फ्राइडको मनलाई समर्थन गर्ने मन हाम्रो समाजमा छैन



डा. गोविन्दशरण उपाध्याय ।
प्रसिद्ध मनोबैज्ञानिक र चिकित्सक सिगमड फ्राइडले आफ्नो मनोरोगलाई सिद्धान्तको जामा पहिराएर यस्तो दृष्टिकोणको निर्माण गरे जसले सम्पूर्ण नारीजातिलाई “योनी“ र पुरुषजातिलाई “लिंग“मा (उपभोग्यवस्तु) रुपान्तरित गर्यो । सिंहासनमा बाबुसँगै बसेकी आफ्नी आमासँग “यौनइच्छा“ गर्ने फ्राइडमा विश्वास गर्नेहरूले आफ्नै बाबुसँग विवाह गर्ने अमेरिकी महिलाको निर्णयलाई जायज नै मानिरहेका छन् ।
के कुनै नेपाली छोरीले आफ्ना बुवा र छोराले आफ्नै आमासँग यौन–इच्छा गर्न सक्छ भन्ने हाम्रो समाजले कल्पना पनि गर्न सक्छ ? हाम्रो मानसिक धरातल मनुले स्थापित गरेका धर्मका १० वटा जगमा उभिएको छ । हामी धार्मिक नहौला तर फ्राइडको मनलाई समर्थन गर्न मन हाम्रो समाजमा छैन ।

फ्राइडले मनोविज्ञानका क्षेत्रमा जे–जति काम गरेका छन्, त्यो सबै यौनका वरिपरी घुम्छ । यौन जीवनको सबैभन्दा महत्वपूर्ण यथार्थ हो तर यौनक्रिया र यौनअंगहरू उपभोग्य वस्तु होइनन् न यिनै अंगका कारण कुनै महिला वा पुरुष उपभोग्य वस्तु नै बन्छन् । सृष्टिको निरन्तरताका लागि यौन अत्यन्त महत्वपूर्ण विषय हो । प्राचीन वैदिक गुरुकुलहरूको पाठ्यक्रममा यौनशिक्षाका लागि “कामसूत्र“को व्यवस्था थियो । कामसूत्रले यौनक्रियासंगै गृहस्थ जीवनलाई सुखी बनाउने शिक्षा दिन्छ तर फ्राइडको दृष्टिकोणले “यौनक्रिया“नै गृहस्थको पहिलो कर्म हो भन्छ । मानौं मान्छेलाई “कामक्रिया“ बाहेक संसारमा अरू कुनै काम नै छैन !!

फ्राइडको कु–शिक्षा नै भन्नु पर्छ हरेक अमेरिकन नागरिकले १ घन्टामा कमसेकम २३ पटक यौनक्रियाका वारेमा विचार गर्छ । त्यसको प्रतिफल पनि प्रष्ट छ त्यहाँका ३७ प्रतिशत जनसंख्याको बाबुको ठेगाना छैन र ४८% विवाहित जोडीहरूको ५ वर्षभित्र नै पारचुके हुन्छ । यसैगरी अमेरिकाको करिव १७% जनसंख्या उमेर नपुगेका किशोर–किशोरीबाट जन्मिएको छ । स्मरण रहोस्, अमेरिकी राज्यहरूमा न्यूनतम विवाहको उमेर २१ वर्ष छ । के भन्नु हुन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस, ‘कुलिङ पिरियड’ दुई वर्ष

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको

सदन खोल्ने विषयमा सत्तापक्षसँग कुनै लेनदेन भएको छैनः उपमहासचिव पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

करोडभन्दा कमका आयोजना नराख्ने भनिए पनि बजेटमा एक हजारका आयोजना किन राखियो ?

काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने

बजेटमा प्रस्तावित स्रोत सुनिश्चितताको लक्ष्यमा पुग्न कठिन छः पूर्वअर्थमन्त्री महत

  काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा आर्थिक