रास्वपाको सचिवालय बैठक बस्दै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो । बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखाकासम्बन्धमा छलफल हुने बताइएको छ ।

यस्तै, बैठकमा महाधिवेशन कार्यविधि र संसदीय दलको विधान संशोधन तथा अन्य विविध विषयहरूमा छलफल गरिने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।