पूर्वराजा ज्ञानेन्द्रले बुझ्न नसकेको र चोलेन्द्रले नसिकेको पाठ



सुरेश आचार्य ।

‘इतिहास दोहरिन्छ’ भनेको हो रहेछ ! तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनकारी दलहरुको माँग बमोजिम २०६३ बैशाख ११ गतेका दिन दुई वर्षअघि बिघटन भएको प्रतिनिधीसभा (संसद) पुनःस्थापित गरिदिए, अनि त्यही संसदले उनलाई श्री ५ को पदबाट निलम्बित गरिदियो, र अन्ततः राजतन्त्र नै गयो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबराले ३ महिना बीचमा सांसदहरुको मागबमोजिम २/२ पटक ओली–बिघटनमा परेको प्रतिनिधीसभा पुनःस्थापना गरिदिए, अहिले तिनै सांसदले महाअभियोग लगाई पदच्यूत गरेर हुर्मत लिने भएको गन्ध पाएकोले भोलि चोलेन्द्रले पदबाट राजीनामा गर्ने भएछन् !

राजनीतिज्ञहरुसँग दया–माया, धर्म, निष्ठा र विश्वसनीयता भन्ने कुनै पनि चीज हुन्न भन्ने सुनेको ठिकै रहेछ । त्यसमाथि उनीहरुको शरीर र मन, जनताको गाली खाँदा–खाँदा गैँडाको छालाजस्तो कडा बनिसकेको हुन्छ । यो गुह्य कुरा, राजा ज्ञानेन्द्रले बुझ्न सकेनन्, तर चोलेन्द्रले त्यो परिदृष्य देखेर पनि पाठ सिकेनन् ।

नेपालको इतिहासमा जसले प्रतिनिधीसभा पुनःस्थापित गर्छ, त्यही प्रतिनिधीसभाको पहिलो शिकार हुन्छ ! यस्तै हुँदैआएको छ !
राजनीति निर्मम हुन्छ, चेतना भया !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा