कृष्णबहादुर महरा के गर्छाै अब ?



भरत दाहाल ।

कृष्णबहादुर महरा ! जति चाकरी गरे पनि साम्राज्यवादले उपयोगिता सकिएपछि समाप्त पार्छ। जनयुद्धका बहानामा ईण्डो-पश्चिमा साम्राज्यवादलाई बोकेर देश विरुद्ध धेरै ठूला अपराधहरु गरेका छौ। साम्राज्यवाद भनेको के रहेछ भन्ने कुरा अब थाहा पायौ। हिंजोका कृयाकलापहरुबारे पश्चाताप गरेर MCC लगायतका वैदेशिक षडयन्त्रहरुका बारेमा देशभक्तिको भूमिका निभाऊ !

अर्को कुरा पनि याद होला। MCC प्रवेश गराउन प्रारम्भिक भूमिका खेल्ने खलपात्रहरु बाबुराम भट्टराई र बर्षमान पुन हुन्। उनीहरुले सन् २०१० मा ईण्डियाको ‘विवेकानन्द फाउन्डेशन’को कार्यक्रममा गएको बहाना बनाएर नेपालमा MCC भित्र्याउन पहल गर्ने बचन दिएर आएका थिए। त्यही अनुसार अमेरीकाले सन् २०११ मा नेपाललाई छनाैट गरेर संभाव्यता अध्ययन सुरू गरेकाे थियाे।

MCC संझौतालाई ‘कृष्णबहादुर महराले संसदमा अड्काएकोले यसको निकास कसरी निकाल्ने’ भनेर ‘रोशनी काण्ड’ भन्दा अगाडी ओलीलाई भेट्न सिंगापुर र त्यसपछि अमेरीका गई एम्बुसको योजना लिएर फर्कने खलपात्र पनि बर्षमान पुन नै हुन। उनी अहिले MCC का प्रखर समर्थक छन्।

बर्षमान पुनको फिर्ति सवारीसंगै केपी ओलीका ‘सहयोद्धा’ अग्नी खरेलले आफ्नो सकृयतामा टोलमा सिसि क्यामेरा जडान गरेको पनि थाहा होला। रोशनी शाहीसंगको सम्बन्ध जे भए पनि त्योसंग MCC को कुनै सम्बन्ध थिएन तर त्यसलाई ढाल बनाएर MCC को निकास खोज्ने यी देशद्रोहीहरुका बिरुद्धमा आवाज उठ्छ कि उठ्दैन ? हामीले हेर्ने मूख्य कुरा यही हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १

द्वन्द्व व्यवस्थापनमा राज्यमात्रै नभई नागरिक समाज र समाजका हरेक व्यक्तिको उत्तिकै भूमिका हुन आउँछ

-सन्तोष पौडेल समाज द्वन्द्वबाटै निर्माण भएको हुन्छ । बिनाद्वन्द्वको समाजको परिकल्पना साम्यवादमा मात्रै

कांग्रेसको संस्थापन पक्षबिरुद्ध चलाइरहेको संघर्षका पछाडिको उद्देश्य के ?

मोहनबिक्रम सिंह । अहिले नेपाली कांग्रेसभित्र तीव्र संघर्ष चलिरहेको छ । त्यो अन्तरसंघर्षसित

आज देशमा मानिसको ज्ञान विज्ञान र चेतनाद्वारा निर्देशित भएन

डा. युवराज संग्रौला । आचरण विनाको ज्ञान र ह्यान्डल विनाको कराइ उस्तै हुन्