सद्गुण नै धर्म हुन् !!



डा. गोविन्दशरण उपाध्याय ।
कदाचिदपि धर्मं निषेवेत (चासू ४०९०ः कुनै पनि परिस्थितिमा धर्मको (सदाचार, सद्गुण) पालन गरिनै रहनुपर्छ । वेदले पनि “पहिलो आचरण नै धर्म हो“ भन्ने आदेश दिएका छन् भने गीतामा श्रीकृष्णले “सबै आ–आफ्नो वर्णाश्रम धर्मको पालन गरेर संसारमा सुख र परलोकका लागि मोक्ष सुनिश्चित गर्छन्“ भन्ने आदेश दिंदै “आफ्नो धर्म (सद्गुण, सदाचार, नैतिक जीवन) पालन गर्नुनै असल हुन्छ, अन्यका गुणदोष स्वीकार गर्दा जीवन असत्यत भयावह हुन्छ“ त्यसैले बरू आफ्नो धर्मभित्र मरण नै ठीक“ भन्दै श्रेष्ठ सद्गुणहरूको अवलम्वन गर्न अभिप्रेरित गर्नुभएको छ ।

यदि हामीले धर्म शब्दको अर्थ रिलिजनका रूपमा बुझेका छौँ भने “जस्तोसुकै परिस्थितिमा स्वधर्मको पालन गर्नु“ भन्ने बाक्यप्रति हाम्रो श्रद्धा नरहन सक्छ तर यदि हामीले आफ्नो मौलिकता अनुरूप (शास्त्रहरूले धर्म शब्दको जसरी अर्थ र प्रयोग गर्न सिकाएका छन्) नै बुझियो भने वैदिक संस्कृतिको अनुयायी भएकोमा अत्यन्त गौरव अनुभव गर्ने छौँ । धर्म सद्गुण सद्विचार, सद्कर्म, सदाचार, सत्चरित्रको धारण र पालन हो भन्ने बुझेपछि संसारका अन्य चिन्तनहरू गौण लाग्ने छन् । धर्मलाई रिलिजनका रूपमा बुझ्ने परम्पराको अव अन्त्य हुनुपर्छ ।

अग्निको तातोपना, पानीको चिसोपन, पृथ्वीको गन्ध, मनुष्यको बौद्धिकता यिनका धर्म हुन् । पशुमा पशुता अनिवार्य हुन्छ भने मनुष्यमा मानवता अनिवार्य गुण हुन् । मान्छेलाई मानव बनाउने गुणहरूनै मान्छेका धर्म हुन् । सात्विक, राजसिक र तामसिक गुणहरू मान्छेका धर्म हुन् । क्षमा, करुणा, दया, दान, दम, अस्तेयआदि गुणहरू नै धर्म हुन् । जसले पन्थको लागि धर्मलाई गौण ठान्छन् ती धार्मिक होइनन् । उनीहरू सुगा हुन् । सुगाको कुनै धर्म हुँदैन । धार्मिकहरू सुगा हुँदैनन् । विवेक र तर्कले सुगा र धर्मको पार्थक्य बुझ्दछ ।

आगोले तातोपन, पानीले चीसोपन, आकाशले खालीपन त्याग्न नसकेछैन मान्छेले धृति, क्षमा, अस्तेय, दया, दान इत्यादि गुणहरू त्याग्न सक्दैन । जतिसुकै क्रूर भए पनि प्रेमिका रूपमा हिटलर धर्म जीवित थियो, रावणले आफ्नालाई माया गर्थे । प्रेम, दया, करूणाआदि मान्छेका बाध्यता हुन् । प्रेम प्राप्त गर्नु र दिनु, दान दिनु र लिनु, क्षमा प्राप्त गर्नु र दिनुआदि गुणहरू मान्छेका लागि ईश्वरले बाध्यकारी बनाएको छ । मान्छेले एउटासंग घृणा गरे अर्कोसंग प्रेम गर्छ । यही बाध्यता नै धर्म हो । अधार्मिकता मान्छेको अस्वाभाविक गुण हो, अधर्म हो । यदि कसैले विपरित गुणहरू धारण गर्यो भने उ नष्ट हुन्छ ।

वैदिक ऋषिहरूले मनुष्यमात्रका लागि जुन कर्तव्यहरू निर्धारण गरेका छन् ती कर्तव्यहरू धर्म हुन् तर जुन कर्तव्यहरू स्थानिक छन्, समाज विशेषका छन्, पन्थ विशेषका छन्, ती वैश्विक हुँदैनन् ती धर्म होइनन् । जुन वैश्विक हुन्छन्, ती त्याग्नयोग्य हुँदैनन् । भगवान् श्रीकृष्णले “धर्म नै तत्व हो, तेसैले हरेक व्यक्तिका लागि धार्मिकता अनिवार्य हुन्छ ।“ जसले स्वधर्म त्याग्छ, उसले मनुष्यत्व गुमाउँछ । यहाँ बुझ्नु पर्ने तत्थ्य के हो भने यदि मनुष्यको धर्म (अनिवार्य गुण) दया, क्षमा, विद्या आदि हुन् भने यस्ता वैश्विकगुणहरू स्वभाव बन्नुपर्छ । आफ्ना छोराछोरीमा दयालु तर पशुहरूप्रति क्रुरता स्वभाविकता होइन । त्यसैले दया, करूणा, विवेकशीलता स्वाभाविक हुनुपर्छ । यही स्वाभाविकता नै मनुष्यको धर्म हो ।

यहाँ हामीले बुझ्नुपर्छ वेदहरूले “गर“ भनेका कर्महरू धर्म हुन् र “नगर“ भनेका कर्महरू अधर्म हुन् । यदि धार्मिकताले कसैको कूभलो गर्छ भने त्यस विषयमा विवेकको प्रयोग गर्नुपर्छ । वैदिक संस्कृतिको आग्रह नै मनुष्यले दया, करूणा, दान, अस्तेय, ब्रह्मचर्य, इन्द्रीय निग्रह, अहिंसाआदिको स्वभाव कुनै हालतमा त्याग्नु हुँदैन भन्ने हो । यी स्वधर्म (मनुष्यधर्म) हुन्, मनुष्यले स्वधर्म त्याग्नु भनेकै अधर्म हो । अधर्मको अर्थ हो – आत्मपतन हो । धर्म आत्मउत्थान हो भने अधर्म आत्मस्खलन हो ।

त्यसैले बडो गर्व, विनम्रता तथा सहृदयता पूर्वक स्वधर्मको पालन गर्नुपर्छ । धर्मको बाटो सरल र सहज छ । रिलिजनलाई धर्म हो भन्ने पूर्वाग्रह त्यागेर विश्व र आफ्नो कल्याणका लागि स्वधर्मको पालन गरौँ । जुनसुकै परिस्थितिमा धर्मको मार्ग पालन गरौँ । धर्मले हाम्रो रक्षा गर्छ, जसले धर्मको रक्षा गर्छ, धर्मले उसको रक्षा गर्छ । धर्म कल्याणको मार्ग हो, कल्याण नै हाम्रो चाहना हो । अन्त्यमा, वैदिक ऋषिहरूले धर्मको उपदेश अरूका लागि होइन आफ्ना लागि गरेका हुन् । धार्मिक बन्नका लागि धर्मको पालना गर्नुको विकल्प छैन ।

स्वस्ति अस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन थापाको प्रश्नः मेरो पार्टीका नेताले खराब काम गर्छ भने थुन्ने हो भन्ने हिम्मत रास्वपाले गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गलत काम गर्ने जोसुकैलाई कानुनी दायरामा

यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति