झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा भएकोले यो छोरीको प्रश्न सुनाइदिनु



उषा किरण ।

मेरो momले मलाई बोलाउनु भयो अनि भन्नुभयो- सबै leadership मा रहेका महिलाहरूलाई घिनलाग्दो आक्षेप लगाउछन- पहिलेको समयमा  इन्दिरा गान्धीदेखि अन्तर्राष्टिय जगतको कुरा गर्दा एँगेला मर्केलको उदाहरण दिनुभयो।आमाको मन हो- आफ्नो घाउ देखाउनु भएन, छोरीहरूमाथी यस्तो घटनाक्रमले पारेको आहतमा मलम लगाउन र हिम्मत दिन कोशिश गर्नुभयो।

मेरो momको बारेमा तथानाम भन्न थालेको लगभग २०५२/५३ देखि हो- यो शुरू गर्ने पत्रकार अहिले retired वरिष्ठ पत्रकार र ठुलो नागरिक अगुवा भइसके। उनीहरूका नयाँ र neo अवतार अहिले छन। म त्योबेला ११ वर्ष जती थिए, momले phoneमा भन्नुहुँदैथियो- “म किन अभियानमा ननिसकिनु!? किन घरमा लुक्नु!? उनीहरुले यही चाहेर यो सब गर्दैछन- म भाग्दिन।” मलाई त्योदिन देखिनै हिम्मत प्राप्त भयो।momले हामीलाई आफ्नो साहास र दृदताबाट शिक्षित गर्नुभएको छ।

१ महिना अघि मैले यहीं ( facebookमा) भनेको थिएँ- अदृश्य cyber bully बाट अब सडकमा नारा लाउन शुरु भयो- हामीले आवाज बुलन्द नगरे यस्तो crimeले झन ठुलो रूप लिन्छ- एक महीना नबित्तदै त्यही भयो। यहाँ रामकुमारी झांक्रीलाई आफ्नो युवा नेता मान्नेले झांक्रीलाई सुनाइदिनु
१) गल्ती सेतो सारीमा होईन गल्ती दृष्टिकोणमा छ
२) गलत चुनाव लडाउनु होईन, उहाँमाथी त्यसबेलाका शीर्ष नेताले गरेको व्यवहार र बोलीमा थियो- अहिले उहाँ तपाईंको शीर्ष नेता हुनुहुन्छ- सोधनुहोस गएर!
३) तपाईं communist schoolingको हो भने- सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नु पर्ने- मेरो mom एउटा अकल्पनिय घटना सामना गर्दै हुनुहुन्थियो- तपाईं सेतो सारीको कुरा गर्नु हुन्छ- हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा सेतै भित्ता थिए- उहाँले daddyलाई मनपर्ने खाना/ अचार बनाउन छोडनु भयो- उहाँका स-साना छोरीहरू हामीले प्रश्न उठाएनौ, तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो!? हामी ९/१० वर्षको ले बुझयौ उहाँ tragedy संग copeगर्ने कोशिशमा यो सब गर्दै हुनुहुन्थियो- तपाईं महिला, ठुलो मान्छे भएर यती बुझनु भएन!!?

तपाईंलाई अर्को कुरा भन्छु, दसैंमा टिका ग्रहण पनि राष्ट्रपति भएपछि बाध्यात्मक अवस्था भएर लाऊनु भयो- राष्ट्र प्रमुखको निधार खाली हुनुहुदैन भन्ने मान्यताले गर्दा- उहाँको बूढ़ी आमाले उहाँलाई प्रश्न गर्नु भएन जमरा मात्रै हातमा दिदा- तपाईं भीड जम्मा गरेर किन सांस्कृतिक क्रान्ति नगरेको भनेर प्रश्न गर्ने को हो!? Tragedy cope गर्ने हरेकको आफ्नो आफ्नो बाटो हुन्छ- जुन बाटो स्वयम त्यो व्यक्तिले पनि voluntarily रोज़ेको होईन। हरेक कुरा नाफा र नोकसानमा तुलना गर्न सकिदैन। यदी तपाईंलाई लाग्छ आफ्नो माया आफ्नो जीवनसाथी भन्दा माथी career महत्वकांक्षा हो भने- ठाउ साटौ- तपाईं उहाँको सिन्दूर पोते रातो सारी, हाम्रो daddy, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस अनि तपाईंलाई हामीसंग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ- लिएर जानुस्
झांक्रीलाई नेता मान्ने र सम्पर्कमा भएको ले यो छोरीको प्रश्न सुनाइदिनु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘गृहमन्त्रीमाथि छानबिन गर्न सरकार किन डराएको ?’

नेपालगंज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक दल भन्दा देश माथि छ

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नु हुँदैनः सचिव भट्टराई

ताप्लेजुङ ।  नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरुबीचको राजनीतिक समीकरण आगामी

टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्य अन्योलमा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर