सत्ताबाहिर हुँदासमेत आफूमाथि छानबिन होस् भन्न सक्ने नेता कांग्रेस र नेकपामा कति होलान् ?



नारायण गाउँले ।

बन्दुकको नाल अरूतिर सोझिएको बेला जो पनि क्रान्तिकारी हुन्छ, तर आफ्नै गर्दनमा तरबार तेर्सिएको बेलासमेत जसले न्यायको पक्षमा बोल्न सक्छ, त्यो पक्कै खास हुन्छ !

मन्त्रिपरिषद्ले गरेको ‘नीतिगत’ निर्णयका आधारमा मन्त्रीदेखि कर्मचारीसम्मलाई भ्रष्टाचार मुद्दा लाग्ने तर त्यो निर्णयमा सबैभन्दा बढ़ी जिम्मेबार प्रधानमन्त्रीले उन्मुक्ति पाउने अवस्था उचित नभएको बाबुराम भट्टराईले सार्वजनिक अभिव्यक्ति दिएका छन् । आफूलगायत आरोपित सबैलाई छानबिनको दायरामा ल्याइनुपर्ने उनको विचारलाई सम्मान छ ! वास्तवमैं निर्णय गर्नेले उन्मुक्ति पाउने र त्यसलाई कार्यान्वयन गर्नेलाई मात्रै समाउने प्रणाली गलत हो नै ।

धेरै परीक्षामा फेल भएका छन् तर बाबुरामले एउटा सानो परीक्षा पास गरेजस्तो लाग्छ । उनले सत्ताधारीको छायाँमा परेर बाटो बङ्ग्याउने कमजोर अख्तियारलाई सोझो बाटो हिँडेरै भ्रष्ट जति सबैको कठालो समात्न सक्ने बनाउनुपर्ने राय व्यक्त गरेका छन् । सत्तामा नहुँदा यस्तो राय राख्नु ठूलो कुरो होइन, तर आफैमाथिसमेत छानबिन हुनुपर्ने र छानबिन गर्न नमिल्ने कानुन भए त्यो फेरिनुपर्छ भन्ने साहस अलिकति खास त पक्कै हो नै । सत्ताबाहिर हुँदासमेत आफूमाथि छानबिन होस् भन्न सक्ने नेता कांग्रेस र नेकपामा कति होलान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षामन्त्रीको राजीनामाले विद्यालय शिक्षा विधेयक पारित हुन अब केही महिना ढिलो हुने स्थिति सिर्जना भयो

-सूर्य थापा । शिक्षामन्त्री विद्या भट्टराईले आज पदबाट दिनुभएको राजीनामा अनपेक्षित र असान्दर्भिक

प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन

काठमाडौं । सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको

शिक्षामन्त्री भट्टराईले देखाएको राजनीतिक नैतिकता

डा. चन्द्रकान्त ज्ञवाली । शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलनलाई निचोडमा पुर्याउन नसकेको भनि

शिक्षामन्त्री भट्टराईले दिइन् पदबाट राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् ।