जापानबाट काठमाडौँका घरबेटीलाई खुला पत्र



रविन श्रेष्ठ ।
प्रिय घरबेटी बा,
कोरोना महामारीले विश्वमा मानव जीवन नै संकटमा परेका बेला मानवीय अस्तित्व जोगाउनका लागि एकले अर्कोलाई सहयोग गर्नु अपरिहार्य छ । सन् २०१९ को डिसेम्बर अन्तिम सातातिर चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस विश्वका २१५ देशमा फैलिएको छ । यो भाइरसबाट हाम्रो देश नेपालमा पनि ठूलो महामारी आउने निश्चित जस्तै भएको छ । दिन प्रतिदिन कोरोना संक्रमित बढिरहेका छन् । काठमाडौँ जस्तो घना बस्ति भएको शहरमा समयमै ध्यान पुर्याउन नसके ठूलो महामारी निम्तिन्छ । देशका विभिन्न जिल्लाबाट आफ्नो भविष्य बनाउन भनेर काठमाडौँ छिरेका थुप्रैका सपना कोरोना भाइरसले चकनाचुर बनाएको छ ।

कतिपयले खाना पाएका छैनन् त्यसैमाथि घरबेटी बा तपाईंले स्वास्थ्य क्षेत्रका मानिसहरुलाई घर प्रवेश गर्न नै रोक लगाउनु भयो । कारोना महामारीलाई नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई यस्तो गर्नु कतिको उचित लाग्छ ? घरबेटी बा यदि कुनै कारणबस तपाईं पनि संक्रमित हुनुभयो भने यिनै स्वास्थ्यकर्मीले तपाइको ज्यान बचाउँछन् । काठमाडौँमा बस्ने थुप्रै विद्यार्थीहरु र दैनिक मजदुरी गरेर खाने वर्ग तथा निजी क्षेत्रमा काम गर्नेहरु नै यो लकडाउनले प्रभावित बनेका छन् । उनीहरुलाई अहिले नै भाडा चाहियो भन्दै घरबाट निकाल्नु कतिको जायज हो घरबेटी बा ? हामी रह्यौ भने, जीवन रह्यो भने पैसा त कमाउँला, घरभाडा उठाउँला, पिकनिक जाउँला, रमाइलो गरौँला यदि मानव जीवन नै रहेन भने त्यो पैसाको के काम घरबेटी बा ?

प्रिय घरबेटी बा,
तपाईंले यस्तो विषम परिस्थितिमा डेरावाल हरुलाई घरबाट निकाल्नु उचित लागेन । हो तपाईको घर हो तपाईको अधिकार छ तर बर्षौ देखि तपाईको घरमा बसेर धेरैको सपना पुरा गर्ने मासिनलाई निकाल्नु उचित छैन । तपाइको घरको भाडा दिन केही ढिलाई भयो होला, नेपालमा मात्र हैन विश्वमा नै अर्थतन्त्र तहस नहस भएको छ । आज जीवन रह्यो भने तपाईको घर भाडा त २ महिना पछि पनि दिन सकिन्छ नी हैन र ? जीवन नै नरह्यो भने न त तपाइको घर भाडा आउँछ, न त उसले पुरा गर्न लागेका धेरैका सपना पुरा हुन्छन् । त्यसैले घरबेटी बा ! तपाईलाई फेरी पनि म विन्ती चढाउँछु, मानवीयता देखाऊँ सबै मिलेर कोरोना सँग लडौँ, अनि देश बनाउन लडौँ, पैसा त कमाउँला ला नी तपाई हामी सँगै मिलेर अगाडी बढे देश अगाडी बढ्छ की ? एक पटक संकल्प गरौँ घरबेटी बा ! एक पटक संकल्प गरौँ !! विश्व बन्धुत्वको भावना कायम गरौँ । घरबेटी बा मैले लेखेको कुराले केही चित्त दुख्यो भने क्षमा चाहन्छु धन्यावाद !
उही गाउँबाट काठमाडौँ पस्दै जापान पुगेको ठिटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १

द्वन्द्व व्यवस्थापनमा राज्यमात्रै नभई नागरिक समाज र समाजका हरेक व्यक्तिको उत्तिकै भूमिका हुन आउँछ

-सन्तोष पौडेल समाज द्वन्द्वबाटै निर्माण भएको हुन्छ । बिनाद्वन्द्वको समाजको परिकल्पना साम्यवादमा मात्रै

कांग्रेसको संस्थापन पक्षबिरुद्ध चलाइरहेको संघर्षका पछाडिको उद्देश्य के ?

मोहनबिक्रम सिंह । अहिले नेपाली कांग्रेसभित्र तीव्र संघर्ष चलिरहेको छ । त्यो अन्तरसंघर्षसित

आज देशमा मानिसको ज्ञान विज्ञान र चेतनाद्वारा निर्देशित भएन

डा. युवराज संग्रौला । आचरण विनाको ज्ञान र ह्यान्डल विनाको कराइ उस्तै हुन्