अफगानिस्तान सवाल र दुनियाँभर छापामार युद्धको प्रवलताबारे जोडिएका केही प्रश्न र उत्तरहरू



केशवप्रसाद भट्टराई ।
१. अफगानिस्तानमा षड्यन्त्र र हत्याको एउटा उदाहरण –
मे २१, २०१६, बिहान ७.०० बजे तिर एकजना पाकिस्तानी पासपोर्ट बोकेका मोहम्मद वाली नाउँका पस्तुनलाई इरान–पाकिस्तान सीमामा पाकिस्तानी अधिकारीहरुले रोके ।
दुई घन्टासम्म उनलाई सीमानामा बन्दी बनाएर राखियो ।
त्यसपछि माथिको आदेश अनुसार उनलाई अघि बढ्न दिइयो ।
बलुचिस्तानको राजधानी क्वेटा पुग्न एक तिहाई दूरी बाँकी हुँदा एक्कासी उनको गाडीमा अमेरिकी ड्रोनबाट प्रहार गरिएको हेल्फाइर मिसाइल प्रहार भयो ।
गाडी र सवार दुवै क्षत विक्षत भए ।

त्यसको दुई दिन पछि हनोईबाट अमेरिकी राष्ट्रपति बाराक ओबामाले तालिबानी नेता मुल्ला अख्तर मुहम्मद मन्सूर मारिएको कुरा पत्रकार सम्मेलनमा घोषणा गरे ।
वास्तवमा हेल्फाइर मिसाइलले हत्या गरिएका माथि उल्लेखित व्यक्ति नै मुल्ला अख्तर मुहम्मद मन्सूर थिए ।
मन्सूरले नै तालिबानका सँस्थापक तथा सर्वशक्तिमान नेता मुल्ला मोहम्मद ओमारको निधनको समाचारलाई लामो समयसम्म प्रचारमा आउन दिएनन् र ओमारको निधन पछि तालिबानको नेतृत्व उनैले गरेका थिए ।
ओमारले नै ओसामा बिन लादेनलाई अफगानिस्तानमा शरण दिएका थिए र लादेनले अमेरिका विरोधी आतंक कारी गतिविधि चलाउन थालेपछि ओमार र लादेनका बीच मतभेद पनि शुरू भएको थियो ।
स्मरणीय छ, ओबामाको कार्यकालको अन्त्यसम्ममा अफगानिस्तानको ६० प्रतिशत भूभागमा तालिबानले नियन्त्रण स्थापना गरिसकेको थियो ।

फेरि मन्सूर कै सवालमा प्रवेश गरौँ ।
मन्सूर र पाकिस्तानी गुप्तचर संगठन आइ.एस.आई. वीच लामो समय देखि मतभेद विकास भैरहेको थियो ।
आइ.एस.आई.ले अफगानिस्तानको तालिबानको नेतृत्व गर्न पाकिस्तानका तर अफगानिस्तानसँग सम्बन्ध राख्ने सिराजुद्दिन हक्कानीलाई मन्सूरको सेकेन्ड म्यान बनाएर तालिबानको नेतृत्वमा स्थापना गर्न चाहन्थ्यो ।
हक्कानीलाई तालिबानको नेतृत्वमा पुर्याउने र उनको हातमा अफगानिस्तानको नेतृत्व पनि सुम्पिने र काश्मिरमा पनि आतंककारी गतिविधिमा तीब्रता ल्याउने र भारतबाट खोस्ने लक्षमा आइ. एस. आई. काम गरिरहेको थिए ।
आइ.एस. आइ.ले मन्सूरलाई अफगानिस्तानका पूर्वाधारहरू ध्वस्त पार्न दवाव दिनुको साथै हक्कानीलाई तालिबानको अफगानिस्तान सरकार र अमेरिकासँगका वार्तामा पनि संलग्न गराउन पनि दवाव दिइरहेको थियो ।
मन्सूर आफूहरूमाथिको पाकिस्तान र आइ.एस.आई.को दवाव कम गर्न, इरानसँग वार्ता गर्न गएका थिए ।
अफगान सरकार र अमेरिकासँग सार्थक वार्ता गर्न खोजिरहेका थिए , त्यसबारे पाकिस्तानको बलुचिस्तानमा तालिवानका सहयोगीहरूसँग वार्ता गर्न आउँदै थिए ।
तर आइ.एस.आई.ले सिआइएलाई मन्सूरको वास्तविक परिचय लुकाएर अफगानिस्तानका अत्यन्त उग्र आतंककारी मोहम्मद वाली पाकिस्तानमा प्रवेश गरेको सूचना दियो ।
सिआइएले मन्सूरलाई मोहम्मद वाली सम्झिएर मिसाइल हान्यो ।

माथिको प्रसङ्ग एउटा उदाहरण हो ।
यसले अफगानिस्तान सम्बन्धी धेरै प्रश्नहरूको उत्तर दिन्छ ।

२. प्रश्न अरू पनि उठ्छन् –
अफगानिस्तानमा सोभियत सङ्घ र अमेरिका किन पराजित भए ?
क्युवामा क्यास्ट्रो नेतृत्वको १५ सय लडाकुले ३५ हजार बाटिस्टा सरकारको सेना किन पराजित भयो ?
भियतनाममा फ्रान्स र अमेरिका जस्ता राष्ट्रहरू किन पराजित भए ?
नेपोलियन स्पेनमा र रूसमा पराजित भए ।
रूसमा नेपोलियनको हारबाट हिटलरले शिक्षा ग्रहण गरेनन् र त्यसरी नै पराजित भए ?
कसरी दुई लाख जति नेपाली सेना र प्रहरीहरूले ५–७ हजार माओवादी लडाकुलाई पराजित गर्न सकेनन् ?
केही हजार तिब्बती बिद्रोहीहरूले किन र कसरी विशाल चीनियाँ लालसेनालाई हरबर खेलाए ?
केही हजार नक्सलीहरू कसरी भारतको सवैभन्दा ठूलो सुरक्षा चुनौती बनेका छन् ?
केही सय अतिवादी र आतंककारीहरू कसरी भारतको काश्मिरमा दशौँ वर्ष देखि चुनौती बनिरहेका छन् ?
३. यो गुरिल्ला युद्धको चरित्र, विशेषता र परिचय हो !

४. राज्यले सुरक्षा दिनुपर्ने हजारौँ नेताहरू हुन्छन् ।
मुलुकभरी फैलिएका राज्यका सरकारी कार्यालयहरू हुन्छन् ।
सुरक्षा अङ्गका मुख्यालयहरू, ब्यारेकहरू हुन्छन् ।
टेलिफोन, बिजुली, खानेपानी,सडक, पुल,जस्ता रणनीतिक महत्वका भौतिक पूर्वाधारहरू हुन्छन् ।
नाका, सीमा, बस्ती र शहरहरूलाई सुरक्षा दिनुपर्ने हुन्छ ।
राज्यका सेना र प्रहरीले सवैलाई सुरक्षा दिँदा राज्यसँग आफ्नो कूल सुरक्षा शक्तिको १०–२० प्रतिशत मात्रै छापामार विरूद्ध परिचालन गर्न सक्दछन् ।
त्यो परिचालन पनि कानुन अनुसार !
राज्यका सुरक्षा अङ्गले कारवाही गर्दा पनि पनि कानुन अनुसार मात्रै गर्नुपर्ने हुन्छ !
मानव अधिकारलाई सम्मान गर्दै अन्तर्राष्ट्रिय समुदाय माझ जिम्मेवार रहेर कारवाही गर्नुपर्ने हुन्छ ।
राज्यको सुरक्षा अङ्ग त जनता सामू विश्वास जगाउन खुलारूपमा हिड्ने गर्दछन् ।

५. तर छापामारको कुनै कार्यालय हुँदैन,
स्थायी संरचना हुँदैन !
भएका संरचनालाई तुरुन्तै ध्वस्त पारेर अर्को ठाउँमा स्थानान्तरण गर्न सक्दछन् ।
एकैचोटी आफ्नो सम्पूर्ण शक्ति पनि परिचालन गर्न सक्दछन् ।
लुकेर प्रहार गर्ने र भाग्ने सुविधा हुन्छ , उनीहरूलाई !
राज्यको कानुन पालना गर्नु पर्दैन ,
अन्तर्राष्ट्रिय समुदाय माझ जिम्मेवार हुनुपर्दैन ।

६. अफगानिस्तान सवालमा एउटा अर्को पक्ष पनि छ ।
गएको जेठमा नै मैले देश संचारमा प्रकाशित लेखमा लेखेको थिएँ कि अफगानिस्तानबाट फर्किने अमेरिकाको रणनीति हो ।
सेना फर्काउने र सीआइएलाई अफगानिस्तान जिम्मा लगाउने ।
आफ्नो रणनीतिक ध्यान अन्य क्षेत्रमा केन्द्रित गर्ने –– खास गरेर पूर्वी चीन र दक्षिण पूर्व एसियामा , युरोपमा र दक्षिण एसियामा ।
सेना ब्यारेकमा रहनु पर्ने, सजिलै छापामारको तारो बन्ने तर गुप्तचरहरूकुन रूपमा हुन्छन् चिन्न सकिन्न ।
बङ्गलादेश युद्धमा र पछि पनि आवश्यकता पर्दा ’रअ’ प्रमुख रामेश्वरनाथ काव भेष बदलेर पान र सुपारी व्यापारी भएर हिँड्थे ।
ठेलामा तरकारी बेचेर हिड्थे ।
भारतमा खालिस्तानी पक्षधरले स्वर्ण मन्दिर कब्जा गरेको बखत अहिलेका भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल स्वर्ण मन्दिर बाहिर फुटपाथमा जुत्ता सिउने र पालिस गर्ने भएर बसेका थिए ।

७. अर्को कुरा, अफगानिस्तानमा अमेरिकाको रणनीतिक सरोकार चीन, पाकिस्तान, इरान र रूससँग सम्बन्धित छ ।
अफगानिस्तानको सुरक्षा र स्थीरताकोलाभ चीन, इरान, रूस र पाकिस्तानलाई हुने तर आर्थिक दायित्व अमेरिकाले बोक्नु पर्ने, सेना मरे अमेरिका र नाटोका मर्ने ।
सुरक्षा अमेरिकाले दिने तर अफगानिस्तानको बहुमूल्य खनिज र अन्य सम्पदा सम्बन्धी दोहन र उपयोग चीन र रूसले गर्ने ।
चीनको बेल्टरोड परियोजनाको सुरक्षा सिञ्जियाङ्गको आन्तरिक असन्तुष्टि व्यवस्थापनमा अफगानिस्तानको सुरक्षा र स्थिरता महत्वपूर्ण हुने तर त्यसको दायित्व अमेरिकाले व्यहोर्नु पर्ने स्थितिबाट अमेरिकाका ट्रम्प र बाइडेन दुवै प्रशासन उम्किन चाहन्थ्यो ।
पन्छिन चाहन्थ्यो ।

८. त्यसैले अमेरिकाले तालिबानीहरूसँग सम्झौता गरेर अफगानिस्तानबाट फर्किएको हो ।
चीन, इरान, पाकिस्तान, टर्की र रूसले नै बेहोरून तालिबानीलाई भन्ने अमेरिकाको मनशाय थियो ।
वीचमा भएका केही ठूला साना क्षतिको पनि पूर्वानुमान नभएको थिएन ।
त्यस्तो क्षतिबाट उठ्ने आन्तरिक असन्तुष्टिमा धेरथोर राजनीति पनि हुने नै भयो ।
वौद्धिक बहस र वुद्धि विलास पनि हुने नै भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजाले बनाएको प्रधानमन्त्री भन्दापनि जनताले चुनेको नेताले नेतृत्व गर्छ भन्ने गणेशमानको सन्देश महत्वपूर्णः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका निम्ति आफ्नो जीवनकालभरि संघर्ष गरेका

पूर्वराजा ज्ञानेन्द्रले बुझ्न नसकेको र चोलेन्द्रले नसिकेको पाठ

सुरेश आचार्य । ‘इतिहास दोहरिन्छ’ भनेको हो रहेछ ! तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनकारी

आज एमालेको पालिकास्तरमा अधिवेशन, ओलीले भर्चुअलरुपमा उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेले आज  देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ ।

प्रधानन्यायाधीशलाई बहिर्गमनको बाटो रोज्न चार पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । चार जना पूर्वप्रधानन्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई राजीनामा दिन सुझाव दिएका छन्