एकतामा खटिएका साथीहरू समीक्षा गर्नुहोस् तपाईँहरु किन असफल ?



डा. युवराज संग्रौला ।

राजनीति सिर्जनात्मक, परिबर्तनकामी, र जनपक्षीय भयो भने पार्टी भित्र विवाद हुँदैनन् । उदारवादी, प्रजातान्त्रिक समाजवादी, तथा समाजबादी (कम्युनिस्ट मेनिफेस्टो मान्ने) जुनसुकै पार्टीमा, पार्टीका निर्माता अगुवालाइ आम कार्यकर्ता तथा जनताले निसन्देह प्रमुख नेता स्वीकार गरेका उदाहरण छन् । चीनमा कम्युनिस्ट पार्टीले माओको नेतृत्व स्वीकार गर्यो, कारण उनको रणनीति अनुरुपनै पार्टीले विजय हासिल गर्यो । नेपालमा बिपी कोइरालाले दुःखले नेपाली काङ्ग्रेस निर्माण गरे, राणा बिरोधि क्रान्तिमा विचार निर्माण गर्नेदेखि हतियारको ब्यबस्थापन सम्म बिपीले गरे । त्यसैले नेपाली काङ्ग्रेसमा बिपीलाई निसन्देह नेता माने जनता र कार्यकर्ताले । स्विडेनमा ओलाफ पाल्मेले काल्याणकारी शासनको जग निर्माण गरे । उनको हत्या गरियो तापनि स्वीडिस जनता उनलाई नेता मान्छन् । नेपालमा रसियन प्रभुत्वाद र क्रान्ति प्रतिको स्टालिनको अवसरवादी नेतृत्वले पुष्पलाल माथी शैलन्द्र उपाध्याय, रायामाझी जस्ता अवसरवादीले द्रोह गरे र क्रान्तिकारी पार्टी निर्माण गर्न अबरोध गरे, तरपनि आज पुष्पलाल स्विकार्य वामपन्थी नेताका रुपमा मानिन्छन् । राजा महेन्द्रले अप्ठ्यारो समयमा नेपाललाई जोगाए, त्यसैले रास्ट्रवाद र नेपालको हीतका सम्बन्धमा जनताले स्विकारेका राजा हुन् । अर्थात् नेता बन्न विचार, रणनीति र राष्ट्रप्रति आगाध आस्था र जनताप्रति गहिरो प्रेम चाहिन्छ ।

१. प्राविधिक कारणले उतराधिकारित्वमा प्राप्त नेताले, मौलिक विचारक, संगठक, र स्विकार्य नेता हुन खोज्दा गल्ती गर्छ । नेपालमा अहिले देखिएको समस्या यही हो । सत्तामा पुग्न सफल कम्युनिस्ट पार्टीमा प्रचण्ड, ओली, माधव, वामदेव, सीपी कोही पनि मौलिक विचारक नेता होइनन् । संगठक तथा प्रशासक नेता हुन् । विचारप्रति आस्था, देशप्रति इमान्दारीता र जनताप्रति जिम्मेवार हुन सकेमा यस्ता नेताले पनि राम्रोसँग देशको सुरक्षा र जनताको समृद्धि सुनिश्चित गर्न सक्छन् । भारतमा ज्योति बासुले देखाएकै छन् । तर नेपालमा यिनै कुरामा वामपन्थी नेताले ठूलो गल्ती गरे ।

२. जतिसुकै जसजसले गफ लगाएपनि नेपालमा बिचार र विवेकको ख्याल नगर्ने जत्था बाहेक बांपन्थी बिचारप्रति आस्था राख्ने जनता आज “मास डीप्रेसन“ आम अउत्साह र ग्लानीका शिकार भएका छन् । म आज एक स्वतन्त्र व्यक्तिका रुपमा समाजवादको समर्थकका रुपमा कम्युनिस्टहरुका गल्तीको विवेचना गरिरहेको छु । धेरैको अवस्था मेरो जस्तै हो। दुई तिहाइको सरकारले जनताको आकांक्षा पूरा गर्न नसकेकै हो, र पूर्वप्रधानमन्त्री ओलीले आफ्नो कार्याकालको एक्लै बसेर समीक्षा गर्नै पर्छ। म जस्ता थुप्रै बुद्धिजीवीहरु शिक्षाको सुधारमा कुनै पद नमागी सहयोग गर्न चाहन्थ्यौं । सरकार बनेको तीन महिनातिरको कुरा हो एउटा गम्भीर समस्याका बारेमा मलाई बोलाएको थियो। मैले २ घण्टा कुरा राखें । उहाँलाई सल्लाह दिएँ । हामीलाई पद दिनु पर्दैन, रास्ट्रप्रति जिम्मेवार महसुश गर्ने मानिस हौं भनें । उहाँ खुसी हुनु भयो। मलाई एउटा छोटो सटिक प्रतिवेदन बनाउन भन्नू भयो । मैले बनाएँ, दुई दिनमा । उहाँले सचिवालयका मानिसलाई भन्नु भयो “उहाँ फोन गर्ने बितिकै मलाइ दिनुहोला।“ मैले काम सकेर पटक, पटक फोन गरें । मेरो फोन सेभ गरिएको थियो । तर फोन कहिल्यै उठेन । कतैबाट सम्पर्क गर्न सकिन। उहाँको पुरै कार्यकालमा बालुवाटार छिर्न पाइएन । म मात्र होइन धेरै राम्रा र असल बुद्धिजीवी यसै भन्नू हुन्छ । रास्ट्रपतिले बोलाउनु भयो । यही कुरा भनेको थिएँ । कसको गल्ती भयो ? पूर्वप्रधानमन्त्रीको वा उहाँलाई खोपीमा राखेर फाइदा लिनेको ? त्यो त उहाँले अहिले समीक्षा गर्ने हो। मलाई के लाग्छ भने एउटा नेताले हजारौं बौद्धिक र विज्ञको सहयोगले देश हाँक्छ। एक्लै सम्भव हुँदैन ।

३. खासगरी संविधानको कार्यन्वयनमा गम्भीर त्रुटीहरु भए। एमालेले आजसम्म गरेका गल्ती कानुनका बारेमानै छन् । मनमोहन अधिकारीलाई संसद विघछन गर्न लागाइयो। यो गल्ती थियो। आफैंले बनाएको संविधानको रक्षा गर्नु पर्थ्यो। प्र.म. कोइरालाको गलत नजीर समातेर संसद विघटन मात्र गरिएन संसद पुनःस्थापना हुँदैन भन्नेमा पुरै नेतृत्व विश्वस्त थियो। मलाई चार दिन अगाडी नै एकजाना कर्मचारीले पुनःस्थापना हुन्छ भनेर बताएका थिए। मास्टर हुनुका केही फाइदा पनि छन् । मैले त्यो कुरा एक जना जिम्मेवार नेतालाई बतांए । पछि मलाई त्यो मानिस चिनाउन दवाब मात्र होइन धंम्की दिइयो। झुट्ठो कुरा गरेको भनेर पक्रिने कुरा पनि गरियो । मैले घर छोडेर बस्नु पर्यो। संविधानका गल्ती पटक पटक दोहोरिए।

४.पार्टी फुटाउन सजिलो पार्ने अध्यादेश ल्याउने सल्लाह कसले दिएको थियो पूर्वप्रधानमन्त्रीलाई ? मैले त लेखें यो अर्को राजनीतिक बुमर्याङ्ग हुनेछ कम्युनिस्ट सरकारलाई । त्यसैले रिस फेर्न होला “ म काठमाडौंमै नभएको मानिसलाई राष्ट्रपतिलाई महाअभियोग लगाउने सल्लाह दियो प्रचण्डलाई भेटेर“ भनेर अनलाइनमा लेखाइयो। अहिले देखिंदैछ त्यसको परिणाम के आयो ! अर्को अध्यादेश । संसदलाई समाप्त गरेर लोकतन्त्र जोगाउन सकिन्न । हामीले त गल्ती भएको हुँदा फिर्ता गर्यौं भन्नू हुन्छ । हो गर्नु भो तर राष्ट्रपतिका हात बाँधिदिनु भो र त्यो पदको गरिमा गिराउनु भयो। कानुनी त्रुटि सच्याउन सकिन्छ, तर नैतिक गल्ती सच्याउन सकिन्न। यी दुई अध्यादेशले लोकतन्त्रलाई कोमामा पुर्याए ।

५. नेपालको राजनीतिमा एउटा बिषाक्त सिद्धान्तको सुत्रपात भएको छ । त्यो हो “राजनीति अवसरको खेल हो।“ राजनीतिको लक्ष सत्ता हो। यही सिद्धान्तले वामपन्थी आन्दोलन बिचारधाराहीन भयो। बिचारधाराहिन वामपन्थी आन्दोलन दक्षिणपन्थी अवसरमा रुपान्तरित हुन्छ। दक्षिणपन्थी अवसरवादले अनैतिक सवै किसिममा काम गर्न प्रेरित गर्छ । अहिलेको समस्या यहि हो। पार्टी फुट्ने अवस्थामा छ। एकखालका मानिस एकताको पक्षमा दौड्धुप गरेका छन् । तर उनीहरुमा विचारधारा र पार्टीको प्रेम होइन, अब उमेर ढल्किन लागेका बेला कसरी अहिलेको पद कायम राख्ने हो भन्ने चाहना मात्र हो। उहाँहरु न नेपालप्रति न ओलीप्रति इमान्दार हुनुहुन्छ। जता मल्कु त्यतै धल्कु मात्र हो।

. पार्टी फुटाउने कुरा असल र राम्रो हुनै सक्तैन। तर गल्ती एकातिर मात्र हुँदैन। झगडामा एउटाको कार्यले एउटा परिणाम निकाल्छ, अनि त्यो परिणाम कारण भएर अर्को परिणाम निकाल्छ। फुट्नेहरुलाई आस्वस्त पो पार्नुपर्ने होला तर जुन किसिममा गाली बर्सीरहेका देखिन्छन् तिनले त फुट्नै बल पुर्यांछन् होला नि। यी सब कुरा म किन लेख्दै छु थाह छैन। तर नेपालमा लोकतन्त्र बाँचोस भन्ने अभिलाषा हो। गाली गर्नेको धुइरो हुनेछ। मैले भनेको छु, म स्वतन्त्र बुद्धिजीवी हुँ उहाँहरुको राजनीतिमा मलाइ कुनै सरोकार छैन।

७. नेपाल समुहले फुटेको घोषणा गरेको जस्तो लाग्यो । के हुन्छ ? उहाँहरुले बिचारधारालाई स्थापित गर्न सक्नु भयो, देशको आर्थिक समृद्धिको खाका प्रस्तुत गर्न सक्नु भयो, वामपन्थी अनुसाशन निर्माण गर्न सक्नु भयो, उहाँहरुका विद्यार्थीलाई कलेज कलेजमा गई धम्काएर चन्दा असुल्न रोक्नु भयो, युवाहरुलाई माफियातन्त्रबाट रोक्नु भयो भने, भविष्यमा उदाउनु होला । यो अवसर हो उहाँहरुलाई । ओली पक्षले आफूलाई जनताको पक्षमा उभ्यायो, संसदको शक्तिलाई रास्ट्रको पक्षमा उभ्यायो, अभद्र र उदन्डतालाइ निषेध गरेर अनुशासन कायम गर्यो भने यो अर्को निर्वाचनमा फेरि उभिन सक्छ। यो उसको लागि अवसर हो। अहिले हालत दुबैलाई गाह्रो छ।

दुबैले बुझेर आगाडी बढ्नु राम्रो होला। एकता फेरि पनि हुन सक्छ। तर अहिले ठूलो भनिएकामा फरक विचार राख्नेलाई समाप्त गर्ने भाषामा कुनै अंकुश देखिन्न । हिजो काङ्ग्रेस फुटेर जोडियो। हिजो एमाले फुटेर जोडिएको हो। तर काङ्ग्रेसमा गालीगलौज कम थियो। तर कम्युनिस्टमा चै गाली गरेर महान हुने रोग छ। हामीलाई तपाईंहरुको सत्ताबाट लिनुदिनु छैन। देशको एउटा नागरिकका रुपमा बँंच्न दिनुहोस् ।

असल कामका लागि सहयोग चाहियो भने भन्नुहोस् सहयोग गर्न मिल्ने राष्ट्रको हीतमा हुने काममा सहयोग हुनेछ। बाँकी आफैंबुझ्नु होस् । तपाइँहरु आगोको भुङ्ग्रोमा हुनुहुन्छ। देशमा वामपन्थी शक्तिको बिनाश गर्ने ताकत पनि सानो छैन । एकतामा खटिएका साथीहरू समीक्षा गर्नुहोस् तपाईंहरु किन असफल ? तपाईंहरु वामपन्थी शक्ति जोगाउन होइन, आफ्नो स्वार्थको लागि बढी केन्द्रित हुनुहुन्थ्यो । सबैभन्दा ठूलो चुनौती तपाइँहरुलाई छ । नरिसाउनु होला। हिम्मत गरेर बोल्नेका मनमा आग्रह र पूर्वाग्रह हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किताव र पूर्वाग्रह

डा. गोविन्दशरण उपाध्याय । कितावहरू अनुभव र स्मृतिको अक्षरीय रुपान्तरण हुन् । अक्षता

मध्यपुर थिमिमा मनाइने भुईफसी जात्रा(फोटोफिचर)

हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर थिमिमा मनाइने भुईफसी (कुभिण्डो) जात्रासँगै खाःपिहावईगु जात्रा

ब्रिटिश सांसदको छुरी हानी हत्या

ब्रिटेनका सांसद सर डेभिड एमेसको शुक्रवार छुरी हानी हत्या गरिएको छ । घटनालाई

राष्ट्रिय फुटबल टिमले माल्दिभ्समा यसरी मनायो दशैं(फोटो फिचर)

काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा सबैले आफन्त र परिवारसँग मनाइरहेका बेला