पति-पत्नीः अभिन्न मित्र



डा. गोविन्दशरण उपाध्याय ।
पति र पत्नी दुवै शब्दको अर्थ ‘मालिक मालिक्नी’ हुन्छ । न कोही ठूलो न कोही सानो । प्राकृतिक भिन्नता वाहेक सबै वरावर । तर दुई फरकफरक परिवारमा हुर्केका दुई विपरीत लिंगी ‘मान्छे’ले एउटा परिवार बनेर बस्नु, रमाउनु तथा दाम्पत्य जीवनका कर्तव्यहरू पालन गर्नु महायोग हो, महात्याग हो र महान् सङ्कल्प हो ।

पतिपत्नीमा कहिलेकाहीँ खटपट हुनु स्वाभाविक हो । कहिलेकाहीँ कुरा नमिल्नु पनि सामान्य हो तर जहिलेसुकै नमिल्नु असामान्य हो । धेरैले आपसमा कुरा मिलाउँछन् तर केहीले आफैं कुरा मिलाउन सक्दैनन् । कुरा मिलाउन नसक्दा आपसमा कुरा बल्झिन्छ र तपाईं दाम्पत्य जीवनमा ‘बिष’ पोख्नेहरूलाई सजिलो हुन्छ । यहीं सचेततापूर्वक सावधान हुनुपर्छ ।

सचेतनाका पाँच वटा खुड्किला छन्ः शारीरिक, मानसिक, बौद्धिक, सामाजिक र आध्यात्मिक । यी पाँचवटा विधाको संयुक्त नाम नै मानसिक स्वास्थ्य हो । कसैकसैले ‘समग्रस्वास्थ्य’ पनि भन्छन् । मान्छे केवल शरीरले स्वास्थ्य भएर पुग्दैन । मन, बुद्धि, सामाजिक व्यवहार र अस्तित्व पनि स्वस्थ हुनुपर्छ ।

हरेक दम्पतिको पहिलो सिंढी शारीरिक रूपमा स्वास्थ्य जीवन हुन्छ । धेरैजसो दम्पतिहरूले आफ्नो शारीरिक स्वास्थ्यको कत्ति पनि वास्ता नगरी अर्काको लागि मरिमेट्छन् । त्यसैले दैनिक एकपटक ‘तिमी/तपाईंको शरीर त ठीक छ’ भनेर एकआपसमा सोध्नुस् । यो काम हरेक दिन अनिवार्य गर्नुस् । के तपाईंले आफैंलाई वा आफ्नो पति/पत्नीलाई सोध्ने गर्नुभएको छ ?

मान्छेको मन ज्यादै कमलो हुन्छ । काटेको घाउँ निको हुन्छ तर मनमा लागेको घाउ निकै परिश्रम गरेपछि मात्र निको हुन्छ । पतिपत्नीको प्रेममय सम्बन्ध ‘मन’मा धेरै निर्भर गर्छ । त्यसैले हरेक दिन दुईचार पटक ‘म तिम्रो/बारेमा सोचिरहेको थिएँ, केही मद्दत चाहिएको थियो कि ? भन्दै बिहानदेखिका केही घटना र भोगाईहरू आपसमा साझा गरौँ । मन खुसी हुन्छ, केही गाह्रो भए मन हलुका हुन्छ । याद गर्नुस्ः पतिका लागि पत्नी र पत्नीका लागि पतिभन्दा नजिकको अरू कोही हुनै सक्दैन ।

तर्क गर्नु मान्छेको स्वभाव हो । हामी तार्किक प्राणी हौँ । पतिपत्नीका रूपमा समस्या समाधानका क्रममा हाम्रो तर्क ‘फरक’ हुन सक्छ किनभने हामी फरकफरक व्यक्ति हौँ र अहिले पतिपत्नी छौँ । ‘फरक’पनालाई संवाद गरौँ वा संवाद गर्ने सङ्कल्प गरौँ । फरकमतलाई ‘अहङ्कार’को विषय न ठानौं । ‘हाम्रो बीचमा “फलानो विषयमा मतभेद छ’ भन्ने तथ्यलाई सम्मानपूर्वक स्वीकार गरौँ र अगाडि बढौं । ‘मेरो नै गोरुको बाह्र टक्का’बाट उन्मुक्तभई ‘तिम्रो र मेरो दूवै गोरुको बाह्र नै टक्का हो तर औचित्यचाहिं विचारनीय छ’ है भन्ने कुरामा सहमत हौँ । मतभेदलाई मनभेदका रूपमा विकसित हुनबाट जोगाउँ ।

मान्छे सामाजिक प्राणी हो र घरव्यवहारमा हरेक व्यक्तिको आ–आफ्नै ‘रोल’ हुन्छ । आफ्नो “रोल“ सरल, सहज र खुसीपूर्वक सम्पादन गर्ने सामर्थ्य नै सामाजिकता हो । त्यसैले आफ्नो दायित्वलाई कर्तव्य ठानेर पालन गरौँ । यदि पति÷पत्नीका बीचमा दायित्व पालनमा समस्या देखापर्यो वा सामाजिक व्यवहारमा समस्या देखियो भने ‘सहृदयता’का साथ संवाद गरौँ । शारीरिक, मानसिक वा निर्णय गर्न नसक्दा सामाजिक व्यवहारमा परिवर्तन आएको हुन सक्छ ? हरेक दिन पतिपत्नीले एकआपसमा सोधौं ‘मैले तिमीलाई केही सहयोग गर्नुपर्छ कि ?’

दाम्पत्य जीवनको वैदिक लक्ष भनेको मोक्ष प्राप्ति हो भने पाश्चात्य लक्ष आत्म–परिचय (self-actualization) हो । शारीरिक, मानसिक, बौद्धिक तथा सामाजिक/सांस्कृतिक/धार्मिक दायित्व पालन गर्दागर्दै पनि खालीपन हुनसक्छ । यस्तो अवस्थामा पूर्णकर्तव्यका रूपमा योग, ध्यान, तीर्थयात्रा, दानदातव्य तथा परोपकारका कार्यहरू सरसल्लाहपूर्वक पतिपत्नी मिलेर गरौँ । आपसमा बसेको वेला एकअर्कालाई सोधौं ‘पूर्णता प्राप्त गर्न, सन्तोष प्राप्त गर्न हामीले के गर्नुपर्छ ? के हाम्रो लक्ष पूर्ण भएको छ ? सरलता नै सुखी दाम्पत्य जीवनको पहिलो समझ हो ।

पतिपत्नी अर्थात् दम्पतिले विश्व चलाउँछन् । विश्वको अर्थतन्त्र होस् वा राजनीति सबै दम्पतिहरूको मूठीमा हुन्छ । यदि तपाईंको दाम्पत्य जीवन सुखी छ, खुसी छ भने विश्व नै सुखी हुन्छ, रमाइलो हुन्छ । यदि तपाईंको दाम्पत्य जीवन कलहपूर्ण छ भने विश्व नर्कसरह हुन्छ । त्यसैले विश्वलाई सुखी, शान्त तथा उर्जावान् बनाउनका लागि आफ्नो दाम्पत्य स्वास्थ्यको रक्षा गरौँ, सुरक्षा गरौँ र खुसी बनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई

पुँजीवादले मानिसलाई मानिस होइन, उपभोक्तामा परिणत गर्दोरहेछ

डा. युवराज संग्रौला । फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा