राजसंस्था प्रेतसंस्था हो भने कम्युनिजम पनि प्रेतत्वमा पुगेको विचार हो ओलीजी !



केशवप्रसाद भट्टराई ।
१. राजसंस्था प्रेतसंस्था हो भने कम्युनिजम पनि प्रेतत्वमा पुगेको विचार हो ओलीजी !

२.अनि चुनाव नागरिक प्रभुसत्ताको अभिव्यक्ति हो भने,
जीवन रक्षाको माग प्रभुसत्ताको अभिव्यक्ति भन्दा ठूलो कुरा हो ।
कोरोनाको कालो छाँया मुनी आफ्नै जीवन र मृत्युको आशंका वीच कसैले कसरी नागरिक प्रभुसत्ताको अधिकार प्रयोग गर्ने ?
नागरिक प्रभुसत्ताको निर्वाध र निशंक उपयोगको अवशर निर्माण गर्ने दायित्वबाट भाग्ने पूर्व तयारी त होइन यो तपाइँको ?

३. त्यसैले चुनाव अघि सबैलाई खोप भन्नु कुनै ब्ल्याकमेलिङ्ग होइन, जायज माग र आवाज हो ।
त्यो तपाइँको र सरकारको प्रमुख दायित्व हो ।
चुनाव भन्दा पनि प्रमुख ।
यस्तै पार्टीहरूलाई भोट दिन, यस्तै सांसद चुन्न, यस्तै संसद गठन गर्न अनि यस्तै सरकार बनाउन जनता भोट हाल्न लाम लागेर जालान् ?

४. हुन त बोल्ने ठाउँ भेट्ने वित्तिकै सधैँ झूठ, आडम्बर र पाखण्ड भरिएका शव्द ओकलेर समाजमा प्रदूषण फैलाउने र राजनीतिक वातावरणलाई विषाक्त बनाउने नेपाली नेताहरू भन्दा पृथक रहन त तपाइँ पनि किन सक्नुहुन्थ्यो र ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)

यसरी रोक्न सकिन्छ शिक्षकहरूको दलीय आवद्धता

केशवप्रसाद भट्टराई । १. राज्य कानुनद्वारा संगठित सेवामा रहेका शिक्षक वा कर्मचारी कसैले