झाँक्रीहरूमा यस्तो क्रान्तिकारिता भर्ने नेता ओलीनै हुन् !



नारायण गाउँले ।

एमाले र माओवादी जोड़िएका थिएनन्, भरतपुरमा मतपत्र च्यातियो । कांग्रेस आफ्नो स्वार्थका लागि चुप लाग्यो, ओलीलगायत एमालेले चर्को विरोध गरे । लाग्थ्यो, यो विरोध विधिका लागि हो । तर जब पार्टी जोडियो, तिनै मतपत्र च्यात्नेहरूलाई जिल्ला कमिटी सदस्य बनाइयो ! पार्टी एक हुन्जेल ती अग्रगामी नेता बनिरहे।

बालकृष्ण ढुङ्गेल व्यक्तिहत्यामा अदालतबाटै दोषी ठहरिएका व्यक्ति थिए । एमाले र ओलीको नजरमा पनि ती हत्यारा र अपराधी थिए । पार्टी एक भयो । राष्ट्रपतिबाट ढुङ्गेलले क्षमादान पाए । अहिले ओलीको फोटो छातीमा टाँसेर उनी अग्रगामी भएका छन् । काली बहादुर खामहरू ओलीको नाम लिएपछि शुद्ध भएका छन् ।

भारतले छद्मरूपमा अमानवीय नाकाबन्दी गर्यो । उसले नाकाबन्दी हो भन्ने नेपालको दाबी स्वीकार गरेन । विश्व समुदायलाई ओली नेतृत्वको नेपाल सरकार नाकाबन्दीबारे विश्वस्त गराउन चाहन्थ्यो तर उपेन्द्र यादवहरूले नाकाबन्दी आफै गरेको भनेर ठूलो धक्का दिए । लगत्तै ओली नेतृत्वमा बनेको बहुमतको सरकारले कारबाहीको साटो उपप्रधानमन्त्री बनायो ।

पार्टी एक नहुँदै ओलीले बारम्बार बाँदरमुडेबारे प्रश्न उठाए । लड़ाकू शिविरमा भएका भ्रष्टाचारबारे प्रश्न उठाए । देउबाले छोरी बोकेको भनेर व्यङ्ग्य गरे । जब पार्टी एक भयो, बाँदरमुडेदेखि शिविरसम्म एकपल्ट पनि प्रसङ्ग आएन । विडम्बना, अब त्यो बारम्बार आउनेछ ।
विधिको रक्षाका लागि झाँक्री पक्राउ परेको भए समर्थन गरिन्थ्यो ! सबैलाई लाग्ने कानुन उनलाई पनि लागेको भए नयाँ पुस्ताका लागि उदाहरण कायम भएकोमा हर्ष मनाइन्थ्यो । तर यहाँ सीमित व्यक्तिको इच्छा, मर्यादा र तजबीजका लागि मात्रै कानुन सक्रिय हुनु दुर्भाग्यपूर्ण छ । भोलि झाँक्री ओली क्याम्प छिरिन् भने यो कानुन कार्पेटमुनि पुग्छ । फूलमाला लिएर ओली हाजिर हुन्छन् । उदाहरण मतपत्र च्यात्नेहरूलाई हेरे हुन्छ । छानबिनसम्म हुन नदिई बचाइएका गोकुल बाँस्कोटालाई हेरे हुन्छ । जग्गा फिर्ता हुने सरकारी निर्णयपछि सबैको जग्गा स्वत: फिर्ता हुँदासमेत साठी जनामाथि मुद्दा चल्ने तर विष्णु पौडेल अर्थमन्त्री बन्ने दृष्टान्त हेरे हुन्छ ।

स्वतन्त्र हुनुहुन्छ भने त झाँक्रीको उद्दण्डता र अमर्यादित बोलीको विरोध गर्ने हक छ तर ओलीको फोटो छातीमा टाँस्नुभएको छ भने याद गर्नुस्, संसदको रेकर्डबाटै हटाउनुपर्ने गरी तुच्छ र अमर्यादित बोल्ने नेता उनै हुन्, प्राकृतिक दुर्घटनालाई लिएर सरकारलाई अलच्छिना भन्ने उनै हुन् र झाँक्रीहरूमा यस्तो क्रान्तिकारिता भर्ने नेता उनै हुन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका