नामले मात्रै लोकतन्त्र भएको देशका जनता हामी



नारायण गाउँले ।

बेलायतले लकडाउनको अवधिमा एका-घरबाहिरका सदस्यसँग घुलमिल हुन नपाइने नियम बनायो । महामारीभरि दिनहुँ खटेका र समयमैं खोप खरिददेखि लगाउने काममा विश्वका धेरै जसो देशलाई उछिनेका स्वास्थ्यमन्त्रीले कार्यालयमा एक कर्मचारीसँग चुम्बन गर्दै गरेको पुरानो भिडियो सार्वजनिक भयो । त्यो भिडियो सार्वजनिक हुँदासम्म नियम बदलिइसकेको भए पनि खिचिँदै गर्दा भेट्न नपाइने नियम थियो । यो नियमको अवज्ञा थियो ।

माफी मागेर मात्रै उनले सुख पाएनन् । बेलायतमा जनताले बरु नियम मानून् नमानून् तर नियम बनाउने शासकले चाहिँ मान्नै पर्ने संस्कार छ । एक दिन पनि सत्तामा टिक्न गाह्रो भयो । उनले ठूलो र अक्षम्य गल्ती गरेको सार्वजनिक रूपमा स्वीकार गर्दै राजीनामा दिए !
नेपालमा पनि निषेधाज्ञा अझै कायम नै रहेछ । आज पनि त्यो फेरि थपिएको खबर छ । नियमअनुसार आम जनतालाई खुला ठाउँमा जम्मा हुन, भीड़भाड़ गर्न या सभासम्मेलन गर्न बन्देज रहेछ । स्कुलहरू बन्द नै छन् । कति नागरिकले मास्क नलगाएको, घरबाहिर औषधि या तरकारी किन्न निस्केको कसूरमा समेत पुलिसको लाठी र जरीबाना तिरेको पढिएको पनि छ । तर शासकहरूलाई भने यस्ता नियमले कहिल्यै नछुने कुरा खेदजनक छ । ओली बालुवाटारबाट बिदा हुँदै गर्दा दुई हजार वटा त गाड़ी नै व्यवस्था रहेछ । बालुवाटारदेखि बालकोटसम्म हजारौंको भीड़ देखियो । युथ फोर्सले त बुटवलदेखि काठमाडौंसम्म अदालतको फैसलाविरुद्ध आन्दोलन नै गरिरहेछ । देउबालाई बधाई दिन बुढ़ानीलकण्ठदेखि सिंहदरबारसम्म ठूलो भीड़ लाग्यो । उनी माधव नेपाललाई भेट्न उनकै निवास पुगे तर कतै पनि नियम पालना भएको देखिएन ।

फिनल्याण्डमा केही डलरको खाजा खर्च सरकारी कोषबाट खाएको आरोपमा प्रधानमन्त्रीले ठूलो आलोचना खेप्नु पर्यो । आफ्नै ख़र्चमा खाजा खाने गरेको प्रमाण दिनुपर्यो । नेपालमा बालुवाटारले पार्टी र गुटका खर्च समेत बेहोर्दा हामीलाई असामान्य लाग्दैन । यो हिजो पनि थियो र भोलि पनि रहनेछ ।

बेलायतजस्तो राजतन्त्र भएको पूँजीवादी देशमा राजपरिवार र प्रधानमन्त्रीले पालो कुरेर खोप लगाए, आफ्नो उमेर समूहमा अरू नागरिकले पनि खोप लगाउन पाउने भएपछि बल्ल तिनको पालो आयो । स्वास्थ्य क्षेत्रमा काम गर्ने नेपालीलगायत हजारौं स्वदेशी र विदेशी कामदारले खोप पाएपछि बल्ल जनप्रतिनिधिको पालो आयो । तर समाजवादी भनिने नेपालमा कुनै सांसद, मन्त्री, मेयर या नेता बिरलै बाँकी होला जसले दुई डोज खोप नलगाएको होस् । तिनका परिवार, आफन्त र आसेपासे सबैले लाइन नलागी, नियम नलागी खोप पाएका छन् । तर उमेरले एक डोज पाएका कैयौं ज्येष्ठ नागरिकले दोस्रो डोज कहिले पाउँछन् भन्ने थाहा छैन । सबैको पालो पुगेपछि बल्ल निमुखो नागरिकको पालो आउँछ ।

हामी नामले मात्रै लोकतन्त्र भएको देशमा छौं । कामले एक सुको लोकतन्त्र पनि आएको छैन । र शासकका केही नाम फेरिदैमा लोकतन्त्र आउने वाला पनि छैन । फेरिनुपर्ने हामी नै हो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार