सम्भवत, पर्दा पछाडि त्यो वातावरण पनि बन्दैछ !



केशवप्रसाद भट्टराई ।
१. अङ्ग्रेजहरूले भूराजनीतिक यथार्थतालाई राम्रो बुझेका थिए–त्यसैले ब्रिटिस भारत र रूसको वीचमा अफगानिस्तानलाई बफर राज्य स्थापना गरे र ब्रिटिस भारत र रूसवीचको सीमा द्वन्द्व र विवादलाई पन्छाए र भारतको सुरक्षालाई सुनिश्चित गरे ।
चीन र भारतवीच तिब्बतलाई पहिलो बफर राज्यको रूपमा राखे र नेपाल, भुटान, सिक्किम र काश्मिरलाई दोस्रो बफर राज्यहरूको रूपमा रहन दिए ।
यो बफर क्षेत्र वा बफर जोनको अवधारणा प्राकृतिक र पर्यावरणीय आवश्यकता पनि हो – पर्यावरण र वातावरणविदहरुले यसलाई अझ राम्ररी बताउन सक्छन् ।
अर्थात् राज्य सुरक्षाको एउटा नैसर्गिक व्यवस्था हो बफर राज्यको अवधारणा !
वास्तवमा असंलग्नता भनेको नै त्यही हो ।

२. ब्रिटिस भारतका शासकहरूले बफर राज्यहरूको स्थायित्वलाई सुनिश्चित राखिरहन ती राज्यहरूमा आफ्नै प्रकृतिको राज्य व्यवस्था अवलम्वन गर्न दिए र ती मुलुकको राजनीतिक व्यवस्था र आन्तरिक राज्य संचालनमा प्रतक्ष हस्तक्षेपगर्न रुचाएनन् ।
नेहरू विश्व इतिहासका विशिष्ट ज्ञाता हुन् तर उनमा राज्यको सुरक्षा तन्त्र र सूक्ष्म रणनीतिक दृष्टि देखिएन, उनी विश्वराजनीतिमा नाराजीवी देखिए, त्यही उको तिब्बत र चीन नीतिमा प्रदर्शित भयो ।
अर्थात् बफर राज्यको स्थीरता र स्थायित्व भनेको बफर राज्य अनुरूपकै राज्य व्यवस्था पनि हो भन्ने उनले बुझेको देखिएन र आजको भारत त्यही बेहोरिरहेको छ ।
अफगानिस्तानमा सोभियत सङ्घले हस्तक्षेप गर्यो – त्यहाँ आफ्नो पक्ष अनुकूल राज्य व्यवस्था स्थापना गर्यो ।
पछि आएर अमेरिकाले त्यसै गर्यो ।
आजको अफगानिस्तान निर्माण भयो ।

३. चीनले तिब्बतलाई बफर राज्य रहन दिएन ।
त्यहाँ साम्यवाद अनुरूपको राज्य व्यवस्था हुलिदियो ।
फरक राजनीतिक, सामाजिक–सांस्कृतिक र आर्थिक मूल्य प्रणाली अवलम्वन गरेका दुई ठूला राज्य व्यवस्थावीच त्यसपछि लगातार भूराजनीतिक र भूरणनीतिक टक्करका स्थितिहरू आउन थाले ।
भारत र पाकिस्तान वीचको तनावको कारण पनि मूलमा तिब्बत नै हो ।
त्यसैले आज तिब्बत भारत र चीन दुबैको चुनौती बनेको छ ।
नेपाल र पाकिस्तानको पनि चुनौती बनेको छ ।

४. नेपाल, काश्मिर, भुटान र सिक्किम मध्ये सिक्किमलाई भारतले लियो ।
काश्मिरलाई पाकिस्तानले भारत र पाकिस्तान माझ भाग लाग्ने बनाइदियो ।
नेपाल कहिले भारतको इच्छा अनुसार र कहिले चीनको इच्छा अनुसार चल्ने मुलुक बनाइयो ।
माओवादलाई आदर्श मान्ने, सी जिन्पिङ्ग विचारधाराको कक्षा लिने, र होली वाइन सेवनगर्नेहरूले राज्य व्यवस्थामा अतिक्रमण गरेर नेपाललाई अराजकता र अनीतिको राज्य बनाइदिए ।
काङ्ग्रेस र कम्युनिस्टहरू मिलेर राजा हटाए र राजदुतहरूलाई राजा बनाएर नेपालमा शासन गर्न थाले ।
नेपाल विभिन्न मुलुकका राजदुतहरूको पौंठे जोरी खेल्ने मुलुक बनाइयो ।
यो स्थितिलाई नियन्त्रण गर्ने राज्य व्यवस्था हामीले निर्माण गर्न सकेनौ ।

५. हामी प्रजातन्त्रलाई नकार्न सक्दैनौ,
तर प्रजातन्त्रको नाऊमा विभिन्न मुलुकका राजदुतहरूलाई नेपालमा शासनगर्ने र नेपालको शासन सत्तामा उनीहरूलाई आफ्नो मुलुकको स्वार्थ टकराउने स्थिति निर्माण गरेर अन्तत मुलुकको शान्ति, एकता र सुरक्षामा नै आधात पुग्न जाने अवस्था आउन नदिनु सवै साना–ठूला शक्ति, प्रभाव र हैसियतमा रहेका व्यक्तिको राष्ट्रिय दायित्व हो जस्तो लाग्दछ ।
अन्य मुलुकको हकमा गृह नीतिले विदेश नीतिलाई मार्गदर्शन गर्दछ तर नेपालको हकमा स्थिति विपरित बन्दै गएको छ ।
परराष्ट्र नीति असंलग्न भन्ने तर राज्य व्यवस्था यो र त्यो मुलुकको इच्छा र खटन अनुसार चल्ने अनि त्यसैले मुलुकको परराष्ट्र नीति निर्धारण गर्ने यो बेथिति र अराजकता अन्त्य गर्न नेपालको राज्य व्यवस्थाले राजसँस्थालाई स्थान दिनै पर्दछ ।
कमसेकम सरकारहरू, संवैधानिक निकायहरू, राज्य संरचनाहरू र दलहरूलाईपूर्णत अराजक, अनियन्त्रण र असन्तुलनको स्थितिमा पुग्न नदिन र तिनीहरूलाई परस्पर नियन्त्रण र सन्तुलनमा ल्याउनअनि आफ्नो थाप्लोमा आउने अपजस थन्क्याउन पनि राजसँस्था आवश्यक देखिएको छ ।
दलहरू, दलका नेताहरू र सरकारहरूको वीचमा पनि एउटा असंलग्न सँस्था र बफर स्पेस चाहिँदो रहेछ र नेपालको हकमा त्यो राजसँस्था नै हो ।
राजा ज्ञानेन्द्रको यस वर्षको बडा दशैँ सन्देश यही सत्यको सैद्धातिक उद्वोधन थियो भन्ने मलाई लाग्दछ ।

६. तर के पनि हो भने जुन जुन मुलुकहरूले नेपालका जुन जुन राजनीतिक शक्तिहरूलाई प्रयोग गरेर नेपालबाट राजसंस्था हटाए, ती अझै पनि मुलुकका ठूला र निर्णायक महत्वका राजनीतिक शक्ति हुन् ।
तिनलाई अस्वीकार र अवमूल्यन गरेर पनि नेपालमा राजसँस्थाको पुनःस्थापना सम्भव लाग्दैन !
त्यसैले तिनलाई सरापेर वा आलोचना मात्रै गरेर होइन, उनीहरूको शक्ति र अहंलाई पनि व्यवस्थापन गरेर मात्रै राजसंस्थाको पुनर्स्थापनाको मार्ग विस्तार गर्न सकिन्छ ।

७. जति गाली गरेपनि हाम्रा छिमेकीहरू र अमेरिका मेरो भाषामा टु प्लस वनलाई सहमतिमा वा विश्वासमा नलिई हुने र गरिने परिवर्तनहरूको स्थायित्व सुरक्षित र सुनिश्चित हुँदैन ।
सम्भवत, पर्दा पछाडि त्यो वातावरण पनि बन्दै छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय