काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले समाचार लेखेकै आधारमा डराउन नपर्ने वातावरण निर्माण गर्नुपर्ने दायित्व सबैको भएको बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाको विरुद्ध होइन, यो त नागरिकको जान्न पाउने अधिकारको रक्षाका लागि हो । सत्य लेखेकै आधारमा कोही पनि डराउनु नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो ।’
उनले आजको बदलिँदो समयमा सूचना संकलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बनेको बताएका छन् । उनले भनेका छन्, ‘लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो। तर आजको बदलिँदो समयमा सूचना संकलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको छ। कतिपय अवस्थामा देखिने असुरक्षा र दबाबका बीच पनि सत्यको पक्षमा उभिनुहुने सञ्चारकर्मी साथीहरूमा हार्दिक सम्मान ! प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाको विरुद्ध होइन, यो त नागरिकको जान्न पाउने अधिकारको रक्षाका लागि हो ।’

प्रतिक्रिया