ओलीलाई भ्रष्ट, असफल र तानाशाह भन्नुअघि आफ्नै पार्टी र देउवालाई हेर्नुभएको छ ?



नारायण गाउँले ।

प्रिय कांग्रेसी जन ! ओलीलाई भ्रष्ट, असफल र तानाशाह भन्नुअघि आफ्नै पार्टी र देउवालाई हेर्नुभएको छ ?
-केन्द्र त टाढा भयो, एउटा मात्रै प्रदेशमा समेत चुनाव जित्न नसकेपछि कसैले नैतिक जिम्मेबारी लियो ? कसैले राजीनामा दियो ?
-आफूलाई लोकतान्त्रिक भन्ने पार्टीले कार्यकालभित्र महाधिवेशन गर्नुपर्ने होइन ? केले रोकेको थियो ? के ओलीका कारण कांग्रेस महाधिवेशन हुन नसकेको हो ?

-निर्वाचनपछिको तीन वर्ष के हेरेर बित्यो ? कांग्रेस न सड़कमा थियो, न देखिने गरी संसदमा थियो । कुटिलतापूर्वक महाधिवेशन पर धकेल्ने, आफ्नो कार्यकाल आफूखुशी थप्दै जाने र सामान्य भ्रातृसङ्गठनको चुनाबसम्म गर्न नसक्ने कांग्रेसले अरूलाई असफल भन्न मिल्छ ?

-देउवाले पार्टीलाई चुनाव जिताउन त सकेनन्, कार्यकालभरि पार्टीको संरचनालाई पूर्णता समेत दिएनन् । जब कार्यकाल सकियो, भटाभट मनखुशी नियुक्ति दिए । यस्तो नियुक्ति खाएर विधि र पद्धतिको कुरा गर्न मिल्छ ?

-राजनैतिक सङ्कट बढ़ी रहोस् र आफ्नो सभापति पद बचिरहोस् भन्ने तुच्छ चाहना आफैमा प्रतिगमन होइन ?

-जाबो समयमा चुनाव गरेर आफ्नो नेतृत्व छान्न समेत नसक्ने र देउबाले अध्यक्ष तोकिदिनुपर्ने विद्यार्थी सङ्घ या तरुणदेखि महिला सङ्घसम्मले कसरी प्रतिगमको सामना गर्ने ?

देउवाको अग्लो फोटोमुनि उभिएर सरकारको नालायकीपन या ओलीको तानाशाहीबारे चर्को नारा लगाएको अलि नसुहाउने रहेछ ! बाँकी कुरो त तपाईं आफै बुझ्नुहुन्छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने