महको चाका कि निराशाको गूँड ?



डा. गोविन्दशरण उपाध्याय ।

निराशाले जीवन चल्दैन भने देश कसरी चल्छ ? आज नेपालीको ढुकुटी नेताको लागि वरदान र जनताको लागि श्राप बनिरहेको छ । २००७ सालदेखि आरम्भ भएको प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र सबैले नेतालाई फलिफाप गरेको छ जनतालाई रसातल पुर्याएको छ । सत्ताको वरिपरी रहने व्यक्तिहरूलाई ठेकेदारी फापेको छ जनतालाई भने खाडीको तातो घाम फुर्पुरोमा लेखेको छ ।

लोकतन्त्रवादी भन्छन् देशको विकास भएको छ तर सूचकांकहरूलाई बुझ्नेहरू भन्छन्– नेपालको परिवर्तन विश्वमा भैरहेका परिवर्तनका छाल हुन् । ७१ वर्षसम्म सधैं शिशुनै रहने “प्रजातन्त्र“ले विकास र प्रगतिशीलताको अर्थ र महत्व बुझ्ने र बोकेर हिंड्ने कुरै हुँदैन । शिशुले गर्न सक्ने काम भनेकै रुनु र निकट रहेका व्यक्ति वा आमाबाट पेट भर्नुनै हुन्छ । नेपाली प्रजातन्त्रका जीवित शिशुहरूले नेपालआमा र बाहिरबाट पोषिलो “दूध“ प्राप्त गरिनै रहेका छन् । उनीहरू सुखी र संमृद्ध भए पुग्छ ।

वर्तमान संविधान नेपाली जनताले निर्माण गरेको भन्नेहरूले पनि बुझेका छन्–असली तत्थ्य । स्वर्गीय प्रधानमन्त्री सुसिल कोइरालाले संविधान जारिगरिएको तेस्रो दिन भनेका थिए “संविधानमा धर्मनिरपेक्षता कसरी आयो, मलाई थाहा नै छैन।“ देशका कार्यकारीले बोलेका यी शब्दले बर्तमान संविधानको सत्यतत्थ्य प्रष्ट पार्छ । धेरै नेता र कार्यकर्ताले यो सत्य बुझेका छन् तर नेताहरूको डर र भविष्यको “टिकट“को लोभके सत्य अड्किएको छ ।

नेपालीमा उखान छ “जुन जोगी आए नि कानै चीरेको“ र अर्को उखान छ “कुकुरलाई घिऊ पच्दैन“ । यी मध्ये दोस्रो बैज्ञानिक उखान हो किनभने सच्चिनै ठूलो आन्द्रा नभएको हुँदा कुकुरले घीऊ पचाउन सक्दैन । प्रचण्ड बहुमत प्राप्त गर्दा पनि सत्ता संचालन गर्न नसक्नु र नदिनुमा “घीऊ“कै कमाल भनेर बुझ्नुपर्छ । बोकेर हिड्न नसक्ने संविधान निर्माण गरेर “आत्मरति“मा रम्नु नेताको बाध्यता होला तर जनताका लागि भने “रुखमा बेल पाक्यो विस्मात नै विस्मात“ भन्नुपर्छ ।

आजको तीतोसत्य सत्य के हो भने करकापले भने पनि निर्माण गरेको संविधानको स्वामित्व लिइरहेका नेताहरू पनि “निराशाको भूमरी“मा फँसेका छन् । ठेकेदारी तन्त्र, लूटतन्त्र र वर्गीय संगठनका रूपमा खडा गरिएका सिन्डिकेटका दलालहरूले नेपाली ठगिएका छन्, लुटिएका छन् । मान्नु पर्छ नेताहरूलाई, मन र मुटु यिनीहरूको फलाम कै बनेको रहेछ आफ्नो सुख छोडेर जनताको दुःख बुझ्नै नसक्ने गरि बनेको रहेछ !

दलालीमा पल्केको लोकतान्त्रिक संस्कारले जनतामा चरम निराशा छाएको छ भने दोस्रोतिर जनतामा पनि यिनै नेतृत्वमा विश्वास गर्ने सम्मोहन छाएको छ । “हामी ठग्न आउँछौँ, तिमीहरू ठगिनु“ भन्ने आन्तरिकरुपमा समझदारी नै बनेको देखिन्छ । ब्युझाउनेहरूलाई “अनादर“ गर्ने कला र संस्कृति नेताहरूका माध्यमबाट घरघरमा संस्थागत भएको छ । निराशा र चरम गरिवीका कारण अरवको तातो घाममा आफुलाई तताउने तर “भोट भने यही राजनैतिक प्रतिमानलाई दिने“ विश्वास नै गर्न नसकिने मनस्थितिको निर्माण भएको छ । हरेक दिन वाकसमा आउने शवहरूले संविधानको गुणगान गरिनै रहेको छ ।

जव निराश र हतास जनताले संविधानका निर्माता नेतासँग गुनासो गर्छन्, उनीहरूले सुन्न नै चाहन्नन् । वास्तविकता के हो भने नेताहरूले यो सविधानको निर्माण आफ्ना लागि गरेका हुन् जनताका लागि होइन । नत्र गुनासो गर्ने जनताको आवाज सुन्नुपर्छ भने संबिधान दिवस मान्न उर्दी गर्नुनै पर्ने थिएन । म हेर्दै छु, कति जनताले आफ्नो घरमा नेपाली झण्डा लगाउँदा रहेछन् ? सूर्यचन्द्र अङ्कित यो नेपाली झण्डा समेत गणत्रन्त्रले निल्न आँटेको जनताले विर्सेका छैनन् । जनताले नेपाली झण्डा सान सित फकाउँछन् तर गणतन्त्रको उर्दीले होइन, स्वात्मविवेकले ।

“हुने विरुवाको चिल्लो पात“ तर गणतन्त्रको विरुवामा त भ्रष्टाचार, लूटतन्त्र, सिन्डिकेट र विदेशी भक्तिको वोलवाला भएको छ ्र जातीय कित्ताकाट, क्षेत्रीय कित्ताकाट, राजनैतिक भागबण्डा, कमिसनको अखण्डता र स्वधर्म तथा संस्कृतिमा सधैं प्रहार–गणतन्त्रसंग नेपाल भित्रिएका अतिथि हुन् । यी अतिथिहरूलाई सत्ताधारी र सत्ताका इच्छुकहरूले सधैं स्वागत गरेर पालेर राखेका छन् । विदेशी प्रतिमानहरूको भक्ति, विदेशी शक्तिहरूप्रति लम्पसार, विदेशी विज्ञताप्रति शरणागति गणतन्त्रका उपहार हुन् ।

संविधान निर्जीव अक्षरहरूको वन्धन हो । प्राकृतिक रुपमा बन्धनको स्वामित्व लिंदा यो संबिधान हुन्छ नत्र यो अन्यायकारी बन्धन हुन्छ । सबैलाई थाहा छ यदि यो संविधानको कसैले उल्लंघन गरेको छ भने ती नेतानै हुन् । स्वार्थ पूर्ति हुँदा संविधानको जयजयकार नहुँदा “दुत्कार“, अस्वीकार र भण्डाफोर ! निर्जीव संविधानले कसैको भलो–बुरो गर्दैन तर जीवित संविधानका पक्षधरहरूको स्वार्थले वर्तमान संविधान निराशाको दस्तावेज बन्दैछ । जनताका लागि मुटुमा गाडिएको त्रिशुल त सत्ताधारी र भष्टचारीहरूका लागि “महको चाका“ वन्दैछ ।

प्रगतिशीलता, विकास, जनता र धर्मनिरपेक्षता यो संविधानले बोकेका विशेषता भनिन्छ । सबैले बुझेको तत्थ्य हो संविधान आरम्भ भएपछि यदि कसैको प्रगति भएको छ भने त्यो हो धर्म–परिवर्तनकारी शक्ति र दलालहरूको को, यदि कसैको विकास भइरहेको छ भने त्यो हो चर्च, मदरसा, विदेशिने युवाशक्ति तथ् वैदेशिक ऋणको, जनताको कुरा गर्दा जनताको अर्थ परिवर्तित भएर “सुखी तथा सुखी जनता भनेका नेता र तिनका दलालहरू बुझिन थालेका छन् भने धर्मनिरपेक्षताको अर्थ हिन्दू वाहेकका कट्टरपन्थी इसाई–मुस्लिम र ईसाई–मुस्लिमवादी बौद्ध भन्ने बुझिन थालेको छ । अनि, गाउँगाउँमा बनेका चर्चहरू र विदेश पस्ने युवाहरू गणतन्त्रले निम्त्याएका राजनैतिक चेतना हो । छिमेकीप्रति घृणा यसको विशेषता हो भने स्वदेशीको अपमान र विदेशी प्रतिमानको सम्मान यसको संस्कृति हो ।

मैले र सर्वसाधारण जनताले बुझेको अहिलेको संबिधान र यसले रोपेको राजनैतिक गणतन्त्र नेता र दलालहरूका लागि महको चाका र जनताको लागि अनिश्चित भविष्य र निराशाको छाता हो । अरू आफै बुझौं, मनन गरौँ र अर्को पटक पनि यिनैलाई भोट दिएर “रैती“ बन्ने हो कि नदिएर मालिक बन्ने हो आफै विचार गरौँ । संविधानले “सार्वभौम जनता“ भनेर आरम्भ मै भनेको छ र त्यसैका नाममा संविधान नेताले निर्माण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार