जनताले माया गर्ने नेतृत्व चाहिन्छ, तर दुर्भाग्य…!



केशवप्रसाद भट्टराई ।
१. सिङ्गापुर जहाजमा काम गर्ने गरीव श्रमिकहरूको बस्ती,
न उद्योग धन्दा, न कलकारखाना, न कृषि न खनिज ,
तर एउटै पुस्ताले त्यो गरीव बस्तीलाई संसारको सवैभन्दा समृद्ध मुलुक बनेको देख्यो ।
किन कि त्यहाँ नेता थिए , जनतालाई नेतृत्व दिए ।

२. उत्तर कोरिया र दक्षिण कोरिया विभाजित हुँदा सवै उद्योग, खनिज समृद्ध र कृषियोग्य जमिन उत्तरतर्फ परे , दक्षिण कोरिया रित्तो ।
संसारको गरीव मध्येको राष्ट्र , त्यतिखेर नेपालको जस्तै आय स्थिति ।
आज विश्वको समृद्ध मुलुक ।
कारण दक्षिण कोरियामा नेता थिए , जनतालाई नेतृत्व दिए ।

३. अलि पर जाउँ अफ्रीका –बोत्स्वाना !
१९६६मा जब स्वतन्त्र भयो त्यतिखेर १० –१२ जना स्नातक पढेका !
१० कक्षा उतीर्ण करीब सय जना ,
त्यस्तै १०–१२ किलोमिटर पक्की सडक ।
साधन र स्रोत विहीन , भू परिवेष्टित मुलुक !
एउटै पुस्ताले गरीव र तन्नम बोत्स्वानालाई समृद्ध र सुखी मुलुक बनेको देख्यो ।
नेता भएपछि र जनतालाई नेतृत्व दिएपछि मुलुक त्यस्तो हुँदो रहेछ ।

एउटा उदाहरण –– स्वतन्त्र बोत्स्वानाका प्रथम राष्ट्रपति र त्यहाँको समृद्धिको युगको नेतृत्व गरेका सेरेत्से खमाको निवाश जाने बाटो कच्ची र खाल्टा खुल्टीमय थिए ।
सम्बन्धित मन्त्रीले राष्ट्रपति निवाशकोबाटो पिच गर्ने प्रस्ताव राखे ।
राष्ट्रपतिले सोधे– ’मेरो निवाशको बाटो राष्ट्रिय प्राथमिकतामा पर्दछ ?
कति जना नागरिकको जीवन स्तरमा त्यसले सुधार ल्याउँछ ?
जुन काम गर्दा आम जनताको जीवन–स्तर माथि उठ्छ त्यो मात्रै राष्ट्रको प्राथमिकता बन्नु पर्दछ !’

४. अफ्रिकाको रुवान्ड़ा–– जातीय द्वन्द्वले थिलथिलो भएको मुलुक ।
सन् १९९४मा १०० दिनको अवधिमा करीव नौ लाख जनताको आमहत्या , त्यो कूल जनसँख्याको झन्डै १० प्रतिशत !
अपाङ्ग, घाइते र निर्वाशितको कुरै नगरौँ !
घर –भवन, सडक –पुल उद्योग, खेतीपाती ध्वस्त !
त्यो रवान्डामा आज पुग्ने मानिसहरूले युरोपको कुनै विकसित मुलुकमा पुगेको अनुभव गर्दछन् !
राष्ट्रपति पाउल काग्मेले आफ्नै राष्ट्रपतित्व कालमा हिंसाले जर्जर भएको त्यो मुलुकलाई शान्ति, स्थिरता र समृद्धि सवै दिए ।

५. शेख जायद बिन सुल्तान अल नहायन युनाइटेड अरब इमिरेट्सका राष्ट्रपति थिए ।
१९६६मा पदमा आए ।
२००४ मा उनको निधन भयो ।
त्यहाँका मानिसको जीविकाको साधन भनेको माछा मार्ने मात्रै थियो ।
उस्तै साहशीहरू र समुद्रमा तल तल सम्म पुगेर मोती सङ्कलन गर्ने गर्दथे ।
जलविहीन मरुभूमि !
आगोको मुस्लोमा पसे जस्तो खपिनसक्नुको तातो भूभाग ।
तर तिनै शेख जायद बिन सुल्तान अल नहायनले आफ्नै कार्यकालमा सवैतिर १० लेनको सुन्दर सडक बनाए ।
ठूला ठूला उद्योग, कल कारखाना, व्यापारिक प्रतिष्ठान, विश्व स्तरका स्कूल, कलेज, अस्पताल,भवन, पार्क, हरिया बन क्षेत्र, फलफूलले त्यही मरुभूमिलाई भरिपूर्ण बनाए ।
जनताको जीवन स्तरलाई आकाशमा पुर्याए ।
विश्वको सवैभन्दा समृद्ध तीन मुलुकमा गणना हुन्छ –युएई !
अझ दुबईमा तेलको आय भनेको शून्य जस्तै ।
नेतृत्वको सिर्जनात्मक सोच, जनताप्रतिको निष्ठा , प्रतिवद्धता र जनताको पुरुषार्थले दुबई खडा भयो ।

६. संयोगले, दुर्घटनाका कारण प्रधानमन्त्री हुन पुगेका पी.भी. नरसिंह रावले एकाध महिना भित्रै टाट उल्टिन लागेको भारतलाई आर्थिक समृद्धिको युगमा प्रवेश गराए ।
गरीवी, अनिकाल, रोग र अभावको पर्याय जस्तै बनेको माओको चीनलाई यौटै देङ्ग सियाओ पेङ्गले नयाँ जीवन र शक्ति प्रदान गरिदिए ।
क्षत विक्षत, आर्थिक , राजनीतिक र सामाजिक रूपमा लथालिङ्ग र भविष्य हराएको रूसलाई यौटै पुटिनले पुनः गौरव, शक्ति र सामर्थ्य प्रदान गरेर प्रमुख विश्व शक्तिको रूपमा स्थापना गरे ।

७. वेलायत र नेपालको इतिहास एकैसाथ जस्तो शुरू हुन्छ ।
नेपालको एकीकरण पछि स्वतन्त्र अस्तित्वमा आएको हो अमेरिका ।
नेपाल, बेलायत, अमेरिका सवै कृषि युगमै थिए –त्यतिखेर !
विकास र आय स्थितिमा त्यत्रो ठूलो अन्तर थिएन ।
नेपालले सभ्यता , संस्कृति र आर्थिक समृद्घीको युगमा प्रवेश गरिसक्दा आजका विश्वका समृद्ध नर्वे, डेनमार्क जस्ता युरोपियन राष्ट्रहरू जंगल र गुफा युगमै थिए ।
विश्वभर साम्राज्य कायम गरेको ब्रिटिस शासन र महा चीनसँग युद्ध गर्ने सामर्थ्य राख्ने मुलुक थियो नेपाल !
उनीहरूले जनतालाई आधुनिक शिक्षा र ज्ञान –विज्ञानको युगमा प्रवेश गराए ।
स्कूल, कलेज र विश्व विद्यालयहरू खोले ।
अझ अमेरिकीहरूले त मुलुक स्वतन्त्र गराउनु भन्दा धेरै अघि विश्वविद्यालयहरू स्थापना गरिसकेका थिए ।
ब्रिटेनले नागरिक स्वतन्त्रता र प्रजातन्त्रको लडाई लड्नु भन्दा धेरै अघि विश्वविद्यालयहरू स्थापना गरिसकेका थिए ।
प्रजातन्त्र, नागरिक स्वतन्त्रता बुझ्नु भन्दा पहिला शिक्षा बुझे।
बेलायत, अमेरिका आदि मुलुकले पहिला विश्वविद्यालयहरू स्थापना गरे अनि मात्रै दल खोले ।

८. हामीले पहिला दल बनायौँ , अनि विश्वविद्यालयहरू स्थापना गर्यौं ।
पहिला दल सिकायौँ , दलका शिक्षक बनायौँ, दलका विद्यार्थी बनायौँ, दलका राष्ट्र सेवक कर्मचारी र हुँदा हुँदा न्यायाधीशहरू पनि दल कै बनाउने भयौँ !
दलहरूलाई विश्वविद्यालयका स्वामी बनायौँ, मालिक बनायौँ ।
दलहरूलाई ज्ञान, विज्ञान, प्रविधि र शीप , उद्योग –व्यापार, अर्थतन्त्र र समृद्धि र राष्ट्र भन्दा माथि राख्यौँ !
तिनै स्कूल, कलेज र विश्व विद्यालयहरूले बेलायत , अमेरिका, फ्रान्स, जर्मनी आदि मुलुकलाई औद्योगिक युगमा प्रवेश गराए ।
मुलुकलाई अथाह समृद्धिको युगमा प्रवेश गराए ।
हाम्राले ? भनिरहन नै परेन ।
स्मरण रहोस कुनै समय संयुक्त राज्य अमेरिका भन्दा शक्तिशाली र सम्पन्न मुलुक थियो अर्जेन्टिना !
भारत र चीन अमेरिका र बेलायत भन्दा समृद्ध थिए ।

९. दोस्रो विश्व युद्धमा ध्वस्त भएको थियो जापान !
त्यतिखेर जापान औद्योगिक राष्ट्र थिएन, कृषि प्रधान नै थियो ।
युद्धले सखाप बनाइदियो ।
१९५३ मा जापानले विश्व बैंकसँग ३१ ठूला परियोजनाका लागि आठ सय ६३ मिलियन डलर ऋण लियो ।
सरकार इमान्दार थियो, देशभक्त थियो !
असाधारण सफलताका साथ परियोजना सफल बनायो ।
१९६६मा अन्तिम ऋण लियो ।
उस्तै सफलता आर्जन गर्यो ।
त्यसपछि जापान आफैँ विश्व बैंक जस्ता वित्तिय सँस्थालाई नै ऋण दिने हैसियतमा पुग्यो ।
१९७०मा अमेरिका पछिको दोस्रो ठूलो अर्थतन्त्र बन्यो ।
२०१० तिर आएर मात्रै चीनले ठूलो अर्थतन्त्रको रूपमा जित्यो तर जनताको जीवनस्तरको सवालमा जापान विकसित राष्ट्र हो र चीन विकासोन्मुख नै !
दक्षिण कोरिया, ताइवान, मलेसिया, सिङ्गापुर, थाईल्याण्ड त्यसैगरी उठे ।

१०. देशको मूख्य साधन, स्रोत, पूँजी, सम्पत्ति, पूर्वाधार, शिक्षा, शिक्षक भनेकै नेतृत्व हो ।
राष्ट्र र जनताको शक्ति भनेकै नेतृत्व हो ।
जुन मुलुकसँग नेतृत्व छ, त्यो मुलुकसँग सवै छ ।
जहाँ नेतृत्व छैन, त्यहाँ सवैथोक भएर पनि केही हुँदैन ।
नेता र नेतृत्व भए बोत्स्वाना, बेलायत, जापान, नर्वे, दक्षिण कोरिया, युएईहरू बनाउँछन् ।
नभए देश ––अफगानिस्तान, उत्तर कोरिया नेपाल, कङ्गो, नाइजेरिया हुन्छ ।
स्मरण रहोस, कङ्गो र नाइजेरियामा उपलव्ध साधन र स्रोतले सिङ्गो अफ्रिकालाई पाल्दछ ।
नेपालको कर्णाली, लुम्बिनी , गण्डकी वा एक नम्बर प्रदेश मध्ये कुनै यौटै प्रदेशले सिङ्गो नेपाललाई पाल्दछ, समृद्धि दिन सक्दछ ।
तर त्यसकोलागि नेतृत्व चाहिन्छ !
सङ्क्षेपमा भन्दा मुलुकलाई माया गर्ने, जनतालाई माया गर्ने, भावी पुस्तालाई माया गर्ने नेतृत्व चाहिन्छ ।
मुलुकको इतिहास, धर्म,परम्परा र संस्कृतिलाई माया गर्ने नेतृत्व चाहिन्छ ।
मुलुकका खोला–नाला, पाखा, पर्वत, जीव वनष्पति र पर्यावरणलाई माया गर्ने नेतृत्व चाहिन्छ ।
जनताले माया गर्ने नेतृत्व चाहिन्छ ।
तर दुर्भाग्य ‘‘‘ !!!

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री

मानव अधिकार आयोगको सचिवमा खरेल नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय