तिम्रो ‘सडक’ आन्दोलन बहिष्कार गर्छु



डा. अरुणा उप्रेती ।

प्रचण्ड, ओली, नेपाल, देउवा र उनका साथीहरु नेताहरु सडकमा आएर नारा लगाउँछन तर ती नेताहरु र उनका आसेपासे कहिले गएर गाउँघरका समुदायको समस्या बुुझ्नुुपर्छ भनेर नारा लगाए ? आफूहरु समुदायमा गएर जनताको दुःख सुख बुझे ?

कोरोनाको बेलामा समुुदायका मानिसहरु भोकै परे कि, बिरामी भए कि ? दलित र अन्य सिमान्तकृतको घरमा चुुल्हो बल्यो कि बलेन ? आइसोलेशनमा बसेका मानिसहरुको शारीरिक र मानसिक स्वास्थ्य कस्तो रह्यो आदि कुुनै नेताले सोधे ? कोरोनाको बेला सुत्केरीहरु प्रसव पीडामा पर्दा र मर्दा कुनै नेताले आवाज उठाए ? आफूले स्कूल ‘पढाउन’ छोरा छोरी बनाएका बालबालिकाहरु साँच्ची नै ‘स्कूल’ गए कि गएनन हेरे ?

सडकमा शक्ति उतार्न सजिलो हुुन्छ नि नेताजी, तर एक दलित परिवारलाई अन्नको जोहो गराउन, बिरामी परेको बेला उपचार गराउन गाह्रो हुुन्छ नेताजी, यदि यहाँहरुलाई यो बारेमा थाहा छैन भने हामीसँग सम्पर्क राख्नुुुस् नेताजी । तपाइँहरुलाई बन करिया र राउटे कस्ता हुुन्छन्, उनका सन्तान किन असमय मर्छन् भनेर दु:खपूर्ण कथा सुनाइदिने छु । हुन त यस्ता कथाहरु त प्रचण्ड, ओली र नेपालले नसुनेका, नबुझेका, नदेखेका त होइनन् होला ।

तर आफ्नो ‘शक्ति’ यी कसैले पनि ती जनताको भोको पेटमा बलेको आगो निभाउन खर्च गरेको छैन । आफूू सत्तामा आउन सबैले ‘शक्ति’ देखाएको यो तिम्रो जुुलुस म बहिष्कार गर्छु । ‘ओली’ आफ्नो शक्ति देखाउन ‘सामाजिक संजाल’ लाई नियन्त्रणमा राख्न खोज्छन् । ज्ञानेन्द्रले जस्तै ‘नेपाल र प्रचण्ड’ चाहिँ सडकमा मान्छे उतार्न खोज्छन्, ‘पञ्चे’ जस्तै । तिमीमध्ये कुनले चाहिँ नेपालको भलो गर्ने काम गर्यौं हँ । त्यसैले तिम्रो जुलुस बहिष्कार ?

जुन दिन तिमीहरुले जनताको लागि अन्नको जोहो गर्न, लुुगा नभएकालाई लुगाको जोहो गर्न, नवजात शिशु र उनकी आमा बचाउन सडकमा शक्ति देखाउनेछौं, तब म आउनेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन थापाको प्रश्नः मेरो पार्टीका नेताले खराब काम गर्छ भने थुन्ने हो भन्ने हिम्मत रास्वपाले गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गलत काम गर्ने जोसुकैलाई कानुनी दायरामा

यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति