बटुकसँग गाँसिएका दुई संस्कृति



डा. गोविन्दशरण उपाध्याय ।

ब्राह्मणको निन्दा गर्न सजिलो छ तर बाल्यकालदेखि वेदको अभ्यास गरेर ब्राह्मण बन्न सजिलो छैन । बटुकहरूले टुप्पी बाँधेर वेदहरू घोकेर वैदिक संस्कृतिलाई निरन्तरता प्रदान गरेका थिए । अहिले पो छापाहरू आए ! संस्कृत वाग्मयको विशाल भण्डारलाई घोकेर जोगाउने यी ब्राह्मणहरूप्रति सभ्यता सधैं ऋणी रहनुपर्छ ।

बौद्धहरूको निन्दा गर्न सजिलो छ तर बाल्यकालदेखि नै श्रमण संस्कृतिको पालन गरेर बौद्ध बन्न सजिलो छैन । विशाल साहित्यमा फैलिएको बौद्ध धर्मलाई यस्तै बटुक सन्यासीहरूले घोकेर जोगाए । आजको बौद्धधर्मले यी निर्दोष श्रमणहरूलाई धन्यवाद दिनुपर्छ ।

उस्तै गुरुपरम्परा, उस्तै तपस्यापूर्ण जीवन पद्धति, उस्तै भाषा, उस्तै वेशभुषा, उस्तै घोक्ने र गुरूहरूबाट सिक्ने परम्परा, यही भूमि, उही नदी, उही हिमाल, तराई र पहाडहरू ! वैदिक, बौद्ध र जैनहरूलाई अलग्याउनेहरू पक्कै पनि नेपाली चेतनाभएका प्राणी होइनन् । यो तत्थ्य बुझ्नेहरू असली मित्र हुन् । यो कुरा नबुझ्नेहरू बुझ्नयोग्य छन् तर बुझेर पनि बौद्ध र हिन्दूलाई अलगअलग ठान्नेहरू विखण्डनवादी हुन् ।

एउटा बटुकले सानो उकेर देखिनै गुरुबाट वेदहरूको अध्यायन आरम्भ गरेर वैदिक संस्कृतिको संवाहक बन्ने सङ्कल्प लिन्छ भने अर्को बटुकले बाल्यकाल देखिनै त्रिपिटकहरूको व्याबहारिक अध्ययन गरेर बौद्ध धर्म–संस्कृतिको निरन्तरता सुनिश्चित गर्छ । हिन्दू र बौद्ध फरक अवश्य छन् तर यो पार्थक्य मनको होइन चिन्तनको हो । जगत र आफूबीचको सम्वन्धको बुझाई फरक हो । पार्थक्यमा एकता देख्नेहरू ब्राह्मण वा श्रमण हुन् । पर्थ्यक्यमा भिन्नतामात्र देख्नेहरू नेपाली समाजका मूसा हुन् ।

सनातनीले बौद्धसँग शास्त्रार्थ गरे, बौद्धहरूले सनातनीसंग शास्त्रार्थ गरे । यस्तो शास्त्रार्थ हारजितका लागि होइन सांस्कृतिक निरन्तरताका लागि थियो । आज सनातनी र बौद्ध दुवै गौरवका साथ आ––आफ्नो संस्कार अनुशरण गरिरहेका छन् । बौद्धले सनातनीका मन्दिर तोडेनन्, सनातनीले बौद्धक चैत्य, विहार र गुम्वाहरू भत्काएनन् । नेपाली समाजको हित चाहनेहरूले चैत्यचैत्यमा सँगै पुजिने गणपति, सरस्वती भैरवको दर्शन गर्छन्, शाक्य कुमारीलाई वैदिकहरूले आराधना गरेको देख्छन् । वैदिकहरूले सिङ्गो बुद्धलाई विष्णुको अवतारका रुपमा आराधना गरेको देख्छन् तर राजनैतिक पूर्वाग्रह र रिलिजनको साँगुरो परिभाषामा आफ्नो र परायाको परिभाषा खोज्ने विखण्डनकारीहरूका लागि बुद्ध र विष्णुसँगै आएर एकताको संदेश दिए पनि स्वीकार्य हुनेछैन ।

पाश्चात्य (एकेश्वरवादी) दृष्टिकोणले हेर्दा यी दुई बटुकले लगाएको लुगा, पढ्ने पुस्तक, पढाउने गुरू, सिक्ने विषयवस्तु तथा परिवेशका आधारमा केवल भिन्नता दृष्टिगत होला तर पौरस्त्य (वैदिक) दृष्टिकोणले हेर्दा र बुझ्दा फरक पुस्तक भए पनि अक्षर, पढ्ने र बुझ्ने, खाने, कर्मगर्ने सबै प्रक्रिया एकै छन् । दुवै बटुक हुन्, दूवै विद्यार्थी हुन्, दुवै धर्मला विनम्र साधक हुन्, दूवैले धर्म–संस्कृतिको प्रतिनिधित्व गरिरहेका छन् । एउटा धागोमा उनिएका हरेक फूलको नाम “माला“ नै हुन्छ । धर्मको नजरियाले हेर्दा हामी एकै घरका दुई सन्तान हौँ तर रिलिजनको नजरियाले हेर्दा हामी एकैघरका विरोधी सन्तान हौँ । फूलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडा संसार“ ।

दूवै संस्कृतिहरू नेपालका पुर्ख्यौली हुन् । एक अर्काकाका पूरक हुन् । संस्कृत भाषा नै दुवै संस्कृतिका आधार हुन् । दुवै गुरूशिष्य परम्परामा आश्रित छ र दुवैको अन्तिम लक्ष मोक्ष वा महानिर्वाण हो । यी दूवै महान् संस्कृतिहरू गुरुशिष्य परम्परामा आधारित छन् र दुवै संस्कृतिको शिक्षण, दीक्षण र प्रशिक्षणका प्रारम्भविन्दू यी बटुकहरूलाई नमन गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर । कोसी प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत दिनुपर्ने लगायतका बुँदा समेटिएको नेकपा एमाले

मुख्यमन्त्री नियुक्ति विवादको टुंगो नलागेसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने

गण्डकी । नेपाली कांग्रेसले सर्वोच्चमा विचाराधीन मुख्यमन्त्रीको नियुक्तिबारे अन्तिम निर्णय नहुँदासम्म संसद बैठक

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसँग चार लाख धरौटी माग

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख