एकीकरण जरूरी थियो भने एकीकरणको पहिलो इँट्टा राख्नेलाई सम्मान गरौँ



नारायण गाउँले ।

आफ्नो जन्म ‘योजनाबद्ध प्रयास’ थियो या थिएन भनेर हामी आमाबुबालाई सोध्दैनौँ ! कति जन्म बिना-योजना नै हुन्छन् तर योजनाबद्ध नभएकाले आदर गर्दिन भनेर सन्तानले भन्दैन !

हो, पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार गर्दै गर्दा सिङ्गो नेपालको चित्र उनको मनमा थिएन होला, टुक्रा-टुक्रा हुँदा भोलि अंग्रेजजस्तै अर्को बाह्य शक्तिले सजिलै निल्न सक्छ भन्ने दूरदृष्टि थिएन होला ।

तर कार्लमार्क्सलाई पनि त उनकै नाम बेचेर नेपालमा कम्युनिस्ट नामको सत्ता आउँछ भन्ने सोच शायदै हुँदो हो । मार्क जुकरबर्गले फेसबुक नामको एउटा वेवसाइट बनाउँदा होस् या इलोन मस्कले विद्युतीय गाड़ी टेस्लाको घोषणा गर्दा होस्, यसरी विश्व नै निलेर सबैभन्दा धनी बन्ने सपना बोकेका थिएनन् । तर, के तिनलाई क्रेडिट नदिने ? अलेक्जेन्डर फ्लेमिंगले योजनाबिनै आविष्कार गरेको पेनिसिलिन विश्वमा सबैभन्दा महत्त्वपूर्ण औषधि आविष्कार मानिन्छ । शायद हामीमध्ये धेरै यो औषधि ढिलो आविष्कार भएको भए यहाँ हुने थिएनौं । के उनलाई यस्को श्रेय नदिने ? आज दशौं तलामा बस्छु भनेर भुइँ तल्ला बनाउनेलाई जस नदिने ?

आजको नेपालको सीमारेखामाथि श्रद्धा र गौरव छैन या विश्व नागरिकका रूपमा स्वतन्त्र बाँच्न चाहन्छु भन्नेलाई मेरो टिप्पणी छैन तर जसलाई नेपाल र नेपाली भएकोमा गर्व छ, उसलाई यसको जग बसाल्नेप्रति सम्मान नहुनु दुर्भाग्यपूर्ण छ ।

स्वतन्त्रताको नाममा घरको भित्तो नै फोड्ने बाटोमा नहिँडौं ! कि बाइसे-चौबीसे राज्य नै ठीक थियो र अहिले पनि त्यसको सम्भाव्यता छ भनेर वकालत गरौँ, होइन, एकीकरण जरूरी थियो भने एकीकरणको पहिलो ईंटा राख्नेलाई सम्मान गरौँ ।
पृथ्वीजयन्तीको शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केपी ओलीजस्तो अनैतिक नेता संसारमा कोही पनि देखेको छैनः भीम रावल

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका नेता डा. भीम रावलले आफूहरुले नेतृत्व गरेको नेकपा

अविश्वास प्रस्ताव पारित गरेर देखाउन प्रधानमन्त्रीको चुनौती

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ताद्वारा समस्याको समाधान

जताततै ‘कम्फर्टेबल’

शारदाप्रसाद त्रिताल । सत्तारुढ ’कमाउनिष्ट’ पार्टीका दुबै ’गुट’ का प्रवक्ताहरुद्वारा ’सांसद खरीद बिकी’

सर्वोच्चलाई प्रचण्डको जवाफः मबाट अदालतको अवहेलना हुनै सक्दैन(जवाफको पूर्णपाठसहित)

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले अदालतको अवहेलना नगरेको