उमेश श्रेष्ठ देउवाभन्दा योग्य मान्छे हुन् !



नारायण गाउँले ।

धनी भन्नेबित्तिकै बेइमान्, शोषक, सामन्त र भ्रष्ट हुन्छ भन्ने हामीलाई लाग्दो रहेछ । फलतः जीवनभर झण्डा बोकेर राजनीतिमात्रै गरेको कार्यकर्ताले ‘मौका’ नपाएर कुनै धनीले मौका पाएपछि हामीलाई अन्याय भएको अनुभूति हुनु स्वाभाविक हो । सांसद, मन्त्री जस्ता जिम्मेदारी पनि हाम्रो आँखामा मौका हो । पहिल्यै या आफै धनी बनेको मान्छेलाई यो मौका के काम ? एउटा गरिब कार्यकर्तालाई पो दिनुपर्छ भन्ने लाग्छ । ताकि उसले पनि ‘कमाउन’ सकोस् !

आफै धनी बन्न देशभित्र धेरै उपाय छैनन् । सीमित फाइनान्शियल या अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाहिरको तलब धनी बन्न पर्याप्त छैन । विकल्प भनेको पैतृक संपत्ति या व्यापार-व्यवसाय नै हो । त्यसैले यी दुबै हाम्रो बुझाइमा सामन्त हुन् ! अब बल्ल बल्ल आएको मौका समेत सामन्तले लगिदिएपछि हामीलाई रिस उठ्नु स्वाभाविक हो !

उमेश श्रेष्ठ कांग्रेसका सांसद हुन् । लामो समयदेखि व्यापारव्यवसायमा संलग्न रही सयौंलाई रोजगारी दिँदै आएका पनि छन् । नेताले अबदेखि युवाहरू खाड़ीमा रगतपसिना बेच्न जान पर्दैन भनेर भाषण गर्नेमात्रै हो । दुई-चार जनालाई भए पनि देशमैं रोक्ने भनेको उमेशहरूले नै हो । स्मरणीय के छ भने संसदभित्र सरकारका काम र मन्त्रालयसँग ताल्लुक राख्ने विषय समिति हुन्छन् । ती सम्बन्धित कानुनको सबैभन्दा पहिले छलफल त्यहीँ हुन्छ । सरकारलाई त्यस विषयमा निर्देशन र निगरानी पनि त्यही समितिले गर्छ । शिक्षा र स्वास्थ्य हेर्ने संसदीय समितिमा गगन थापा, खगराज अधिकारी, उमाकान्त चौधरी लगायतका पूर्वस्वास्थ्यमन्त्रीदेखि योगेश भट्टराईसम्मका २४ जना सांसद थिए । उमेश श्रेष्ठ पनि तिनैमध्ये एक हुन् । उनी मन्त्री बन्दा स्वाभाविक रूपमा शिक्षा या स्वास्थ्य मन्त्री बन्ने हो । शिक्षामा ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ को अवस्था आउने हुनाले उनलाई स्वास्थ्यमन्त्रालयमा ल्याइएको हुनसक्छ ।

सर्वोच्च र सम्विधानले बारम्बार रोक्दा समेत गैरसांसदहरू मन्त्री बनेको देशमा सांसदका रूपमा मन्त्री बन्न उमेशको योग्य पनि छन् । तीन वर्षसम्म सांसदको रूपमा काम नै स्वास्थ्य क्षेत्रमा गरेकाले उनी विषय विशेषज्ञताका हिसाबले पनि योग्य छन् । गगन थापालाई स्वास्थ्यमन्त्री बनाउनुपर्ने भन्ने मलगायतका धेरैको चासो हो । चित्त दुखाइ पनि हो । तर उमेश श्रेष्ठ यत्तिकै कारण अयोग्य भन्ने चाहिँ होइन । अलि खरो शब्दमा भन्ने हो भने उमेश श्रेष्ठ देउबाभन्दा योग्य मान्छे हुन् । मन्त्री हुन योग्य हुनु र योग्यता अनुसार काम गर्नु भने फरक कुरा हुन् !
देशको समस्या व्यापारी र धनी मान्छे होइनन् । चप्पल लगाउने गरिब पनि समस्या होइनन् । चप्पल लगाएर राजनीतिमा छिरेका र राजनीतिबाहेक अरू केही नगरी प्राडो चढ्नेहरू देशका समस्या हुन् । देशको समस्या अग्रगमनको नारा दिएर सरकार परिवर्तन गर्ने तर महिना दिन सम्म पनि सरकारलाई आकार र गति दिन नसक्नेहरू हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय