सुनका टुक्राहरू



डा. गोविन्दशरण उपाध्याय ।

त्यो दिन हामी सबै बसेर हिमाल, पहाड र तराईको गीत गाइरहेका थियौं, मुक्तिनाथ र जनकपुरका भजनहरू गाइरहेका थियौं कि त्यो मान्छे आएर हामी बीच बस्यो | हामीले सधैंझैं पाहुनाको स्वागत गर्यौं | ऊ धेरै दिनको भोको रहेछ | पेटभरी खान दियौं | उसले भन्यौं “म साझा मान्छे हुँ | मेरो परिचय मान्छे हुँ | म तपाईंको पाहुना हुँ |” उ हाम्रो गाउँको साझा पाहुना बन्यो | हरेक दिन उ फरकफरक घरमा बस्थ्यो | उ साच्चिकै अचम्मको मान्छे थियो | उसंग दुईबाट किताव थिए – एउटा रातो रङ्गको र अर्को कालो रङ्गको | ऊ रातदिन कितावमा समय विताईरहेको हुन्थ्यो | उ थोरै बोल्थ्यो तर भन्थ्यो “अव यो फेरिनु पर्छ | यी माने, मन्दिरहरू सफा हुनुपर्छ |”

हाम्रा हजुरबा गाउँमा सबैभन्दा जेठा थिए | हरेक फुर्सदको बेलामा हामी हजुरबा थिम हुन्थौँ | हजुरबा हाम्रा गुरू हुनुहुन्छ | सबैलाई उहाँले भन्नुहुन्छ “हामो देश हिमाल जत्तिकै प्राचीन हो | हाम्रो सभ्यता हिमाल बनेसंगै आरम्भ भएको हो | हाम्रो धर्म संस्कृतिको इतिहास हिमालको उत्पत्तिसंगै आरम्भ हुन्छ | यहाँका हिमाल, पहाड तथा तराई र यहाँका सम्पदाहरूसंग हुर्केको र यसलाई माया गर्ने हरेक मान्छे यहाको रैथाने हो, हाम्रो मिल्ती अनन्त छ किनभने हामी अनन्त अमृतक सन्तान हौँ, हामीले आफ्नो इतिहास, संस्कृति र सभ्यतामा गर्व गर्नुपर्छ | विश्वमा हामीजस्तो अरू कोही छैन, हामीले ऋषिको सन्तति भएकोमा गर्व गर्नुपर्छ – हाम्रा हजुरबाले भनिरहनु भएको थियो | हामी गज्जव मानेर सुनिरहेका थियौं | साच्चिकै भन्ने हो भने हामी तेस्तै थियौं | हिमाली, पहाडी र मधेसी एक्कैनास थियौं, जे-जस्तो थियौं, तेहा पनि उस्तै थियौं | कुनै नक्कल थिएन | जे-जति थियो सक्कल नै थियो | उ पनि हामीसंगै वसेर हजुरबाका कुरा सुनिरहेको थियो |

हजुरबाले एसो भनिरहंदा उसलाई पटक्कै मन परिरहेको थिएन | एसो हेर्दा ऊ पनि अरूजस्तै देखिन्थ्यो | अरूको जस्तै भाषा बोल्थ्यो र अरूले जस्तै लुगा पनि लगाएको थियो | उसले मुखै फोरेर भन्यो “हिमालको कुनै इतिहास हुँदैन | हिमालको कुनै सभ्यता होइन | इतिहास र सभ्यताहरूको स्रोत पश्चिमतिर छ | हामी (नाक चुच्चे) आक्रमणकारी हौँ | तेसैले हामी फरक छौँ | हरेक मान्छे फरकफरक हुन् | फरकभाषा र पहिचान हुन्छ | हरेक मान्छेले अर्कोलाई होइन आफुलाई माया गर्नुपर्छ | जे-जस्तो पश्चिमाले लेखेका छन् हामीले खुरुखुरु मानेर हिड्ने हो | विश्वभरिका प्रगतिशील मान्छेहरूले एसै गरी प्रगति गरेका हुन् | हामी प्रगति गर्न चाहन्छौं भने “वैज्ञानिक” चिन्तन स्वीकार्नुपर्छ |” हामी सबै छक्क पर्यौं | आजसम्म हजुरबासंग असहमत भएको कुनै घटना थिएन | सबैले हजुरबाको सम्मान गर्थे |

केही दिन देखि उ वदलिएको थियो | केही दिन अगाडी उसंग भेट्न केही मान्छे आएका थिए | ती मान्छेहरूलाई पहिले कसैले देखेको थिएन | तिनीहरूसंग केही किताव थिए | फर्केका मान्छेले दिएका कितावहरू उसले पढेको थियो | अनि, ती किताव पढेपछि उसको मुखमा “प्रगतिशील” बुर्जुवा, शोषक, पददलित” जस्ता अनौठा शब्दहरू हुन्थे | धेरै मान्छेले कुरा नै बुझ्दैनथे | हिमवत्खण्ड, भारतवर्ष, उत्तरभारतजस्ता शब्दहरू सबैले बुझ्दथे |”

उसका कुराहरू ठूले राई, रामहरी सुवेदी, रमिला परियार, भोज गुरुङ, मखन मण्डल, बिनु चौधरी कसैले पनि बुझ्न सकेनन् | उसले भन्यो “विद्यनाश, मैले यसरी लेखिएको इतिहास मेटाएर छोड्छु | मैले जितेपछि लेखाउने इतिहास यसरी पढिने छ “हिमालको कुनै देश हुँदैन | ऋषिमुनि भनेका शोषणका मतियार हुन् | जिसस जन्मेको दिन र उनीका भक्तहरूले तोकेको दिन देखि इतिहास आरम्भ हुन्छ | पुरानो इतिहास विर्सिएको अर्थात् मिति….देखि इतिहास आरम्भ हुन्छ | १२७ बटा देशहरूको संघमा सबै स्वत्रन्त्र छन् |”

“मैले १२७ देशहरू सबै स्वतन्त्र छन्” भनेको पटक्कै बुझिन | मैले उसंग धेरै पटक सोधें, उसले भनिरह्यो “म १२७ बटा देशका आ-आफ्ना राजाहरू देख्न चाहन्छु | मैले मेरो वरिपरी देशैदेशको फुलवारी चाहन्छु | त्यो फुलवारीमा फुल होइन सिउडीका काँडाहरू उम्रिउन् भन्ने चाहन्छु |” मैले करै गरेपछि उसले भन्यो “यो सबै कुरा मेरो “प्रगतिशील” कितावमा लेखिएको छ | मैले त्यो किताव मांगे | उसले भन्यो “मैले विश्वास गरेको मान्छेलाई मात्र त्यो किताव दिन पाउँछु | मैले विश्वास नगरेका व्यक्तिले त्यो किताव पढ्न पाउन्नन् |

मलाई किताव वारे निकै उत्सुकता जाग्यो | मैले जसरी पनि त्यो किताव खोजेर पढ्ने निधो गरें | मसंग त्यो किताव पढ्ने दुईबटा बाटा थिए – मैले उसको विश्वास प्राप्त गर्ने वा त्यो किताव चोरेर पढ्ने | मलाई थाहा थियो, म ऊजस्तो हुनै सक्दैनथें | मैले उसलाई विश्वास गर्न सक्थें तर उसले ममा विश्वास गर्नुको कुनै कारण थिएन | मैले दोस्रो विकल्प रोजें | मैले किताव उसको अनुपस्थितिमा पढ्ने निर्णय गरें |
एक दिन उसले मसंग घोषणा गर्यो “अव म मैले विश्वास गरेका सबै मान्छेहरूलाई यो किताव पढ्न दिने छु |” तर मैले त्यो किताव पाइन | म किताव पढ्न चाहन्थे | म उसले बोलेका कुराहरूको अर्थ जान्न चाहन्थे | म १२७ बटा राष्ट्रहरूवारे बुझ्न चाहन्थें | म ऊ जस्तो बन्ने सम्भावना थिएन, तेसैले मैले ऊबाट किताव पाउने कुरै थिएन |”

अचानक ऊ एक दिन आफ्नो कोठाबाट अलप भयो | मैले धेरै खोजिनिधि गरें तर पत्तो लागेन | कोठामा कितावैकिताव थिए | एउटा पुरानो बाकसभित्र मैले खोजेको किताव जतनपूर्वक राखिएको रहेछ | खासमा रातोरङ्गको त्यो किताव निकै फरक थियो | मैले निकालेर पढ्दै गएँ | त्यो कितावको पेज नंवर ५२ मा एसरी लेखिएको रहेछ –

“उनी विश्वका ज्योति हुन् | इतिहास र सभ्यताहरूले उनीलाई नाघ्न मिल्दैन | अव यो मुलुकमा इतिहास, धर्म, संस्कृतिको आरम्भ गर्नु पर्ने छ | पुरानाहरूलाई निमिट्यान्न नपारी यो हुने छैन | अत: मेरा गुरूले मलाई निम्न योजना बनाएर काम गर्न आदेश दिनुभएको छ –
(१) तिमीले जातजातिहरू बीच भाषाको वहस निकालेर “मेरो मात्रै ठूलो भाषा” भन्न सिकाउनु |

(२) जुन मान्छे जुन ठाउँमा भए पनि उसको नाक र बोली हेरेर उसलाई एउटा भूभाग उसको हो भनेर सिकाउँनु र उसलाई तेस ठाउँको राजा बनाउने बाचा गर्नु | जतिसक्दो धेरै राजाहरू बनाउनु | जतिधेरै राजा हुनेछन्, तेति नै विजय हुनेछ |

(३) विश्वको एउटा मात्र ईश्वरका छोराले स्थापित गरेको धर्मलाई सगरमाथामा पुर्याउने उद्देश्यले काम गर्नु | यो भन्दा असल काम इतिहास आरम्भ गर्न अरू केही हुने छैन |

(४) यदि सगरमाथामा “विश्वका ज्योति”को प्रभुत्व स्थापित गर्नु छ भने जतिभाषा छन् तेतिनै राष्ट्र हुनेछन् भनेर आश्वासन दिनु | उनीहरू एकआपसमा लड्ने छन् | तिमीले समयलाई चिन्नु | तर सोझै नबोल्नु | यी मान्छेहरू वहादुर छ | तिम्रो कुरा दुईअर्थे हुनुपर्छ |

(५) उनीहरू लडिरहेको वखतमा तिनी हरेक घरमा गएर “किताव” बाड्नु र सुनका टुक्राहरू पनि दिनु | तर विश्वास भएका र तिम्रो कुरा नकाट्नेलाई मात्र सुनका टुक्राहरू दिनु |
(६) आफ्नो विश्वासपात्र “सुनको टुक्रा” लिने र “कितावको कसम खाने”लाई मात्र बनाउनु | आफ्नो बोलीमा “अधिकार, लोकतन्त्र, प्रजातन्त्र, उन्मुक्ति” स्वतन्त्रता, समाजवाद”जस्ता शब्दहरू प्रयोग गर्नु | मान्छेहरू यी शब्दबाट लोभिन्छन् | लोभी मान्छेहरूको भीड नै शक्ति हो |

(७) हाम्रो जन्म इतिहासको पुनर्लेखन गर्न भएको हो | विश्वको इतिहास छ हजारवर्षको मात्र हुन्छ | पुराना संस्कृति र सभ्यताहरू “प्रगतिमा” बाधक छन् | उन्मुक्तिको अर्थ हो – पुरानो संस्कृति र सभ्यताबाट मुक्ति र “कितावले देखेको इतिहासको स्थापना |”

(८) विश्वास र विश्वासघातमा केही फरक छैन | विश्वास तिनैको गर्नु जसले सहयोग गर्छन्, प्रश्न गर्दैनन् र आँखा चिम्लेर विश्वास गर्छन् | जतिसुकै विश्वासिलो भए पनि “प्रश्नकर्ता” उपयोगी हुँदैनन् | सफाया गर्नु र आवश्यक परेमा विश्वासघात गर्नु |

(९) जित्नेहरूको लागि यो कितावका एकएकअक्षर मूल्यवान् छन् | २०२० वर्ष अगाडिको एउटा मान्छेले एस्तै भविष्यवाणी गरेको थियो “तिमिले मलाई सगरमाथा भेट दिनु, म तिमीलाई मुक्ति दिन्छु “| खुसी हुनुपर्छ, यो मौकाको प्रतिनिधित्व तिमीले पाएका छौं | विश्वभरीका “विश्वासी” एक छौँ |

(१०) तिमीले पढिरहेको यो ५२ पृष्ठको पाठ्यसामग्रीहरू लेख्ने कामचाहिं पृष्ठ सङ्ख्या ४ बाट भएको थियो | अव तिमीले तेहा केवल सन्दर्भका लागि मात्र फर्किनु | तेस्तै पृष्ठ सङ्ख्या २९ पनि निकै महत्वपूर्ण छ तर त्यो हारेका मान्छेहरूको इतिहास हो | तिम्रो इतिहास त यही अर्थात् पृष्ठ ५२ बाट नै आरम्भ हुन्छ | तर पनि पृष्ठसङ्ख्या १८४८ चाहिं निकै महत्वपूर्ण छ | यो अनुवाद गरेर अर्को कितावसंगै घरघरमा दिनु |”

(११) एक पटक कितावलाई स्वीकार गरिसकेपछि अल्मलिने काम छैन | अगाडी बढ | अवरोधहरूलाई कठोरतापूर्वक हटाउँ | मान्छेहरूलाई एकआपसमा भिडाउँ, एकअर्कोलाई हत्या गर्न प्रेरित गर | शक्ति बन्दुकको नालबाट आउँछ | घृणावादी र युद्धउन्मादीहरू चिन | सुनका टुक्राहरू देऊ तर याद राख आफ्नो असली परिचय भने कहिले पनि उजागर नगर्नु |”

मलाई कितावको भाषा अचम्म लागिरहेको थियो | मैले उल्लेख गरिका पेजहरू खोजें | ती पृष्ठहरू छंदै थिएनन् | तेसमा केवल ७३ पृष्ठमात्र थिए | अनि, १८४८ संख्या भएको पृष्ठ कसरी खोज्ने ? मेरो दिमाख चक्करायो | मैले आँखा चिम्लेर २०२० अगाडी इतिहासको जग राख्ने मानिस र पृष्ट सङ्ख्या १८४८ को विषयमा सोच्न थालें र मैले चिनेको मान्छेको परिचयका विषयमा सोच्न थालें |
क्रमशः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति

तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।