सबैको गहना…



डा. गोविन्दशरण उपाध्याय ।
धर्म शब्दको अर्थ नै सद्गुण, सद्विचार, सत्कार्य, सत्चिन्तन, सदाचार, दैवी–सम्पदा हो भने हामीले पटकपटक चर्चो गरिसकेका छौँ ्र सर्वेषां भूषणं धर्मः (चासू ३६१) धर्म सबैको गहना हो भन्ने वैदिक आदेश निकै अर्थपूर्ण र सकारात्मक छ । रिलिजन नै धर्म हुन् भन्ने पूर्वाग्रहले यो आदेश बुझ्न सकिन्न । एउटा मान्छेले, एउटा ठाउँ विशेषमा, विशेष जातिका लागि एउटा समयमा दिने उपदेश, जीवनशैली तथा आचरणहरू रिलिजन हुन् । यहुदी, इसाई, बौद्ध, जैनी, शिखआदि रिलिजन हुन् किनभने यी सबै उपरोक्त सीमामा बाँधिएका छन् । धर्मको कुनै सीमा हुँदैन । असल कर्म गर्ने कुनै सीमा हुँदैन, असल सोच्ने, असल आचरण गर्ने कुनै जात, वर्ण, समाज, देश वा रेलिजनमा बाँचिएको हुँदैन ।

सर्वेषांको अर्थ सबैको लागि हो । सबै भनेको सम्पूर्ण मानवजाति नै हो । उदाहरणका लागि धृति अर्थात् सदकर्म, सद्विचार तथा स्वास्थ्य चिन्तन मैले मेरो जीवनको लक्ष बनाउछु भन्ने विश्वास नै धृति हो । यहुदी, इसाई, मुस्लिम, बौद्ध, जैन, शिख, नास्तिक, आस्तिक सबैले यो विचारमा अपनत्व स्वीकार गर्न सक्छन् । धर्ममा न राष्ट्रको सीमा हुन्छ, न जाति, वर्ण वा पोजिसनको । राष्ट्रपति देखि लिएर एउटा सामान्य भिखारीले धर्मका आदर्शहरू पालन गरेर जीवन यापन गर्न सक्छन् । कुनै पनि यहुदी, इसाई वा मुस्लिमहरूले “धर्म सबैको लागि हो“ भन्छन् भने तेसको तात्पर्य इसाई बन्नका लागि ईश्वरका एकमात्र छोराको रूपमा जिससमा विश्वास, वाइबलमा आस्था, जेरुसलेमलाई एकमात्र तीर्थस्थलको रूपमा स्वीकृतिआदि हुनै पर्छ ।

धृति, क्षमा, दम, अस्तेयआदि (ममृ) धार्मिकगुणका लागि कुनै व्यक्ति, पुस्तक, भाषा, राष्ट्र वा तीर्थ विशेषमा विश्वास नगरे पनि हुन्छ । वैदिक धार्मिकताको अर्थ नै सद्गुणहरूको विकास, स्थापना र पालन हो । वैदिक सदाचारहरू मानवमात्रका लागि हुन्छन् त्यसैले यहाँ सर्वेषां शब्द प्रयोग भएको हो । विश्वका तथाकथित विकसित धर्महरू (रिलिजन) निकै साँगुरो विचार राख्छन् । त्यसैले उनीहरूमा धर्म परिवर्तन छ । वैदिक धर्महरूमा धर्मपरिवर्तनको कुनै अवधारणा छैन किनभने सद्गुणहरू हिन्दू, इसाई, मुस्लिम, बौद्धआदि सबैका लागि समानरूपमा स्वीकार्य देखिन्छन् र हुनुपनि पर्छ ।

भूषणको अर्थ गहना हो । वैदिक ऋषिमुनिहरूले प्रष्ट रूपमा भनेका छन् हातको सुन्दर चूरा लाएर अवश्य देखिन्छ तर दानले हातको वास्तविक सुन्दरता प्रकट हुन्छ । बाणी गहना मिठो बोली नभएर सद्कर्म प्रेरक वाणी हुन्छ । शरीरलाई सुन्दर वनाउँन महंगा र राम्रा गहना–कपडाले सहयोग गर्छन् तर जीवनमा सदाचार छैन भने पलाँसको फूल सुन्दर त हुन्छ तर सुगन्धित नभएकोले मूल्यविहीन हुन्छ । पलाँसको फूलको प्रयोग हुँदैन देवकार्यमा । शरीर सुन्दर हुँदैमा दयालु, कृपालु, क्षमाशील, अहिंसक, परोपकारी, इन्द्रीयउपर नियन्त्रण भएको, विवेकशील, सत्यवादी तथा सरल हुन्छ भन्ने हुँदैन ।

धर्मको अर्थ सरलता, सहजता, क्षमाशील, सत्यवादी, कृपालु, सहयोगी, विनम्र, ज्ञानी, आशावादी, तपस्वी, दानशीलआदि हुन् भने जुन व्यक्तिले यी गुणहरू धारण र पालन गर्न, ऊ धार्मिक हुन्छ । सुन्दर हो वा असुन्दर, स्त्री होस् वा पुरुष, देशी होस् वा विदेशी, विद्वान होस् वा सर्वसाधारण यदि कसैले जीवनमा धार्मिकताको आचरण गर्छ भने उ ती गहनाका आधारमा चिनिन्छ । क्षमा गर्ने मान्छे क्षमाशील भनेर चिनिन्छ भने सत्यवादी मान्छे झूटो नबोल्ने व्यक्तिका रूपमा विश्व प्रसिद्ध हुन्छ । महावीरले अहिंसा नामक धर्म धारण गरे उनी अहिंसक भनेर बुझिए ्र दधिची र शिविले आफ्नो शरीर नै दान गरे, दानवीर भनेर चिनिए । ऋषिमुनिहरूले सदविचार दिए त्यसैले उनीहरू ऋषिका रूपमा सम्मानित भएका छन् ।

त्यसैले हरेक व्यक्तिले भौतिक सुन्दरता समेत आत्मिक सुन्दरता दिने धर्मरूपि गहना जीवनमा धारण गर्नुपर्छ । ती गहनाहरूले मान्छेको शरीर सुन्दर होस् वा नहोस् जीवन अत्यन्त सुन्दर (यश) बनाउँछ । आजको विडम्वना भनौ, हामीले शारीरिक सुन्दरतामा ध्यान दिन्छौं तर मानसिक र आध्यात्मिक सुन्दरताका सवालमा हामी निकै गरीव छौँ । गरिवीबाट मुक्त हुनुको अर्थ धेरै पैसा कमाएर जीवन सहज बनाउनु अवश्य होला तर जसको जीवनमा धार्मिकता छ, उसले प्राप्त गरेको सन्तोष, पूर्णता तथा आनन्द धनले प्राप्त गर्न सकिन्न । असली सुन्दरता खोज्ने मान्छेले धर्मलाई आफ्नो जीवन (मन, बुद्धि तथा अहङ्कार)को गहनाको रूपमा धारण गर्ने प्रयन्त गर्नुपर्छ । धार्मिकहरू सधैं सुन्दर हुन्छन् किनभने उनीहरूको मन तथा बुद्धिले धर्मलाई गहना बनाएको छ । संसारिक गहनामात्र रोज्नेहरू असन्तोषमा मर्छन्, धर्मलाई गहना बनाउनेहरू सन्तोषका साथ जीवन जिउँछन् र सन्तोषका साथ मर्छन् ।

स्वस्ति अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय