म हिन्दू, मेरो मनोविज्ञान



डा. गोविन्दशरण उपाध्याय ।
वैदिक, जैन र बौद्धशास्त्रहरूले मनलाई सुख तथा दुःखको कारण मानेको छ । सुख होस् वा दुख दूवै संचित, क्रियमाण, प्रारब्ध र आगामी यी चारकर्ममा आधारित हुन्छ । संचित कर्मको अर्थ हो भूतकालमा गरेका कर्मको फल अहिले प्राप्त हुनु, क्रियमाण कर्मको अर्थ हो अहिले हामीले गरिरहेका कर्मको भविष्यको परिणाम र प्रारब्ध कर्मको अर्थ ग्रहदशा वा अन्य कुनै कारणले मनुष्यले भोग्नु परिहरेको पीडा र भविष्यको कर्म हाम्रो हातमा हुँदैन तर मनुष्यले भविष्यको “कर्म“को परिणामका लागि “डर“ गरिरहेका हुन्छन् ।

वर्तमानका मानसिक समस्याहरू संचित र प्रारब्धकर्मका कारण प्राप्त भएका हुन् । अहिलेको कर्मले हाम्रो भविष्यको “मानसिक–अवस्था“ तयार हुँदैछ भने डर, विगत, वर्तमानलाई विचार नगरी जथाभावी कर्म गर्ने हो भने “भविष्य“को कर्ममा गरिने कर्म पनि दुःखप्रदायी नै हुन्छन् ।

यसरी वैदिक मनोविज्ञानले सम्पूर्ण दुःख होस् वा सुख यिनै चारप्रकारका कर्मले प्राप्त हुन्छन् भनेको छ । हरेक व्यक्तिके आप्त मानसिक समस्याबाट मुक्ति प्राप्त गर्न र समस्या नै हुन नदिन (पूर्वकार्यका रूपमा) यम (अहिंसा, सत्य, ब्रह्मचर्य, अस्तेय र अपरिग्रह)लाई जीवनशैली बनाउनुपर्छ । त्यसपछि आगत समस्याहरूको समाधानका लागि नियमः शौच अर्थात् शारीरिक तथा मानसिक पवित्रता (स्वच्छता) सन्तोष, तप, स्वाध्याय र ईश्वरप्राणिधानको नियमलाई दृढतापूर्वक अवलम्बन गर्नुपर्छ । यो छुट्टै कुरा हो कि आजका मान्छेहरू स्वास्थ्य जीवन चाहन्छन् तर यम–नियम पालन गर्न चाहन्नन् ।

त्यसपछि शारीरिक स्वास्थ्यका लागि नियमित आसनहरूको अभ्यास गर्नुपर्छ, श्वासप्रश्वासको अभ्यास गर्दै एकाग्रताको अभ्यास गर्नुपर्छ । आधुनिक मनोविज्ञानले उपरोक्त सबै क्रियाकलापलाई अक्षरसः स्वीकार गरेको छ । हामीले जानेकै कुरा हो मनोविज्ञानले सम्वन्धित व्यक्तिको वर्तमानको मानसिक, संग्यानात्मक र व्यवहारको विश्लेषण गरेर मानसिक स्वास्थ्य र अस्वस्थ्यको परिणाम दिने हो । यदि वर्तमानमा मानसिक समस्या भेटिन्छ भने त्यो विगतका कर्महरूको परिणाम हो । मनोविज्ञानले वर्तमानमा ती समस्याहरूको पहिचान गरेर भविष्यका लागि रोक्ने प्रयत्न गर्छ ।

सत्व, रज तथा तम यी प्रकृतिका तीनवटा गुण हुन् । मन, बुद्धि र अहङ्कार यिनै गुणहरूको फरकफरक अभिव्यक्ति हुन् । सतोगुण प्रधान कर्म गर्ने मान्छेको मानसिक स्वास्थ्य “अच्छा“ हुन्छ । रजोगुण प्रधान कर्म गर्ने व्यक्तिको मानसिक स्वास्थ्य “ठीकै“ हुन्छ र तामसिक कर्म गर्ने व्यक्तिको मानसिक स्वास्थ्य खराव हुन्छ । सतोगुणीले सूचना प्राप्त गरेको आधारमा यम. नियमआदिको पालन गर्छन् र स्वास्थ्य रहन्छन् । रजोगुणी व्यक्तिलाई सिकाउँदा अङ्गीकार गर्छन् र स्वास्थ्य रहने प्रयत्न गर्छन् तर तमोगुणी व्यक्तिहरूको मानसिक स्वास्थ्य ठीक गर्न दूवैले कठोर परिश्रम गर्नुपर्ने हुन्छ ।

श्रीमद्भगवत–गीताका अनुसार तमोगुणी कर्म गर्न पल्किएका व्यक्तिहरू रिसाहा, फटाहा, धेरै सुत्ने, असजिलो र नगर्न भनेको काम गर्ने, सधैं यम–नियमहरूको उल्लंघन गर्दा रमाइलो मान्ने खालका हुन्छन् । उनीहरूलाई “असलकर्म“ अन्धविश्वास लाग्छन् । उनीहरूले दुःखलाई नै सुख ठानेर दुख भोगिरहेका हुन्छन् । सत्य, पवित्रता, आसन, प्राणायाम तथा मानसिक एकाग्रतातिर उनको कुनै अभिरुचि नै हुँदैन । त्यसैले गहिरो मानसिक–समस्या भएका व्यक्तिहरू असलमा तमोगुणी हुन्छन् । यिनीहरूले मानसिक स्वास्थ्यबाट मुक्ति प्राप्त गर्न धेरैसमय लाग्छ । सतोगुणीले १० दिनमा, रजोगुणीले २५ दिनमा त तमोगुणी व्यक्तिले आफ्नो मानसिक समस्याबाट उन्मुक्ति प्राप्त गर्न ७५ दिन लाग्छ – उदाहरणबाट बुझ्नुपर्छ ।

यम, नियम, आसन, प्राणायाम तथा एकाग्रताको अभ्यास गर्न पनि नचाहने, खानपीन तथा आवश्यक निन्द्राको व्यबस्थापन गर्न नसक्ने मान्छे मानसिक समस्याहरूबाट मुक्त हुनैसक्दैन भन्ने महात्मा चाणक्यको भनाई छ । वैदिक चिन्तनप्रणालीमा मन, बुद्धि र अहङ्कार फरक–फरक “इन्टीटि“ हुन् र फरकफरक तवरके ह्यान्डल गर्नुपर्छ तर पाश्चात्य मनोविज्ञानले यी तिनैबाट विषयहरूलाई एकैठाउँमा राखेर सजिलो बनाइदिएको छ ।

ऋग्वेदका अनुसार मन “भावना“हरूको आधारशीला हो भने योगदर्शनकाअनुसार मन सुखदुखको अनुभोक्ता हो भने सांख्यदर्शनले मनलाई प्रकृतिको अभिव्यक्ति मानेर “नितान्त भौतिक वस्तु“का रूपमा बुझेको छ । यसर्थ, मन नितान्त भौतिक–विषय भएको हुँदा यसमा प्रतिविम्वित भएका समस्याहरूको सर्वथा समाधान गर्न सकिन्छ । यहाँ बुझ्नु पर्ने के हो भने “मन“ भौतिक विषय भए पनि “वस्तु“चाहिं होइन ्र यो चेतनाको अजस्र प्रवाह हो र आफ्ना लागि विषयवस्तुहरू ज्ञानेद्रीयहरूका माध्यमबाट ग्रहण गर्छ ।

“मन चङ्गा तो कठौती मे गङ्गा“ भनेको हुँदा मानसिक मानसिक समस्या लाग्ननै नदिन यम, नियमआदिको पालन गर्नुपर्छ भने संचित, भाग्य र क्रियमाण कर्मका कारण मानसिक समस्या देखा परेका छन् भने योग्यगुरुका सान्निध्यमा रहेर “यमादि“ नियमहरूको पालन गर्दा मानसिक रोगहरूबाट निको भइन्छ । शारीरिक, मानसिक, ज्ञानात्मक र आध्यात्मिक रूपमा पूर्ण स्वास्थ्य रहन आहार, निन्द्रा र विहार (यौन) अर्थात् आफुले सक्ने काममात्र गर्नुपर्छ ।
अनुशासन नै स्वास्थ्य जीवनको मूलमन्त्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदिक सृष्टि मीमांसाः इन्द्र

डा. गोविन्दशरण उपाध्याय । इन्द्र देवताका राजा हुन् । कश्यप तथा अदितिका छोरा

‘चोलेन्द्रसमशेरजी ! निवेदन छ, भिडेर बस्नोस्, देशको प्रधानन्यायाधीश बारम्बार पराजित हुनुहुन्न’

केशवप्रसाद भट्टराई । महाभियोगको सामना गरेर  संसदमार्फत न्याय प्रणालीमाथिका  सवैका अनैतिक कालाकर्तुत राष्ट्र

नेताज्यूहरु, लोकतन्त्रको मूल्य, मान्यता र मर्मको भाव बुझिदिनुहोस् !

शारदाप्रसाद त्रिताल । हाम्रो देशका राजनीतिक नेता लगायत चल्तापुर्जाहरु भनिने सबैले लोकतन्त्रको कुरा

पूर्वराजा ज्ञानेन्द्रले बुझ्न नसकेको र चोलेन्द्रले नसिकेको पाठ

सुरेश आचार्य । ‘इतिहास दोहरिन्छ’ भनेको हो रहेछ ! तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनकारी