वेद भित्र, वेद वाहिर



डा. गोविन्दशरण उपाध्याय ।
न वेदः बाह्यो धर्मः वेदले सुझाएको धर्म (सत्कर्म) वाहेक धर्म हुँदैन । यो उपदेश पढ्दा धेरैलाई वैदिक संस्कृति निकै कट्टरपन्थी छ कि जस्तो लाग्न सक्छ तर जसले वेद शब्दको अर्थ बुझेका छन् र वेदहरूको अध्ययन/अध्यापन गरेका छन् भतिनला लागि निकै सहज छ । वेदको अर्थ ज्ञान हो । ज्ञानको परिणाम विवेकशीलता हो । विवेकहीन जीवन पशुतुल्य हुन्छ, विवेकले मनुष्यत्व र पशुत्वको रेखा कोर्छ भनेर वैदिक साहित्यमा राइछाई रूपमा लेखिएको छ । विवेकशीलता नै वेद अर्थात् ज्ञानको उपलब्धि हो भन्ने तत्थ्यमा कसैको विरोध हुँदैन । वेदलाई नितान्त एउटा कितावमात्र सम्झनेहरू भ्रमित हुन्छन् ।

वेद एउटा किताव होइन विश्वको ज्ञानकोष हो । जज्ञान तथा विज्ञान वेदकै विषय हुन् । ब्रह्माका चारमुख चारवेद हुन् भनिएको छ यसको अर्था हो ज्ञान वहुआयामिक, बहुलतायुक्त र सर्वत्र छ । मनुष्यले आफ्नो ज्ञान वाहिर केही जान्न सक्दैन । यदि कुनै वस्तुको अस्तित्व छ भने पनि जवसम्म त्यो ज्ञानप्रणालीभित्र छिर्दैन त्यसको अस्तित्व हुनु/नहुनुले खासै अर्थ राख्दैन । वेदवाहिर धर्म छैन भन्नुको अर्थ हो – ज्ञानको क्षमता मान्छेमा हुन्छ, उचित–अनुचित, शुभअशुभ, पापपुण्य, स्वर्गनर्क, असलकमसल, सदाचारदुराचार, नैतिकअनैतिकजस्ता विचार र व्यवहारको वाहक मान्छे हो, त्यसैले मान्छेको ज्ञान (विवेक भन्दा वाहिर) सत्कर्म हुनैसक्दैन ।

वैदिक साहित्यको प्रष्ट आदेश छ – वेदले गर्नहुन्छ भनेका कर्महरू सदाचार हुन् वेदले गर्न हुन्न भनेका कर्म गर्नुभनेको वैदिकआज्ञाको उल्लंघन  गर्नु हो । त्यसैले वेदले जुनजुन कर्मलाई धर्मका लक्षण भनेर कर्तव्यका श्रेणीमा राखेको छ, ती सबै वेद–विहित कर्म हुन् । यस्ता कर्महरू मानवमात्रमा बन्छनीय हुन्छ । अहिंसा, सत्य, ब्रह्मचर्य, क्षमाआदि कर्महरू वेदले मानवमात्रका लागि “गर्नुपर्छ“ भनेर निर्देशित गरेको छ । हिंसा गर्नु हुँदैन, कुरा काट्नु हुँदैन, झूटो बोल्नु हुँदैन, आमाबा, अतिथिको अपमान गर्नुहुँदैन भनेर वेदले निषेध गरेका कर्म हरू हिंसा गर्नु, आमाबाको अपमान गर्नु, झूटो बोल्नु, भ्रष्टाचार गर्नुजस्ता कर्महरू वेद विरुद्ध हुन् अतः पाप हुन् ।

आजको आधुनिक समाज खासगरी दुईतीनवटा कर्मका सवालमा निकै आधुनिक र उदार देखिन चाहन्छ । वेदले व्यभिचार गर्नु हुँदैन भनेर आदेश दिएको छ तर आधुनिकतासँग जोडेर वर्तमान समाजले जथाभावी यौनाचारलाई मानवाधिकारका रुपमा जोडेको छ । वैदिक आचरणमा रक्सी तथा मांस सेवनलाई अस्वीकार गरिएको छ तर आधुनिकताका नाममा यो वैदिक आदेशको वेवास्ता गरिन्छ । यौनाचार तथा खानपिनका सवालमा मान्छे चुक्ने गर्छन् । रक्सी खाँदैमा कुनै पनि व्यक्ति आधुनिक हुँदैन र विवाहेतर र विवाहपूर्व यौनाचार गर्दैमा कुनै व्यक्ति वा महिला आधुनिक वा सभ्य ठहरिन्नन् । आफ्नो स्वार्थका लागि वैदिक आदेशहरूको अवज्ञा गर्नु पापकर्म नै हो ।

आजका अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई वेदले कुनकुन् कर्महरूलाई सदाचार भनेको छ भन्ने तत्थ्य समय मै सिकाउनु पर्छ ्र अंग्रेजी भाषा जान्नु राम्रो कुरा हो, ज्ञान विज्ञानमा पोख्त हुनु त्यो भन्दा पनि राम्रो कुरा हो तर असल आचरण र जीवनशैली अपनाएर धन कमाउनु र सुखी हुनु यी सबैभन्दा राम्रो कुरा हो । वेदले केवल राम्रो, असल तथा सत्यतापूर्ण आचरणको आज्ञा दिन्छ । आफ्ना बालबालिकालाई वैदिक आचरणका आदेशबाट टाढा राखेर “छोराछोरीले बाबुआमाको सम्मान गरेनन्“ भनेर गुनासो गर्नुको कुनै तुक छैन ।

वृहद नेपाली शब्दकोशले “वेद“ आर्यहरूको धर्मशास्त्र भन्ने शब्द प्रयोग गरे तापनि संस्कृतका शब्दकोश, हिन्दी, बंगाली, गुजराती शब्दकोशहरूले “ज्ञान, विष्णु, संहिता“ आदिका रूपमा वेदलाई अथ्र्याएका छन् । बृहदनेपाली शब्दकोशले वेद (ज्ञान, व्यापक)लाई आर्यहरूको धर्म, संस्कृतिजस्ता विभेदमूलक अर्थ गर्नु उचित थिएन । बाइबल र कुरानहरूले झैं वेदका कुनै पनि संहिताले “म आर्यजातिको धर्म ग्रन्थ हुँ, मेरो आदेश आर्यजातिले पालन गरूँन्“ भनेर लेखिएको छैन । निश्चय नै हामी ऋषिका सन्तति भएको नाताले वेदधर्मका उत्तराधिकारी हौँ तर वेद र वैदिक ज्ञानमा हाम्रो जत्तिकै अधिकार विश्वभरिका मान्छेहरूमा छ । त्यसैले वेदहरू सबैका साझा हुन् । जसले वेद र वेदधर्मको पालन गर्छ उ वैश्विक हुन्छ, जसले बाइबल कुरानजस्ता ग्रन्थहरू पढ्छ उसको ज्ञान रिलिजियस हुन्छ ।विश्वका सबै असल ज्ञानहरू वेद हुन् र हाम्रै भए पनि कमसल आचरणहरू अज्ञान हुन् ।

त्यसैले गीताकारको आदेश कि वेदले स्वीकार गरेका सबै कर्महरू मनुष्यमात्रका लागि स्वीकार्य हुनुपर्छ भने त्यस वाहेकका असल कर्मचरणहरू पनि स्तुत्य हुन्छन् तर अज्ञान अर्थात् अवैदिकबाटो कदापि हिड्नु हुँदैन किनभने यो बाटो आत्मकल्याणकारी हुँदैन । त्यसैले ज्ञानका रूपमा वेदलाई स्वीकार गरौँ साथै संहितारूप वैदिक ग्रन्थहरूको पनि अध्ययन गरौँ र आफ्ना बालबालिकालाई समेत ती बुझ्न, पढ्न अभिप्रेरित गरौँ । ऋषि ऋण तिर्ने सबैभन्दा उत्तमबाटो यही हो ।
स्वस्ति अस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय