आदि सृष्टि



डा. गोविन्दशरण उपाध्याय ।

ऋग्वेदको हिरण्यगर्भ, नाशदीय र पुरुष शुक्तहरूले विश्वको सृष्टिवारे अन्य धर्म, सम्प्रदाय भन्दा फरक व्याख्या गरेका छन् । हिरण्यगर्भबाट भगवान् विष्णु (विश्वचराचरमा व्याप्त) प्रकट हुनुभयो । उहाँको नाभीबाट कमल उत्पन्न भयो र तेस कमलमा भगवान् ब्रह्मा प्रकट हुनुभयो । वैदिक सृष्टि मीमांसाले निर्विवाद रूपमा विष्णुको नाभिबाट उत्पन्न कमलबाट ब्रह्माको उत्पत्ति स्वीकार गरेको छ । ब्रह्माले कठोर तपस्या गरेर शक्ति प्राप्त गरी सर्वप्रथम ऋषिहरू, त्यसपछि देवता क्रमशः मनुष्यआदिको सृष्टि गरेका हुन् भनिएको छ ।

आधुनिक बिगब्यांग सिद्धान्त मात्रै निर्विकल्प सिद्धान्त होइन भन्ने हामीले बुझेका छौँ । जसरी वैदिक चिन्तनहरू विज्ञानकातहमा अरूभन्दा बढी प्रमाणित हुँदैछन्, भविष्यमा महाविष्णुको विशाल सृष्टि पत्तो लाग्न सक्छ । भागवत होस् वा वेद महाविष्णुलाई अनन्तकोटी ब्रह्माण्डहरूको सृष्टिकर्ता भनेर तोकिएको छ । विज्ञानले हरेक ब्रह्माण्डका कणकणमा नपुगी विष्णु सृष्टिकर्ता होइन भनेर निर्णय दिन मिल्दैन ।

जसरी ऋषिमुनिहरूले विष्णुलाई पानीमा साक्षात्कार गरे त्यसले आधुनिक विज्ञानको सिद्धान्तको जैविक सृष्टिको आधार पानी नै हो भनेको सिद्ध गर्छ । इसाई वा मुस्लिमहरूका ईश्वरले झैं “आकाश बन, पाताल बन भनेर आज्ञा दिएरको भरमा सृष्टि भएको होइन भन्ने सिद्ध हुन्छ । अर्कोतिर, ईश्वरले माटो र खरानी लिएर मान्छेको सृष्टि गरेको हो भन्ने इसाई–मुस्लिम मान्यताका विपरित सम्पूर्ण मानव समाजको सृजना मनु तथा सतारुपाको यौनक्रियाबाट आरम्भ भएको हो“ भन्ने विज्ञानसम्मत सिद्धान्तलाई पुष्टि गर्छ ।

विश्वको हरेक प्राणी सूक्ष्मतहमा हिरण्य गर्भनै हो किनभने सृष्टिक्रियामा समर्थ छ । नाभी अर्थात् चिन्तनशक्तिबाट अनेकौं चिन्तनहरूको प्रवाहित हुन्छन् । असलमा, चिन्तन त्यो विवेक हो जसले शुभअशुभ, पापपुण्य, दुराचार–सदाचारआदिको निर्णय गर्न सक्छ ।

ब्रह्मा सृजकतत्व हो जसले समग्रताको प्रतिनिधित्व गर्छ । शास्त्रहरूले ब्रह्मालाई आदिपिता, वेदका प्रथम साधक तथा राजोगुणका प्रतिनिधि तत्व मानेको छ भने विष्णुलाई पालकका रूपमा स्थापित गरेको छ ।

योगीहरूले आफ्नो साधनामा यो प्राथमिक सृष्टिक्रियाको मणिपुर चक्रमा साक्षात्कार गर्छन् । अर्थात् प्राचीन ऋषिमुनिहरूले साधनाका माध्यमबाट समयको आरम्भ साक्षात्कार गर्ने विधि समेत स्थापित गरेका छन् । अष्टचक्रका मध्यमबाट अलौकिक शक्ति प्राप्त गरेका र मोक्ष प्राप्त गरेका अनेकौं ऋषिमुनि, तीर्थंकर तथा लामाआचार्यहरू आज पनि जीवित छन् । विनम्र साधकले गुरूकृपा र आफ्नो तपोवलले समयको यो आरम्भलाई आजका मितिमा पनि साक्षत्कार गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार