विगतलाई गालीगलौज गर्नेहरू कृतघ्न हुन्



डा. गोविन्दशरण उपाध्याय ।

इतिहासका सबै थोक खराव हुँदैनन् । हामी जेजस्ता छौँ, आफ्नै इतिहासका कारण छौं । यदि इतिहासलाई सम्मान गर्न छोडियो भने हामीले भविष्यका लागि कोरिएका मार्गचित्रहरू गुमाउँछौँ ।

इतिहास निर्मम हुन्छ । इतिहासका केही विषयवस्तुहरू सम्झिनमात्र पनि योग्य हुँदैनन् । केही विषयवस्तु छोड्यो भने समाज र देशको आत्मा नै रहन । विगतलाई गालीगलौज गर्नेहरू कृतघ्न हुन् । स्वार्थी र कृतघ्नहरूले आफ्नो निजी स्वार्थका लागि इतिहासलाई गालीगलौज गर्छन्, वर्तमानमा समाजलाई उत्तेजित पार्छन् र इतिहासले कोरेका भविष्यका सम्भावनाहरूलाई जरैदेखि नष्ट गर्ने प्रयत्न गर्छन् ।

उनीहरूका लागि विज्ञान, प्रगतिशीलताआदि शब्दहरू सर्वसाधारणलाई भावनात्मक ब्लेकमेलिंगको साधन हुन्छ । सर्वसाधारणले आफू ब्लेकमेलिंगमा परेको अनुभूति गर्दा “पछुताउँ“ वाहेक केही रहन्न । जव सर्वसाधारणहरूलाई “व्यक्ति“मा केन्द्रित बन्ने रोग लाग्छ राजनीति बलियो हुन्छ, राजनीतिका सकारात्मक प्रतिफलहरू सधैंका लागि अन्त्य हुन्छन् ।

अनुभवले भन्छ, आफ्नो इतिहास छोडेर विदेशीहरूको इतिहास वा पात्रतामा विश्वास गर्नेहरूले आफ्नो त गुमाउँछन् नै, विदेशीहरूले पनि विश्वास गर्दैनन् । प्रयोग गर्छन् । आफ्नैसंग विश्वासघात गर्ने वा आफ्नोलाई विश्वास नगर्नेहरू अर्कोका लागि “पात्र“ हुन्छ भन्ने तत्थ्य प्राकृतिक नियम विरुद्ध हो ।

सिद्धान्तहरू सधैं सापेक्षित हुन्छन् तर मानवशास्त्रका नियमहरू समाज–सापेक्ष हुन्छन् । सबै कुराको नक्कल गर्नु हुँदैन । नक्कलीले अहित नै गर्छ । नेपाली समाजलाई नक्कलीहरूले धेरै अहित गरिरहेको छ अहित गरेको भोग्दाभोग्दै, बुझ्दाबुझ्दै नक्कलीकै लागि पूर्वाग्रह गर्नु उचित होइन । समस्या के हो भने नक्कली चिन्तनहरू यतिधेरै संस्थागत भैसके कि हाम्रो मानसिकताले नक्कलीलाई नै सक्कली ठान्न थालिसकेको छ ।

भविष्यको रूपरेखा इतिहासले निर्माण गरेको हुन्छ । वर्तमान त इतिहासकै प्रतिविम्ब हुन्छ । नेपाली इतिहासमा विदेशका परजीवि इतिहासले आक्रमण गरेको छ तर पनि इतिहास जीवित र जीवन्त छ । परजीवि–इतिहासलाई अस्वीकार गर्ने र आफ्नो इतिहासलाई स्वीकार गर्ने हाम्रो आग्रह नै “जरोकिलो“ हो । यो पूर्वाग्रह होइन, भविष्यको लागि बलियो जग हो ।

माटो माटो नै हुन्छ । ढुंगा ढुङ्गा नै हुन्छ । नीतिहरू मानव र विश्वकल्याणका खातिर हुन्छन् । अहिलेको मान्छे स्वार्थी भएको छ किनभने इतिहासका स्वार्थीहरूले स्वार्थवादको संरक्षण गरे । तर विदेशी स्वार्थका वाहक बनेर सुदुर भविष्य नष्ट गर्ने कि आफ्नो जगमा उभिएर भविष्यलाई जीवन्त बनाउने, उन्नत बनाउँने भन्ने निर्णय हामीले आफै गर्नुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ