तीतोसत्य सत्य



डा. गोविन्दशरण उपाध्याय ।
महिलालाई ‘योनी’को रूपमा बुझ्ने र त्यसैअनुसारको नीचतापूर्वक बलात्कार गर्ने व्यबहार तथा मानसिकताको निन्दा गर्नुपर्छ । यसबाहेक महिलाहरूको शारीरिक भिन्नतालाई ‘मनोरञ्जन’का लागि उपयोग गर्ने र त्यस्तो मानसिकतालाई ‘अधिकारका’ रूपमा परिभाषित गरेर महिला स्वयंलाई बजारको यौन विज्ञापन बन्न अभिप्रेरित गर्ने “आधुनिकता“ कम खतरनाक छैन । सरकार प्रमुखहरू, मिडियाकर्मीहरू, अधिकारवादीहरू यो तितोसत्यका सवालमा चुप रहन्छन् । यो दोहोरो मानदण्ड हो ।

महिलालाई “योनी“ ठान्ने मनोवृत्ति हो र यस्तो मनोवृत्तिको स्रोतको प्रतिनिधि फ्राइड हुन्, जसले आफ्नी आमासँग समेत यौनको चाहना व्यक्त गरेका छन् । बलात्कारका मामिलामा विश्वको सबैभन्दा विकसित मानिएको अमेरिका अब्बलमा पर्छ । समाज र व्यक्तिको विकासका लागि उदारता चाहिन्छ तर आफ्नै जन्मको स्रोतलाई “भोग“को वस्तु ठान्ने मानसिकताले मृत्यु निम्त्याउँछ । नेपालमा बढ्दो बलात्कारका घटनाहरूमा भौतिकवादी सोच, महिलालाई योनी देख्ने मानसिकता र महिलालाई मनोरंजनका साधनका रूपमा मार्केटिङ गर्ने व्यापारिक मनोविज्ञान (जसलाई महिलाले आफ्नो अधिकारभित्र ठान्छन्)को मिलिजुली घटना हो । पुरुषहरूले यदि महिलाको शरीरलाई वस्तुको रूपमा स्वाद लिन चाहन्छन् भने महिलाहरूले अधिकारका रूपमा “आत्मनिर्भरता“को लागि पुरुषहरूको मनोरन्जनको साधन बन्ने कि नबन्ने भन्ने वारे विचार गर्नुपर्छ ।

हरेक महिलाको शरीर उसको निजी अधिकार हो तर हामी सामाजिक प्राणी भएको नाताले आफ्नो शरीरको अधिकार सामाजसंग गाँसेर उपयोग गर्छौं । बृहस्पति की पत्नी तारालाई चन्द्रमा र गौतमको पत्नी अहिल्यालाई इन्द्रले बलात्कार गरेका सुनिन्छ । यी दूवै नाम चलेका देवता हुन् तर यी दूवैले बलात्कार गरेको दण्ड पनि पाएका छन् । इन्द्रको शरीर भरि यौनअंंगहरू निर्माण गरिए भने चन्द्रमाले टीवीरोग प्राप्त गरे । बलात्कार गरेपछि दण्ड मिल्यो । इन्द्रजस्ता शक्तिशाली देवराजले पनि दण्डित हुनुपर्यो । निर्मलाका बलात्कारीले मात्र होइन जोसुकै बलात्कारीले दण्ड प्राप्त गर्नुपर्छ । त्यसको सुनिश्चिता गर्ने काम राज्यको हो ।

बलत्कार राजनैतिक मुद्दा होइन । जघन्य अपराध हो र हामी बीच रहेका कुनै मान्छेले घटाएको घटना हो । साच्चिकै भन्ने हो भने एस्तो घटनाले समाजको मानसिकतालाई समेत प्रतिनिधित्व गरेको मान्न सकिन्छ । यौन नितान्त प्राकृतिक व्यबहार हो, संसारका हरेक प्राणीको शरीर यौन क्रियाकलापको जीवन्त विज्ञापन हो । तर यही प्राकृतिक क्रियाकलापलाई मनोरन्जनका लागि “झिलिमिली र कामुकरूपमा पस्किन्छ“ उत्सुकता बढ्छ र उत्सुकताले अपराध निम्त्याउँछ । उत्सुकता तथा विकृत मानसिकता दूवैले बलात्कार निम्त्याउँछन् । अप्राकृतिक यौनाचारमा पुरुषबाट महिला, महिलाबाट पुरुष, बालबालिका हिंसामा पर्छन् ।

विश्वका जुनसुकै सभ्यताहरू भन्दा वैदिक संस्कृति यौनका मामिलामा अत्यन्त संयमित र उदार छ । संयमित यस अर्थमा छ कि हरेक महिला र पुरुषका लागि २५ वर्षको उमेरसम्म ब्रह्मचर्यको पालन अनिवार्य गरिएको छ । यौन क्रियाकलापबाट टाढा रहन र त्यस्ता नियमहरू पालन नगरे दण्डको व्यबस्था समेत गरिएको छ । अर्कोतिर गृहस्थ जीवनमा प्रवेश गरेपछि “कामशास्त्र“को शिक्षा प्राप्त गरेर यौनव्यबहार गर्ने शिक्षाको व्यबस्था गरिएको छ । यौनलाई रहस्यमय विषय वा क्रियाकलापबाट माथि उठाएर प्राकृतिक र सबैको विषय भएको बुझाउनका लागि पशुपतिनाथजस्ता विश्वप्रसिद्ध मन्दिरहरूमा यौनक्रियाकलापका तुन्डाल राखिएको छ ।

यौनसँग मान्छेको जीवन जोडिएको छ तर उमेर नपुगेका युवायुवतिहरूमा अनावश्यक रूपमा कामुकतापूर्ण यौनसूचना पस्किने, धर्म तथा पापसंग जोडिएका विश्वासहरूलाई थोत्रो भौतिकतावाद र प्रगतिशीलताको अहङ्कारमा अन्ध विश्वास भनेर अनदेखा, अनसुना गर्ने, यौनाचारलाई सदाचार बनाउन र यौनपवित्रता कायम राख्न ऋषिमुनिहरूले स्थापित गरेका नियमहरूलाई “अन्धविश्वास“ भन्ने शिक्षालाई प्रेरणा गर्ने र पश्चिमाहरूको नक्कल गर्दै अपरिपक्व उमेरमा “प्रेम“लाई प्राकृतिक ठान्ने मानसिकता स्थापित बललात्कार निम्त्याएको हो भन्ने मेरो बुझाई हो । पश्चिमा प्रतिमानको यौनजीवनलाई आदर्श मान्नेहरूले मैले खोजेका प्रश्नहरूका आधारमा अनुसन्धान गर्ने हो भने “दूधका दूध पानीका पानी“ हुन्छ तर कामुकताको मार्केट यतिविध्न ठूलो छ कि सरकार, गैरसरकारी, अधिकारवादीहरूले “अधिकारको हनन“का नाममा कोकोहलो गरिहाल्छन् । पैसाको अगाडी सबै थोक नतमस्तक हुन्छन् ।

जस्तोसुकै समाजमा १०० प्रतिशत बलात्कार रोक्न सकिन्न तर बलात्कार वा रोक्ने मानकहरू तयार गर्न सकिन्छ । बलात्कार रोक्न वैदिक संस्कृतिले ब्रह्मचर्यको पालना गर्न र जुन विषयवस्तु वा आचरणहरूले समयपूर्व यौन आकर्षण बढ्छ, ती क्रियाकलापबाट सुरक्षित रहन दीक्षित गर्छ । ८ वर्षको उमेरमा गुरुकुल पस्ने विद्यार्थीले २५ वर्षको अवस्थासम्म कुनै पनि यौन क्रियाकलापलाई महत्व दिने, यौनक्रियाप्रति अभिरुचि जगाउने क्रियाकलापमा सामेल हुन मिल्दैन । यद्यपि, यही उमेरमा अभिरुचि अनुसार “कामशास्त्र“को सैद्धान्तिक शिक्षा ग्रहण गर्न पाउँछ । हिन्दू, बौद्ध, जैन तथा नया वैदिकधाराका धर्महरूले मानसिक/समयम, इन्द्रिय निग्रह गरेर अनुशासन कायम गर्ने शिक्षा दिएको छ ।

उपरोक्त शिक्षाहरूका विषयमा पश्चिमाहरू सहमत छैनन् किनभने “मन“ पनि कानुनको दयारामा पर्नुपर्छ भन्ने जडचिन्तन उनीहरू बीच व्याप्त छ । उदाहरणका लागि युकेमा १८ वर्ष मुनिका बालबालिकाको आपसमा होस् वा ठूलो मान्छेबाट–यौनक्रियाकलापको लागि कठोर दण्डको व्यबस्था गरिएको छ तर यहीं समाजमा १२ वर्षका केटाकेटीले बच्चा जन्माएर चर्चित बनेका छन् भने सभ्य तथा विकसित भनिने अमेरिकाको ठूलो जनसंख्या १६ वर्ष मुनिका बालिकाहरूबाट जन्मिएको छ । यौन–जिज्ञासाको यही प्रतिमान नेपाली समाजमा व्याप्त हुँदैन । यसरी ठूलो संख्यामा जन्मिन पुगेका अमेरिकीहरू बलात्कारजन्य क्रियाकलापका उपज हुन् भन्न मिल्छ कि मिल्दैन ? पाठकले नै विचार गरौँ ।

नेपालमा पश्चिमा शैलीको यौनशिक्षा अस्वीकार्य हुनुपर्छ किनभने आफ्नै रैथाने “कामशास्त्र“ पाठ्यपुस्तकमा समावेश गरे हुन्छ । कामशास्त्रले यौन जीवनलाई अनिवार्य रूपमा २५ वर्षको उमेरपछि तोकेको छ । ब्रह्मचर्य–शिक्षाले पनि यौन जीवनको आरम्भ वारे दीक्षित गर्छ । महिलाहरूलाई “देवी“ तथा “मान्य“ ठान्ने हाम्रो सांस्कृतिक व्यबस्थालाई शिक्षामा समावेश गर्दा नारीहरू “कामुकवस्तु“का रूपमा बजरू बन्ने दृष्टिकोणबाट जोगिन्छन् । महिलाले प्राकृतिक रुपमा प्राप्त गरेको शरीर यौनवस्तुको रूपमा होइन देवीका रूपमा स्थापित हुन्छ । पापपुण्यसंग जोडिएका सांस्कृतिक मान्यताहरूको शिक्षा विस्तार गर्नुपर्छ । यौनचाहनाले आफ्नी बपत्नी बाहेकका महिलाहरूलाई छुँदा नर्क परिन्छ भन्ने बलियो विश्वास मनमा स्थापित गरेर पनि बलात्कारजस्ता दुष्टकर्मबाट मान्छेलाई रोक्न सकिन्छ ।

शिक्षामा आन्तरिक सदाचारको महत्व स्थापित हुँदै गर्दा बलात्कारमात्र होइन अनेकौं सामाजिक अपराधहरू निरुत्साहित हुन्छन् । भागिरथिको बलात्कारले समाजमा पढ्दै गएका यौन/मानसिक रोगीहरूको उपस्थितिलाई जनाउँदिन्छ । यदि फेसबुकको प्रयोग केवल “केटी फँसाउन“ तथा “प्रेम“ गर्ने साधनका रूपमा विस्तार हुन्छ भने प्रेम र बलात्कारका बीचमा कुनै फरक रहन्न । प्रेमका आडमा यौन–जिज्ञासा, यौन–जिज्ञासाका आधारमा यौनआग्रह, यौनआग्रह अस्वीकार गर्दा बलात्कार घट्छ नै । हजारौं जिउँदा निर्मला र भागिरथिको पीडाको मूल्यांकन पनि हुनैपर्छ  ।लक्ष्मी, सरस्वती, पार्वती, कुमारीका रूपमा पुजित महिलाको प्रतिमान शैक्षिक माध्यमबाट स्थापित गर्न सके, महिलाहरू सुरक्षित हुन्थे । ब्रहमचर्य र इन्द्रीय/निग्रहको अर्थ र प्रयोजन बुझाउन सके अवान्छित यौन जिज्ञासामा मानसिक तथा बौद्धिक लगाम बलियो हुन्थ्यो ।

हाम्रो समाजका सबै थोक र सबै व्यक्तिहरू स्वास्थ्य छैनन्, त्यसैले भागीरथीहरूको नियति घट्ने गर्छ । अब असल कुराहरू विश्वको जुनसुकै कुनाबाट लिएर आफ्ना रैथाने ज्ञान/परम्पराहरूको विस्तार गर्न सके समाज (व्यक्ति) निकै सुशिक्षित बन्थ्यो । अब नैतिक शिक्षाको यो पाटो वारे पनि सोच्न, क्रियान्वयन गर्न तथा प्रचारप्रसार गर्न अवेर गर्नु हुँदैन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल

दुई दिने राजकीय भ्रमणका लागि कतारका अमिर काठमाडौंमा(भिडियोसहित)

काठमाडौँ ।  मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई

यस्ता छन् नेपाल र कतारबीच यसअघि भएका महत्वपूर्ण द्विपक्षीय सम्झौता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरको उडान सम्झौताका लागि पहल गर्न व्यवसायीको आग्रह

  भैरहवा  । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध