ संगठनमा रहेको अभिलेख भएका न्यायाधीशहरुले राजीनामा दिनुपर्छ



डा. युवराज संग्रौला ।
न्यायिक अवधारणा बिनाको न्यायाधीश न्याय माथिनै घात हो भन्ने कुरा नियुक्ति गर्नेहरुले बुझ्नु पर्ने थियो । एउटा कुरा सत्य हो, यदि न्यायपालिका ध्वस्त भयो भने लोकतन्त्र रहँदैन । राजनीति दलका नेताले यो अहिले तत्काल बुझ्नु पर्ने अवस्था छ ।

१. एउटा कुरा सत्य हो, हिजो गोजीबाट टिपेर नियुक्ति गरेकै हो । त्यो नियुक्ति गर्नेमा राणा मात्र होइन अरु भूपू प्रधानन्यायाधीश पनि दोषी छन्, उनीहरुले पनि आफ्नो जिम्मेवारी लिनु पर्छ र सार्वजनिक माफी माग्नुपर्छ।

२. न्यायाधीशको बारेमा जब विवाद उठ्छ उसले न्यायको मर्यादाका लागि राजीनामा दिनुपर्छ। मेरो अनुरोध हो जब तपाईँहरुको नियुक्तिका बारेमा प्रश्न उठेको छ, न्यायको जग जोगाउन राजीनामा दिनुहोस् । इतिहासले सबै राम्रालाई मूल्यांकन गर्नेछ ।

३. समाज लथालिङ्ग भयो भने हामी बस्ने घर कहाँ रहन्छ ? धन सम्पत्तिले के गर्दो रहेछ ? अस्ति अफगानिस्तानमा देखिएन र ? त्यसैले नेपाललाई बस्न लायकको देश बनाउन, सबै नागरिकले सोच्ने बेला आइस्क्यो । अहिले न्यायपालिका जोगाउन नसक्दा यो संविधान जोगाउन सकिन्न। अर्थात् यो राजनीतिक व्यवस्था रहँदैन ।

त्यसैले प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प छैन । सर्वोच्च अदालतका कर्मचारीले उठाएको माग जायज छ टीका लगाएर न्यायाधीश बनाइएको दोष लागेका सबैले राजीनामा दिनुहोस् । राम्रालाइ फेरि नियुक्त गर्दा हुन्छ । राजनीतिक मञ्चमा लागेकालाई बिदा गर्नुको विकल्प छैन । जो हिजो कुनै राजनीतिक भातृ संगठनमा रहेको अभिलेख छ उसले राजीनामा दिनु पर्छ । न्यायपालिका शुद्ध हुनुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार