सुटुक्क गरिएका पाप-कर्महरू !



हरिप्रसाद रिमाल ।

१. हामी कतिपय कामहरू सुटुक्क गर्छौ, त्यसप्रकारका कामहरू अधिकांश पाप र अपराध मिसिएका हुन्छन् । हामी ठान्दछौं, — कसैले थाहा पाएको छैन अत्यन्त गोप्य तरवले गरिएको छ । तर हामी जतिसुकै गोप्यातिगोप्य तरिका अपनाएर गरौँ हामीले गरेका गोप्य कामहरू एक पटक न एक पटक उदाङ्गो हुन्छन् हुन्छन् । यस दुनियाँमा पापहरू अधिकांश उदाङ्गो भएका छन् । नेपालीमा एक भनाइ पनि छ—‘एक बुढियाले ठूलै अपराध गरेकी थिइन् । बारवर्षसम्म त्यसलाई तिनले लुकाई नै राखिन् । त्यसरी लुकाइराख्दा पनि तिनलाई शान्ति भने भएन । सधैँ आफ्नो पाप कसैले थाहा पाउँछ कि र आफू सजाय भागी हुनुपर्छ कि भन्ने त्रासले तिनलाई लखेटि नै रह्यो । यसरी सन्त्रस्त हुँदाहुँदै बाह्र वर्ष बित्यो । उनीभित्रको पापले उनी यति विक्षिप्त भइन् कि उनी त्यो पाप लुकाउन नसक्ने भइन् र आफ्नै घरको धुरीमा सकिनसकी चढेर कराइन् ‘ मैले त्यति ठूलो पाप गरेकी थिएँ । तर कसैले पनि थाहा पाएन र आज म आफै यो पाप उदाङ्गो पार्दै छु ।’ भनिन्छ त्यसै बेलादेखि पाप धुरीबाट कराउँछ भन्ने उखान जन्मिएको हो । मानिसहरू त्यसैले अहिले पनि भन्ने गर्छन् ‘बाह्र वर्षसम्म पनि गोप्य रह्यो भने पाप एक दिन धुरीबाट कराउँछ ।’

२.अहिले पाप कहाँ कहाँ भैरहेछ ? । गनेर साध्य नै छैन, भनेर र लेखेर कुनै पनि हालतमा भ्याइँदैन । राजनीतिमा, न्यायालयमा, प्रशासनमा, व्यापार—व्यवसायमा, शिक्षामा, स्वास्थ्यमा, कृषिमा, वनमा, यातायातमा, उद्योग र वाणिज्यका क्षेत्रमा, विकासमा, ठेक्का—पट्टामा, घर—घरमा घरेलु हिंसाका नाममा जतासुकै पापहरू मडfरिइरहेका छन् । ती पाप र अपराधलाई नियन्त्र गर्ने भनिएका ठाउँमा र अपराधीलाई कठघरामा उभ्याउन प्रयत्नरत हुने ठाउँ प्रहरीका माथिदेखि तलसम्मका कार्यालयहरूमा पाप र अपराधहरू हुने गरेका सम्चारहरू समय समयमा आउने गर्छन् । तत्तत् ठाउँका व्यक्तिहरू पाप गर्छन् तर सुटुक्क । तिनले सुटुक्क गरेका ती पापहरू उदाङ्गो बन्छन् । यस्तो कसरी हुन्छ ? भएको छ ।कसरी हुन्छ हुन्छ !

३.पाप सधैँ लुकेर बस्न सक्तैन । ज्वालामुखी जस्तै हुन्छ पाप र एक दिन विस्फोट भएर लाभाका रूपमा बग्न थाल्छ । अनि त त्यस लाभाले नराम्रोसँग जलाउँछ । भनिन्छ —जीवन कालमा ती पापहरू निस्कन सकेनन् र गोप्य बसे भने आखिरी अवस्थामा मृत्युृ शैयामा पल्टिएका बेला मानिस आफूले गरेका एक एक पापहरू देख्छ र अतालिनथाल्छ । तर अतालिएर के गर्नु त्यस बेला ऊ केही गर्न सक्तैन । वाणी उसबाट बिदा भैसकेको हुन्छ । दृष्टि शक्ति कमजोर बन्छ तैपनि ऊ आँखाको इसारामा आफ्ना पापहरूको प्रायश्चित्त सन्ततिहरूले गरिदिन्छन् कि भनेर आँखा फाल्छ तर नजिक बसेको सन्तान समेत ऊ देख्तैन र टाढा टाढा दृष्टि फाल्छ र फाल्दाफाल्दै ऊ यस दुनियाँबाट बिदा भएर जान्छ । बिदा भएर गएपछि त पापको कुरा सकिन्छ कि ? हाम्रा शास्त्रहरू भन्छन् ‘त्यस्तो पापबाट छुकारा पाइँदैन । भित्र हाम्रो हृदयमा साक्षी रूपमा बसेको अदृूश्य शक्तिले सबै कुरा माथि बताइसकेको हुन्छ र एक एक तथ्याङ्क त्यहाँ पल्टाइन्छ र उसले ती सुटुक्क गरिएका पापहरू अनुसारका फलहरू भोग्नुपर्छ रौरव, कुम्भीपाक आदि गरेका नरकमा गएर । यसरी पाप सुटुक्क गरेपनि त्यसले पिछा छोड्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किताव र पूर्वाग्रह

डा. गोविन्दशरण उपाध्याय । कितावहरू अनुभव र स्मृतिको अक्षरीय रुपान्तरण हुन् । अक्षता

मध्यपुर थिमिमा मनाइने भुईफसी जात्रा(फोटोफिचर)

हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर थिमिमा मनाइने भुईफसी (कुभिण्डो) जात्रासँगै खाःपिहावईगु जात्रा

ब्रिटिश सांसदको छुरी हानी हत्या

ब्रिटेनका सांसद सर डेभिड एमेसको शुक्रवार छुरी हानी हत्या गरिएको छ । घटनालाई

राष्ट्रिय फुटबल टिमले माल्दिभ्समा यसरी मनायो दशैं(फोटो फिचर)

काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा सबैले आफन्त र परिवारसँग मनाइरहेका बेला