ओलीजी, देउवाजी र प्रचण्डजीहरूको यो सन्दर्भ



केशवप्रसाद भट्टराई ।
१. ओलीजी जस्ता कहाँ सीधा जानु पर्दछ र कहाँ बाँकटे हान्नु पर्दछ सवै जान्ने चतुर,
कहाँ छिर्ने, कहाँ उफ्रिने, कतिखेर हान्ने, झम्टिने र कतिखेर पछि हट्ने सवै कुरामा पारङ्गत
राजनीतिज्ञलाई त उठी सुख र बसी सुख पारेर, हलचल गर्न नदिएर निकाले,
संसद, अदालत, मिडिया , वौद्धिक समुदाय (?) सवैलाई उनका विरूद्ध उभ्याए !
भित्री –बाहिरी सवै शक्ति जोडे !
देउवाजी सरल र सफा हृदयका ,सीधा बाटो मात्रै देख्ने, दाँया वाँया नजान्ने, तर झट्ट रिसाइहाल्ने, आफ्ना कुरा पनि राम्ररी बुझाउन झर्को मान्नेलाई के कामगर्न देलान् ?
मेरो अनुभवमा देउवाजी आलोचना सुन्न नसक्ने पनि होइनन्,
अनुभव र ज्ञान नभएका र नबुझेका होइनन्, तर त्यो ज्ञान र अनुभवको ज्ञान अरूमा गराउन सक्दैनन् ।
हो , धैर्य शक्ति त्यत्ति बलियो छैन जस्तो लाग्दछ !
पछिसम्मका कुरा विचार गर्ने जस्तो लाग्दैन !

२. प्रचण्डजी र माधवजीहरूले सरकार, बनाउन, न्युनतम साझा कार्यक्रम र प्रतिष्ठापन बजेटकै नाउमा तीन महिना लन्ठ्याइदिन्छन् –देउवाजीलाई ।
अनि एउटा न एउटा अल्झो झिकेर छेकारो हालिरहने हुन् —प्रचण्डजी र माधवजीहरूले ।
सकेसम्म आफ्ना स्वार्थमा देउवाजीको शोषण र दोहन मात्रै गर्ने हुन् !
उपयोग गर्ने हुन् !

३. यो सिद्धान्तहीन र अवशरवादी गठबन्धन्मा नलाग्नोस,
जे सुकै होस् , देश बोकेर लैजाने होइनन् ,
पाँच वर्ष जनताले उनीहरूलाई रोजेका जनताले आफैँ बुझ्छन् भनेको सुनेनन् क्ष्
पदको आकर्षण त होला नी !
व्यक्तिगत लाभ हानी र पार्टीको स्वार्थ हेरे होलान् ,
व्यक्तिगत थाहा छैन ,तर पार्टीको हित होला जस्तो लाग्दैन !
अब गाली, निन्दा र आलोचना जति देउवाजी र काङ्ग्रेसलाई !

एमालेको त्यत्रो बलियो र सङ्गठित सङ्गठनले त त्यो निन्दा र आलोचनालाई छेकेर सरकारको पक्षमा उभिन सकेन !
रक्षा गर्न सकेन !
नेपालको सवैभन्दा अनुशासित र सङ्गठित पार्टी मुलुकको इतिहासको सवैभन्दा अराजक र अनुशासनहीन दल बन्न पुग्यो !
खै के हालत हुने हो काङ्ग्रेसको !!!

४. २०४७ साल देखि सरकारमा सबैभन्दा लामो समय,
कुराले झिलिक्क आगो बाल्ने तर बकसमा नेतृत्व माग्ने युवा नेताको भीड छ ,
वीपी, सुवर्ण र किसुनजी भन्दा हामी के कम भन्ने रामचन्द्र दाइ र प्रदिप दाइ (गिरी) जस्ता छन् –
तर २०४८ साल देखि उसको भोटको प्रतिशत जत्तिको तत्ति !
वीपी, सुवर्णले जोरिदिएका समर्थक र शुभेच्छुक र तिनका सन्तानले बाउबाजे देखिको पार्टी, लौ खाओस भनेर भोट हालिदिएको भरमा खाएकै छन् !
सवैकुराको जस लिने , जिम्मेवारी कोही नलिने काङ्ग्रेसका नेताहरूले अब कतिन्जेल खाने हुन् भगवान जानुन् !

५. गाँउ, घर समाजमा कसरी मिलेर बस्ने त्यो व्यक्ति र परिवारको दायित्व हो क्ष्
राष्ट्रहरूको पनि त्यस्तै गाँउ घर र समाज हुन्छ
मिलेर बस्न जान्नु पर्छ , नजाने सिक्नु पर्छ, अरूलाई दोष दिएर मात्रै समाजमा बस्न टिक्न सकिन्न !
गाँउ घर शहर बजार जस्तै हो विश्व समुदाय !
ठूला छन्, साना छन्, गरीव छन् , धनी छन् , शोषक पनि छन्, सामन्त पनि छन्, असल र खराब दुवै छन् ,सवै छन् ।
बाँच्ने कला हो , शीप र ज्ञान हो , त्यो आफैँले आर्जन गर्नु पर्दछ !
आन्तरिक क्षमता र उर्जा आफैँले विकास गर्नु पर्दछ ।

६. वर्तमान नेपाल जति चीनियाँहरू भन्दा चीनभक्त, भारतीयहरू भन्दा भारतभक्त र अमेरिकीहरू भन्दा अमेरिकाभक्त कहिल्यै थिएनन् !
सम्भवतः सङ्घीय लोकतान्त्रिक गणतन्त्रको महान उपलव्धि नै यही हो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत, सरकारी र निजी गरी एक सय ४८ वटा राखिने

  काठमाडौँ ।  लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने,

नेपालमा सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने कतारी अमिरको विश्वास

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने,