युवा नेता सबै नेपालका आधुनिक विश्वविद्यालयका उत्पादन हो नि, होइन र ?



डा. युवराज संग्रौला ।
नेपाली समाजको राजनीतिक मनोवृत्ति भ्रष्ट भएको छ । जुनसुकै समाजमा त्यहाँका मानिसको सामाजिक मनोवृत्तिको निर्माण तत्काल छोटो समयमा भएको हुँदैन। समयको लामो शृङ्खलाले त्यस्तो मनोवृत्तिको निर्माण गर्छन् । राजनीति, अर्थतन्त्र र शिक्षाका ढाँचा एवं परिणामले मानिसका मनोवृत्तिहरुलाई सकारात्मक र नकारात्मक बनाउने गर्दछन् । राणा शासनको सुरुवातलाई एउटा बिन्दु मानेर नेपाली मनोवृत्तिहरुको अध्यन गर्ने हो भने नेपाली समाजमा बर्तमान समयमा देखिएका अउत्पादनशील राजनीति मनोवृत्ति लगायत चरम अवसरवादी, नकारात्मक तथा विघटनमा रुचाउने एवम् पीडापरक बोली र कामकामकारबाहीका कारणहरुमा

१. राणाकालमा मौलाएकोको चरम भ्रस्टाचार र सामन्ती मनोवृत्ति भत्काएर नयाँ आधुनिक समाजको निर्माण गर्ने श्रम, लगानी र आविष्कारलाई सम्मान गर्ने शिक्षाको विकास गर्न असफल हुनुलाई सबै कारणको मातृकारण मान्न सकिन्छ ।

२. नेपालमा राजनीति परिवर्तन भयो तर राणा शासन ताका विकास भएको जनताले उद्यममा गरेको लगानी देख्न नसक्ने, गरीबले जीवनलाई उन्नत बनाएको देख्न नसक्ने, अनेक बहानामा कर उठाएर सभ्रान्तले मोजमस्ती गर्ने, र कमाएर होइन ढाँटेर सम्पत्ति कमाउने राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रको प्रवृत्तिमा परिवर्तन आएन । ठूला नेताहरू राणा प्रधानमन्त्री बन्न खोज्ने र उनीहरुको अनुयायीहरु सिद्धांत होइन चाकरी गरेर वा पुच्छर बोकेर नेता बन्ने प्रवृत्ति गएन । यस्ता प्रवृत्तिलाई फ्याँकेर देशभक्ति, उत्पादन र सामाजिक सद्भाव निर्माण गर्ने शिक्षाको अभावले जन्माएको मनोवृत्ति नै आज नेपाली समाजले राजनीति लगायत सबै क्षेत्रमा भोगेको समस्याको मूल कारण हो।
३. हामिले पाइरहेको शिक्षाले कस्ता मनोवृत्ति हामीमा निर्माण गरेको छ,

क. किसानको अपमान गर्ने, मजदुरको अपमान गर्ने, श्रम गर्नेलाई हेप्ने, भाग्यवादका कुरा गर्नेलाई सम्मान गर्ने। स्कुल बनाउन चन्दा नदिने तर मन्दिर बनाउन चन्दा दिने । उत्पादनमा नलाग्ने र जागिर खोज्ने । घरको खेत बाँझो राख्ने र अरब जाने । आविस्कार गर्न सिकाउने महावीर पुनलाई लखेटेर सांसदलाई दस करोड घुस खानका लागि बजेट दिने । नेपाली शिक्षाले मालिक, नाइके, सरदार, माफिया, डन, र मुस्तन्डलाई समाजले सम्मान गर्ने संस्कृति निर्माण गरेको छ भन्ने कुरामा विवाद छ ?

ख. नेपालमा उन्मूलन हुने अवस्थामा पुगेका धेरै कुरा मध्ये एउटा हो विवेक र बौद्धिक औचित्यतामा आधारित दृष्टिकोण । अङ्ग्रेजीमा यसलाई इरेसनालिटी भनिन्छ । जतिसुकै ढाँटे पनि हुन्छ, अत। मानिसलाई भ्रमित गर्न सक्नुलाइ नेताको योग्यता मानिन्छ। त्यसैले, झुठो बोलेर जित्नेलाई नेता भन्नू पर्छ भन्ने मानसिकता नेपालीमा मौलाएको छ, त्यो हाम्रो विदेशी परामर्शदाताले बनाइदिएको शिक्षाको फल हो ।

अहिलेको राजनीतिक बितन्डा यसैको परिणाम हो। हामी युवा नेताले देश बनाउँछन् भन्दै “कांग्रेस र कम्युनिस्ट“ भन्दै बस्यौं । काग्रेस र कम्युनिस्ट पार्टी त गुप्त (क्यामोफ्लज्ड) सामन्तवाद र विकारयुक्त सोच (इरेसानलिटी)का रोगले ग्रस्त रहेछन् । नेपालमा त मार्क्सवाद लेनिनवाद र माओवादलाई पनि परास्त गर्ने शिक्षा रहेछ त । अहिले खुब आश गरिएको काङ्ग्रेस र कम्युनिस्ट युवा नेता भनिएकाहरुको विपी, गणेशमान पुपपलाल, मनमोहन आदिसँग तुलना गर्नुहोस् त को नैतिक देखिन्छ । युवानेता सबै नेपालका आधुनिक विश्वविद्यालयका उत्पादन हो नि, होइन र ?

नेताहरू नाईके । राज्यका सबैकुरा उहाँहरुकै सेवामा । उहाँहरु मुली सबैका । अब त मुख्यमन्त्री पनि बा हुनुभयो । यस हिसाबले अब वीपी र पुपपलाललाई हजुरबा भन्नू पर्ने भयो। तर समस्यामा अहिले अंकलहरु पर्नु भयो । उचालेर माधव र झलनाथलाई फ्याँकिदिनु भयो र आफूहरु पुरानै घरमा बस्ने भन्नू भयो। उहाँहरुले हिजो केपीलाई सरापेको ठिक कि आज माधव र झलनाथलाइ किक हानेको ठिक? जब राजनीतिमा विवेक मर्छ, त्यसले विचार होइन ब्रान्डलाई बोक्छ। नेपालमा राजनीति पार्टी रुख, सूर्य र हँसिया हतौडा पार्टी भए । सत्ता र पद राजनीतिको अभिस्ट भयो। कथित युवा यसमा झन् बढी लोभी रहेछन् । उनीहरुका विचार त केबल देखाउने जलपमात्र रहेछन् । पदकालागी नबेच्ने त केही रहेनछ । यो रुपान्तरण हाम्रो बिकृत मनोवृत्तिको परिणाम हो जुन हाम्रो शिक्षामा फलेको हो। त्यसैले नेपाललाई बदल्ने हो भने अब विचारको क्रान्ति आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

डेढ किलो सुन र डेढ करोड नगदसहित काठमाडौंबाट सात जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट एक किलो सातसय ग्राम सुनसहित सात जनालाई पक्राउ गरेको

इलाममा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा

इलाम । शनिबार हुने इलाम २ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने