क्षत्रीय शक्तिको पुनर्जागरण हो दशैं



डा. गोविन्दशरण उपाध्याय ।

नेपालमा सनातन धर्म संस्कृतिको रक्षा गर्न क्षत्रीय व्यक्तित्वको निकै खाँचो अनुभव हुँदैछ । पशुबलि प्रति मेरो व्यक्तिगत विमति छ तर क्षत्रीय शक्तिको आवश्यकता बढ्दो छ । नौ दुर्गाको पूजाआजा केवल कर्मकाण्डका रूपमा होइन सनातन धर्मको पुनर्जागरणको रूपमा सबै नेपालीहरूले बुझ्न जरुरी छ । कमजोरलाई सबैले हेप्छन्, शक्तिशालीलाई कसैले छुंदैन ।

दशैंजस्ता (दुर्गापूजा) चाडवाडहरूमा विधर्मी र धर्मनिरपेक्षतावादमा कट्टरपन्थी विदेशी धार्मिक समूहहरूले सनातनीहरूलाई फुटाउन अनेकौं आरोपहरू लगाउने छन् तर हामी सबैले विवेकको प्रयोग गरेर आ–आफ्नो परम्पराअनुसार भगवती दुर्गाको आराधना गर्नुपर्छ । दशैंको वहिष्कार गर्नेले आफ्नो रैथाने धर्मसंस्कृतिको जगेर्ना गरिरहेको छ कि छैन ? हामीले लेखाजोखा राख्नैपर्छ ।

नेपालको संविधान धर्म निरपेक्ष छ तर कुनै पनि नेपाली धर्मनिरपेक्ष छैनन् । इसाईहरूले आफ्नो धर्म राम्ररी पालन गरिनै रहेका छन् । मुस्लिम, किरात सबै आ–आफ्नो धर्मलाई छोडेर धर्मनिरपेक्ष बन्न सक्दैनन् । राज्य धर्मनिरपेक्ष हुँदैमा राज्यसंचालन गर्ने व्यक्ति धर्मनिरपेक्ष हुँदैन भन्ने सबैभन्दा राम्रो उदाहरण नेपाल नै हो । देशको सर्वोच्च संस्था प्रतिनिधि सभाले विधिवत् दसैं विदा लिएको छ । दशैं माने पनि नमाने पनि सबैले “दशैं मान्न“ लागि विदा प्राप्त गरेका छन् ।

निःसन्देह धर्मनिरपेक्षता सही अर्थमा पाखण्ड हो । यो पाखण्ड विरुद्ध बोल्लेहरूलाई संविधानका पक्षधरले देखि सहन्नन् । धर्मनिरपेक्षतासंग चारकोश टाढा रहेका अतिवादी धार्मिक समुहहरूले यसको स्वागत गर्छन् । नेपाली राजनीतिको तस्वीर हेर्दा धर्मनै मान्दिन भन्नेहरू, विदेशी धार्मिक समुदायहरू र धर्मको निन्दा (हिन्दू–सनातनीको मात्र) निन्दा गरेर जीवित रहनेहरू धर्मनिरपेक्षतावादी छन् । संविधान बनाउनेहरूले “धर्मनिरपेक्ष“ लेखे किनभने उनीहरू हुतिहारा थिए । जनता हुतिहारा छैनन् त्यसैले दशैंतिहार मनाउंदै छन् ।

युद्धमा देशले मान्छेको बलि लिन्छ र मान्छेले पनि खुसिखुसी दिन्छ । यो पनि वलिदान नै हो । यस्ता बलिदानको गुणगान हुन्छ । अहिले देशको धर्म, संस्कृति र सभ्यता सङ्कटग्रस्त छ । मुस्लिम हुँदा धर्म निरपेक्षवादी, इसाई हुँदा धर्मनिरपेक्षवादी हुने तर हिन्दू–सनातनी हुँदा कट्टरपन्थिको चिन्तन दिने राजनैतिक शक्तिका अगुवाहरूलाई क्षत्रीय शक्तिको आवश्यकता छ । देशले वलिदान होइन क्षत्रीय शक्तिको पुनर्जागरण माँगेको छ ।

म व्यक्तिगत रूपमा पशुवलीको समर्थन गर्दिन । म आफैं आजीवन शाकाहारी हुँ । तर यी सबैले परम्परागत रूपमा कोट, मन्दिर र अन्य अवसरमा दिंदै आएका बलिहरू रोकिन्नन् । शाक्त परम्पराको देशमा शक्तिपूजा स्वाभाविक लाग्छ । अब यी शक्तिपीठहरूका बलिहरूको उद्देश्य बदलिएको छ । नेपालभरि बाइसे र चौविसे राजाहरू हुँदा आपसी लडाई हुन्थ्यो र सबैले कोटकोटमा शक्ति पूजा गरेर शक्ति प्रदर्शन र आर्जन गर्थे ? अहिले हाम्रो लडाई सनातन धर्मको रक्षामा केन्द्रीत हुनुपर्छ । मेरो विचारमा मांसाहारसंग पशुवलीको धेरै कम सम्वन्ध छ । काठमाडौँ उपत्यका होस् वा देशका अन्य भाग. सबै मांसाहारीले विधिपूर्वक बलिदान दिएको मासु खान्छन् त ? होइन, कत्ति पनि खादैनन् ।
दशैंमा गरिने अधिकांश पशुबलि “बलि“का लागि नभई मासुका लागि हुन्–अब यो कुरा बोल्न, भन्न र बुझ्न धेरै बुद्धि लगाउनु पर्दैन । शास्त्रचर्चा बहाना हो, स्वाद नै प्रमुख कार्य हो । महत्वपूर्ण तत्थ्य के हो भने चेतना शास्त्रबाट नै अङ्गीकार गरिएको छ । शक्ति आर्जनको यो दिशानिर्देशलाई क्षत्रीयशक्तिमा रुपान्तरित गर्दै सनातन धर्म, संस्कृति र सभ्यताको अक्षुण्णतामा रुपान्तरित गर्नुपर्छ ।

पशुबलि र पशुबलि रहित आराधना पद्धति दूबै सनातन धर्मका दुई चिन्तन हुन् । दुवै आ–आफ्नो ठाउँमा ठीक छन् किनभने दुवैका विषयमा शास्त्रले अनुमति प्रदान गरेको छ । जसले बलिदानरहित आराधना गर्छन् उनीहरू पनि शास्त्रकै अवलम्बन गरिरहेका छन् भने जसले बलिदान गर्छन् उनीहरू पनि शास्त्रकै अनुकरण गरिरहेका छन् । मुख्य कुरा–सनातन धर्मको रक्षा हुनुपर्छ किनभने हामी नेपालीको अस्तित्व यसैमा टिकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किताव र पूर्वाग्रह

डा. गोविन्दशरण उपाध्याय । कितावहरू अनुभव र स्मृतिको अक्षरीय रुपान्तरण हुन् । अक्षता

मध्यपुर थिमिमा मनाइने भुईफसी जात्रा(फोटोफिचर)

हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर थिमिमा मनाइने भुईफसी (कुभिण्डो) जात्रासँगै खाःपिहावईगु जात्रा

ब्रिटिश सांसदको छुरी हानी हत्या

ब्रिटेनका सांसद सर डेभिड एमेसको शुक्रवार छुरी हानी हत्या गरिएको छ । घटनालाई

राष्ट्रिय फुटबल टिमले माल्दिभ्समा यसरी मनायो दशैं(फोटो फिचर)

काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा सबैले आफन्त र परिवारसँग मनाइरहेका बेला