कतै काङ्ग्रेस, राजा र हिन्दुत्व विरूद्धको षड्यन्त्र त होइन यो ?



केशवप्रसाद भट्टराई ।
विजुलीको सवाल, चीनसँग महँगो ब्याज तिरेर ट्रान्समिसन बनाउने तर अमेरिकाको अनुदानमा ट्रान्समिसन नबनाउने कुरा, अनि अरुण ३ को विगत–वर्तमान र हाम्रा महान राष्ट्रवादी र क्रान्तिकारीहरू अनि हिन्दू राष्ट्र र राजसंस्थाको कुरा

१. विकास थापाको असोज ७, २०७८मा इकागजमा प्रकाशित लेख अनुसार यो वर्ष १८.८७ अर्ब रुपैयाँको बिजुली खेर गयो ।
अबको पाँचौँ वर्षमा मात्रै प्राधिकरणलाई १३५ अर्ब रुपैयाँ नोक्सानी हुन्छ ।

. रमेश कुमारले(Ramesh [email protected]_Ku) ) ट्विटरमा उल्लेख गरे अनुसार ’नेपालले चिनियाँ ब्यांकसँग झण्डै ३ प्रतिशत ब्याज बुझाउने गरी (स्मरणीय छ, नेपाली बैंकहरूले आफ्ना वचतखातामा रकम राख्ने व्यक्तिहरूलाई पानि तीन प्रतिशत आसपासको व्याज दिन्छन र राष्ट्रहरूलाइ दिइने ऋणमा यो अत्यधिक व्याज हो ) ११२ मिलियन ऋण लिएर प्रसारण लाइन बनाउँदै छ ।
तर अमेरिकाले प्रसारण लाइन नै बनाउनका लागि ५०० मिलियन अनुदान दिँदा’ नेपालका महान् क्रान्तिकारी र राष्ट्रवादीहरू अमेरिकाको खोइरो खनेको खन्यै छन् ।

३. ( कम्युनिस्ट मित्रहरू क्षमा गर्नुहोला ) कम्युनिस्ट भनेका नै यस्तै हुन् ।
त्यो जमानामा अरुणको विरोध गरेर त्यत्रो ठूलो परियोजनालाई त्यसलाई खारेज गराए , अहिले त्यही अरूणको काम आफैँले नेहोरा गरी गरी भारतलाई सुम्पिए ।

४. नेपालका कम्युनिस्ट नेताहरूले आफ्नो पक्षमा रहेकालाई के भन्छन् र विपक्षमा रहेकालाई कतिसम्म भन्छन् थाहा छ नी ?
अरु कुरामा ध्यान दिनु परेन–तीन मूख्य कम्युनिस्ट पार्टीका मुख्य नेताहरूले गएका केही महिनादेखि एक अर्कालाई लगाएको आरोप पर्याप्त छ ।

५. बीसौँ वर्ष आफूले नेता मानेका, सँगै काम गरेकालाई त नचिन्ने,
तिनको विचार र दृष्टिकोण नबुझ्ने ,
चाल चलन, आनी –बानी , व्यवहार र चरित्र थाहा नपाउने र जे पायो त्यही, जे मनमा आयो त्यही भन्ने यिनले भारत, चीन, अमेरिका,उत्तर कोरिया , भेनेजुएलाको बारेमा, तिनका नेताका बारेमा , तिनका नीतिका बारेमा कति बुझेका होलान् ?
अनि तिनको विरोध, आरोप, आक्षेप र समर्थनलाई कति पत्याउने होला ?

६. समस्या त् झन् जटील कसरी बन्न पुग्यो भने सङ्गत दोष नै पनि होला –– काङ्ग्रेस र आफूलाई कट्टर हिन्दुवादी र राजावादी भन्नेहरू पनि कम्युनिस्ट जस्तै बोल्न र भन्न थाले ।
कतै काङ्ग्रेस, राजा र हिन्दुत्व विरूद्धको षड्यन्त्र त होइन यो ?

७. भारत र अमेरिकाको उछित्तो काढेर हिन्दु राष्ट्रको र राजसँस्थाको पुनःस्थापनामा सजिलो पर्ला ?
उनीहरूसँग सहकार्य गर्ने र सँगै सरकारमा बस्ने काङ्ग्रेसले आफ्ना गठबन्धनका सहयोगी मित्रहरूले भारत, चीन वा अमेरिकाको पक्ष विपक्षमा बोलेका कुरा र लिएको नीतिबारे अन्तर्राष्ट्रिय समुदायले प्रश्न गर्दा के उत्तर दिन्छ कुन्नी ?
गठबन्धनको साझा नीति र कार्यक्रममा यस्ता कुरा नसमेटिने रहेछन् क्यारे ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किताव र पूर्वाग्रह

डा. गोविन्दशरण उपाध्याय । कितावहरू अनुभव र स्मृतिको अक्षरीय रुपान्तरण हुन् । अक्षता

मध्यपुर थिमिमा मनाइने भुईफसी जात्रा(फोटोफिचर)

हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर थिमिमा मनाइने भुईफसी (कुभिण्डो) जात्रासँगै खाःपिहावईगु जात्रा

ब्रिटिश सांसदको छुरी हानी हत्या

ब्रिटेनका सांसद सर डेभिड एमेसको शुक्रवार छुरी हानी हत्या गरिएको छ । घटनालाई

राष्ट्रिय फुटबल टिमले माल्दिभ्समा यसरी मनायो दशैं(फोटो फिचर)

काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा सबैले आफन्त र परिवारसँग मनाइरहेका बेला