कांग्रेस पार्टीका कथित नेताहरूको सरोकार बन्न छोडेको आमकाङ्ग्रेसी मतदाताको स्वाभिमान र सम्मान



केशवप्रसाद भट्टराई ।
१. केपी ओलीलाई पार्टीले हाम्रो भावी प्रधानमन्त्री भनेर उम्मेदवार बनायो र त्यसलाई जनताले अनुमोदन गरे ।
अर्थात यो प्रतिनिधि सभा भित्र ओली जनादेश प्राप्त प्रधान मन्त्री हुन् ।
त्यसैले यो संसद भित्र प्रधानमन्त्री ओलीजीसँग जति राजनीतिक र प्रजातान्त्रिक वैधता अर्को कोही व्यक्तिसँग हुन सक्दैन ।
अर्को कसैले प्रधानमन्त्री बन्न चाहे आम चुनाव मार्फत जनादेश लिएर मात्र प्रधान मन्त्री बन्नु पर्दछ भन्ने मेरो मान्यता हो ।
सत्तारूढ दलभित्रको चरम अराजक र असहिष्णु कचिङ्गलको समाधान कुनै अर्को सरकार नभएर चुनाव मात्रै हो भन्ने मेरो विचार थियो र छ ।

२. प्रतिनिधिसभाले तीन वर्षको कार्यकाल भुक्तान गरिसकेपछि प्रतिनिधिसभाको निर्वाचन लगत्तैको अवस्थालाई इङ्गित गरेर प्रतिनिधिसभाले प्रधानमन्त्री दिने संविधानमा उल्लेखित विभिन्न वैकल्पिक प्रवन्धहरू लागू हुन सक्दैनन् भन्ने मेरो मान्यता थियो ।
तर अदालतले त्यसलाई मानेन , कुरा त अदालत कै सदर हुने हो, सदर भयो ।
फैसलाकाप्रति मैले सम्मान जाहेर गरेँ तर सहमत भइन, हुन सकिन ।
अदालतले प्रक्रिया मात्र हेर्यो, संसदीय प्रजातान्त्रिक मूल्य, मान्यता, अभ्यास र जनताको सर्वोच्चताको पक्षलाई उपेक्षा गर्यो भन्ने मलाई लाग्दछ ।
अदालत दोषी होइन, गलत नहोला !
तर राजनीतिक मैदानमा अहिले भइरहेको सवै किसिमका स्वस्थ्य –अस्वस्थ्य खेलमा प्रतिनिधि सभा पुनर्स्थापना सम्बन्धी अदालतको फैसलाको त्यो पक्ष पूर्णतः पृथक राखेर हेर्न त सकिएन !
आफ्ना हकमा नैतिकताका सवै सीमा र बन्धन भत्काउने, उखेल्नेहरूले अनि सङ्कीर्ण राजनीतिक लक्ष र महत्वाकांक्षालाई उकेरा लगाउने उद्देस्यले ओलीजीलाई नैतिकताको कसीमा घोट्न रमाइलो मान्नेहरूले यो प्रतिनिधि सभा भित्र प्रधानमन्त्री बन्ने र बनाउने प्रयाशलाई कसरी नैतिक देख्छन् म बुझ्दिन ।

३. एमाले वा ओली सरकारको विकल्प काङ्ग्रेसले देओस,दिनु पर्दछ भन्ने मेरो भित्री मुराद हो ।
तर नयाँ निर्वाचनबाट, नयाँ जनादेशबाट वहुमत आर्जन गरेर काङ्ग्रेस नेतृत्वको सरकार आए मात्रै मेरो त्यो इच्छा पुरा हुने हो ।
शिर ठाडो हुने हो ।
साँच्चै भन्नु पर्दा पार्टी नै बन्न नसकेको, बनिनसकेको माओवादी र जसपाहरूको बल र भरमा बन्ने काङ्ग्रेस नेतृत्व वा काङ्ग्रेस सहभागी सरकार केही मन्त्रीहरूलाई सजिलो घर खर्च, कार्यकर्ता भरण पोषण र चुनावी खर्च जुटाउन मात्रै कामलाग्ला !
त्यसले देश र जनताको पक्षमा कुनै काम गर्न सक्ने परिस्थिति नै नहोला !
परिणाम त्यसले आगामी चुनावमा राष्ट्र, प्रजातन्त्र र काङ्ग्रेसलाई झनै कमजोर बनाउने छ भन्नेमा म विश्वस्त छु ।
काङ्ग्रेस नेतृत्वको वा काङ्ग्रेस सहभागी त्यस्तो सरकार विरूद्ध आगामी आम चुनावमा केपी ओली र उनको दलले जनता माझ उभिन नै नसक्ने गरी राजनीतिक प्रहार गर्ने छन् ।

दुई वर्ष सम्ममा ओली सरकारको तर्फबाट भए गरेका अभाव, विकृति र कमजोरीहरूलाई मतदाताले बिर्सिने र त्यतिखेरका गठवन्धन सरकारका स्वाभाविक कमी कमजोरीहरूलाई पनि ठूलो आकार र आयतनमा जनता माझ लगिँदा काङ्ग्रेस फेरी सोत्तर बन्ने हो कि ? भन्ने लाग्दो रहेछ !

६–८ महिना सरकारमा बस्ने लोभ पाल्दा अहिलेको अवस्था भन्दा पनि झनै खराबी चुनावी परिणाम काङ्ग्रेसको भागमा कसरी नपर्ला ?
त्यसैले अर्को छ महिना एक वर्ष सरकारको लोभ नगरेर कुनै नयाँ दाग नबोकिकन, स्वच्छ छवि र उत्साहका साथ , उच्च मनोवल बोकेर , कम्युनिस्टहरू विरूद्ध सशक्त चुनावी अभियानले काङ्ग्रेसको हराएको आभा र औचित्य स्थापना हुन सक्छ कि भन्ने हो !
हुन त कम्युनिस्ट बन्न नसक्ने र चुनावमा काङ्ग्रेसलाई भोट हाल्नुको विकल्प नदेख्ने एउटा साधारण मतदाताको कुरालाई काङ्ग्रेसका ठालूहरूले किन सुन्नु पर्यो र ?

आम्काङ्ग्रेसी मतदाताको स्वाभिमान र सम्मान कांग्रेस पार्टीका कथित नेताहरूको सरोकार बन्न छोडेको त अहिले मात्रै कहाँ हो र ?
पापीहरूले शिर ठाडो त गर्नै पो नदिने भए !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति

तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता