जब ‘नीतिले’ महिला हिंसा गर्न खोज्छ



डा. अरुणा उप्रेती ।

कुुन दिन महिलाहरु विवाह पूूर्व कुमारी छन् कि छैनन भनेर जाँच गर्न सरकारले नीति बनाइदेला कि ? ४० वर्षभन्दा मुुनिका महिलाहरु ‘नाबालक’ हुुन् भन्ठानेर सरकारले ‘वडा’ र ‘परिवार’ सँग ‘आज्ञा’ मागेर मात्र बाहिर जाने नीति बनाउन लागेको छ । यो पढ्दा मलाई अफगानिस्तानको याद आयो ।

मुस्लिम बाहुल्य भएको देशमा अफगानिस्तानमा मैले १८ बर्ष अघि काम गर्दा त्यहाँको मुल्लाहरुले महिलालाई गरेको व्यवहार, घर भित्र नै बसिरहनु पर्ने र बाहिर काम गर्न जान नपाउने महिलाहरुको व्यथा, बाहिर कतै जानु परे सानो भए पनि केटालाई नै लिएर हिँड्नु पर्ने अबस्था देखेर छक्क लाग्थ्यो । कसरी महिलाहरु यस्तो जीवन जिउन सक्छन् होला भन्ने सोच्थें । नेपालमा त महिलाहरुको अबस्था यस्तो छैन भनेर गर्व पनि गर्थें । तर अहिले नेताहरुले “ल्याउन लागेको” नीति पढ्दा लाग्छ, तालिवानले सिकाएछन् नेतालाई “महिलाहरुलाई छुुुट नदेउ ।”

म अफगानिस्तानमा रहँदा त्यहाँको अनुभवले मलाई सिकाएको थियो कसरी धार्मिक रुपमा अन्धा व्यक्तिहरुले राजनीतिलाई प्रयोग गरेर मानिसहरुको जीवनमा कष्ट पार्छन् । अफगानीस्तानमा धार्मिक गुरुहरुले आफूले व्यभिचार गर्ने, किशोरी र महिलाहरुलाई बलात्कार गर्थे र आफ्नो काम सुचारु रुपले चलिरहोस् भने जनतालाई र विशेष गरी महिलाहरुलाई शिक्षा र कामबाट वर्चित गरेका थिए ।

नेपालमा नेताहरु पनि त्यसैगरी बदमासी गर्छन्, गुुण्डा पाल्छन् तर देहव्यापारको लागि विदेशमा महिला र बालिका लगेर बेच्नेलाई आफ्नो सल्लाहकार बनाउँछन् । महिलालाई चाहिँ बन्धनमा राख्न खोज्छन्, एक्लै नजाउ भनेर । तालिवानले त्यहाँका महिलालाई दिएको पिडा सम्झेर अहिले पनि मलाई कहाली लाग्छ । तर अब त आफ्नै देशका महिलाहरुको अवस्था देखेर कहाली लाग्ने बेला आयो । अफगानिस्तानमा चालिस वर्षीया ताहिरा शिक्षित महिला थिइन् । उनका ६ जना छोराछोरी थिए । ताहिराले भनेकी थिइन्, ‘मलाई पढ्न धेरै रहर थियो । तर तालीवान केटीहरुलाई विद्यालय जान नदिने नियम बनाए । मेरो दिदीको १२ वर्ष नपुग्दै बिहे भएको थियो । मैले त्यती चाँडो विवाह गर्न मानिनँ । अनि मलाई १४ वर्षमा एक युवकसँग विवाह गरिदिनुभयो । केही त पढ्न पाएँ । छोराछोरीका सम्बन्धमा ताहिरासँग जिज्ञासा राख्दा उनले हाँसेर भनिन्, ‘अफगानी संस्कृतिमा धेरै छोराछोरी हुनु शुभसूचक मानिन्छ, पाँच छोराछोरी भएपछि हामी सन्तान पुगेको थियो । तर तालिवानहरुको समयमा मलाई काम गर्न, घरबाट बाहिर निस्कन र बोल्न दिएनन । त्यसैले मेरो अरु ‘केही काम भएन, सन्तान पाएर मात्र समय बिताएँ।’

नेपाली महिलाहरु पनि त्यसैगरी समय बिताउने बेला आयो ? तालिवानको शासनमा महिलाहरुलाई बाहिर काम गर्न नदिइने भएको हुनाले यसले अफगानी समाजको शिक्षा, राजनीति र स्वास्थ्यलाई नराम्रोसित भत्काइदिएको छ’ ताहिराले भनिन् । नेपालमा पनि के त्यही हुुनेवाला छ कि ? अफगानी बसमा मलाई एक जना डाक्टर साथीले आफ्नो तीतो अनुभव सुनाए–‘एक पटक म क्लिनिकमा काम गर्दै थिएँ । एक महिला आफ्नो बिरामी बच्चा लिएर मकहाँ आइन् । उनी बाहिर कुरिरहँदा केही तालिवान् पुलिस मेरो क्लिनिकभित्र आएर बाहिर ती महिला के गर्दैछन् भनेर केरकार गरे । मैले भने कि उनको बच्चा बिरामी छ र मकहाँ जचाँउन ल्याएकी हुन् तर उनीहरले मलाई ती महिलालाई नजाँच्न आदेश दिए र भने कि म एक पुरुष भएको हुनाले मैले उसलाई जाँच्न पाउने छैन । म निराश भएँ । मैले ती महिलालाई बच्चा लिएर फर्किन आग्रह गरेँ । उनी पनि धेरै दुःखी भइन् र मेरो सामु रोइन् पनि । मलाई यति एकदमै बेसहारा र ग्लानी अनुभव भयो कि मैले मेरो डक्टरी पेरा र अफगानिस्तान नै छोडेँ’ ती साथी अहिले पाकिस्तानमा छन् ।’

ती डक्टर एक्लो व्यक्ति होइनन्, जसले यस्ता तीता अनुभवहरु संगाले । नेपालमा कुन दिन महिलाहरु एक्लै डाक्टरकहाँ जाँदा पुुरुषले बलत्कार हुुने भएकोले, महिलाहरु पुुरुषसँगै मात्र जानुु भन्ने निती आउँला, ‘बरु घरमा नै बस बाहिर नजाउ है महिला ?’
अफगानिस्तानमा महिला डक्टरहरुको पीडा पनि उस्तै थियो र तिनीहरुलाई कडा नियमको पालना गर्नुपथ्र्यो । एक जना महिलाले भनेकी थिइन –‘एकपटक ट्याक्सीमा गइरहँदा मलाई अफगानिस्तानको धािर्मक पुलिसले लखेट्यो । तिनीहरुले मलाई रोके र सोधे तिमी किन एक्लै हिँड्दै छौ ? मैले म डक्टर हुँ र अस्पतालतर्फ जाँदैछु भनेँ । तिनीहरुले मेरो कुरा विश्वास नगरेपछि मैले मेरो हाकिमलाई बोलाएँ । मेरो आफ्नो बुर्का उतारेपछि हाकिमले मलाई चिने । तर ती तालिवानहरुले मलाई डण्डाले हिर्काए र मेरो शरीरमा घाउ बनाए । यस्ता घटनाहरुले अफगानी महिला तथा पुरुष दुवैलाई कैदमा झैँ बस्न बाध्य गराएको थियो ।” त्यस्तो अवस्थामा मैले कसरी काम गरें हुँला भन त ।’

नेपालमा पनि अब ४० वर्ष मुुनिका आमा र छोरी विदेश जानुु परे श्रीमान र ‘वडा’ सदस्यलाई घुुस दिएर मात्र जान पाइने भो ।
आफ्नो दायित्व पूूरा गर्न नचाहने सरकार र नेताले ‘तालिवान’ को जस्तै नियम लागू गरेर ‘महिलाको खुुट्टा’ मा जंजीर बाध्न खोजेका छन् । त्यो मान्ने ? कुुन दिन महिलाहरु विवाह पूूर्व कुमारी छन् कि छैनन् भनेर जाँच गर्न सरकारले नीति बनाइदेला कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएचओद्वारा जानकारी

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

आजदेखि एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति