के गरीबका रगत सुकाएर यस्ता महंङ्गा गाडी चढ्न नैतिकताले दिन्छ ?



डा. युवराज संग्रौला ।
नेपालको प्रतिव्यक्ति आय ११०० डलर पुग्यो भनी लेखिएक प्रतिवेदन जम्मा गर्ने हो, कागजको त्यत्रो थुप्रो लाग्ने छ जसको उत्पादन गर्न एउटा सानो जंगल नै काट्नु पर्छ। यस्ता तंथ्याकको खेती त्यस्ता देशमा हुन्छ धेरै, जहाँ राजनीति र प्रशासनतन्त्र जनताप्रति कतै उत्तरदायी हुँंदैन । लुम्बिनीमा गरिएको एउटा लघु सर्भेक्षणले ५१ प्रतिशत जमिन बाँझो रहेको देखाउँछ। कसरी बढ्यो त गरीबको आय, त्यसो हो भने।

वित्तीय अनुसन्धान संस्थाहरु नेपालमा तलका २० प्रतिशत जनताको समान किन्ने क्षमता ( पिपिपि) वार्षिक १८ हजार देखाउँछन्, र त्यसमाथिको अर्को बीस प्रतिशतको पनि अलिकति मात्रै बढी छ। वार्षिक १८००० भनेको मासिक १,५०० हो।त्यो भनेको दिनको ५० रुपैयाँ मात्र हो। के कहिल्यै अनुमान गर्नु भएको छ ५० रुपैयाँले एउटा गरीब कसरी बाँच्छ ? अनि त्यसो हो भने कसरी हरेक नेपालीको बार्षीक आम्दानी ११०० डलर पुग्यो त? बिगत २० वर्षमा राष्ट्रको सबै आम्दानी माथिल्लो १० प्रतिशत (यथार्थमा २ देखि ५ प्रतिशत) मा सोरिएको छ।

यसको तात्पर्य हो ८० प्रतिशत जनता गरीबीको रेखामुनी छन् । अनि कसरी भयो त सबै नेपालीको वार्षिक आम्दानी ११०० डलर ? खाद्यान्न उत्पादन तल्लो तहमा झरेबाट २०२० मा ३०० अर्बको खाद्यान्न नेपाल आयो । व्यापार घाटा ७० प्रतिशतको अनुपातमा छ। कसरी पुग्यो त सबै नेपालीको वार्षिक आय ११०० डलर । ६ खर्बको बेरुजु, ५ खर्ब भारत पलायन, देशको कुल बजेट ५० प्रतिशत भन्दा बढी चालू खर्च ।

कहाँबाट आउँछ यो खर्च ? गरीब ८० प्रतिशतले लिएको ज्यालामा काटेको कर, शिक्षक, पुलिस, सेना, निजामती कर्मचारी, साना व्यापारी, किसान र विदेशमा काम गर्नेले रगत सुकाएर पठाएको रेमिटेन्समा लगाएको कर । धनी आम्दानीको मुनाफामा कर तिर्छ, तर गरीब छ महिना खोले खान पनि नपुग्ने बारीको पनि कर तिर्छ । धनी सुविधामा कर तिर्छन् र गरीब बाँच्न कर तिर्छन् ? के गरे बिगत ६० बर्षमा पञ्चायत, काङ्ग्रेस र कम्युनिष्टले ?
१. यदि त्यसो हो भने किन बर्सेनि सरकारका अर्बौंका विदेशी महङ्गा गाडी किन्छ ? यो वर्ष सात प्रदेशले मात्र एभ्रेजमा एक एक अर्बका २/३ करोडका गाडी किनेछन् । के गरीबका रगत सुकाएर यस्ता महंङ्गा गाडी चढ्न नैतिकताले दिन्छ ? के कुनै कम्युनिष्ट नेता र मन्त्री छ जसले मैले अनैतिक काम गरें भन्न सक्छ ?

२. म दिनमा ६ घण्टा पढाउँछु । ३४ वर्ष भयो पढाएको । मैले पिएचडी गरेको छु । मैले खाने तलब ५० हजार जति हुन्छ त्यही पनि कर तिर्नु पर्छ । त्यसो भए कहिले कहिले संसद जाने, आफ्नै पार्टीका काम र हरेक दिन गुटबन्दी र षड्यन्त्रमा तल्लिन माननीयको तलब किन एकलाख भन्दा बढी ? के गर्नु भएको छ गरीबको आम्दानी बढाउन ? के तपाईंलाई निन्द्रा लाग्छ ? देशका लागि केही गरेको भए त ठिकै छ भन्नू । तर मलाई बताइदिनुहोस् त गाईको रगत चुसिरहेको किर्नाले ठिकै गर्यो भनेर के तर्क दिने होला ?

३.करीब तीन अर्ब रुपैयाँ स्थानीय तहका शासकले खानु नुहुने भत्ता खाएर, आफ्नो घरका लागि खाट, अफूलाई लुगा, भोज भ्रमण गरेर सकेछन् । भन्नुहोस् त गरीबले कोरोना लाग्दा कति सहयोग पाए ?

४. तीज मनाउँदा हुन्छ, गाईजात्रा मनाउँदा हुन्छ, जुलुस निकाल्दा हुन्छ, सभा गर्दा हुन्छ। तर विद्यार्थीले कलेज जान किन नहुने ? किन विद्यार्थीको परीक्षा हुंदैन ? के नेपालमा विद्यार्थी नबसुन, देशप्रति निराशा होस् ताकी विदेश पठाउने धन्दा चलोस् भनेर होइन ?

५. एउटा न्यायाधीशले सरदर ५० वटा मुद्दा छिन्दो रहेछ । वार्षिक तलब भत्ता, संचयकोष आदि गर्दा १२ लाख न्युनतम लिँदोरहेछ । २५ लाखको गाडी लगायतको खर्च जोड्दा मुद्दाको दाम लगभग १ लाख हुँदो रहेछ । किन गरीबले भात नपाउने न्यायाधीश र कर्मचारीले गाडी पाउने ? के यो समाज नै सामन्ती समाज होइन ?

६. मेलम्ची कसका सल्लाहले बनाइयो ? किन त्यसको शिरको अध्ययन भएन ? त्यो अर्बौंको नोक्सानी अब कसले तिर्ने ? जनताले त्यो ऋृण किन बोक्ने ? त्योसँग सम्बन्धित नेता र कर्मचारीले तिर्नु पर्दैन ?

अब यी प्रश्नको उत्तर नेपाली जनताले राजनीति दलहरुसँग सोध्नु पर्छ। चुनावमा जांदै हुनुहुन्छ। तर जनताले यी प्रश्न सोधपुछ गर्ने छन् । ईन्टरनेटले जोड्यो सबैलाई । यसपटक प्रत्यक निर्वाचन क्षेत्रमा जुम पुग्छ भन्ने पार्टीहरुलाई थाहा छ ? अब मार्ग बदल्नु वा डीटुर गर्नुको उपाय छैन। नागरिकहरुले निन्द्राबाट उठ्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेढ किलो सुन र डेढ करोड नगदसहित काठमाडौंबाट सात जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट एक किलो सातसय ग्राम सुनसहित सात जनालाई पक्राउ गरेको

इलाममा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा

इलाम । शनिबार हुने इलाम २ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना